Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सरकारबाट बक्सिस पाउने यी हुन् जनआन्दोलनका दोषी प्रहरी

काठमाडौं । दोस्रो जनआन्दोलनका दोषी सशस्त्र प्रहरीका एआईजी दुर्जकुमार राईले नयाँ संविधान जारी भएपछि बनेको सरकारले फेरि अर्को बक्सिस थपिदिएको छ । हुनत जनआन्दोलनका दोषी ठहर गरिएका राईजस्तै धेरैले सरकारबाट राम्रो बक्सिस पाइसकेका छन् । दोस्रो जनआन्दोलनका बेला राई प्रहरीका डीएसपी थिए । तिनै तत्कालिन डीएसपी राईले दोस्रो जनआन्दोलनको महासागर उर्लिदै गर्दा आन्दोलनलाई दबाउन भन्दै ताकि ताकि आन्दोलनकारीलाई गोली हानेका थिए । \"durjakumar-janकलंकीको जनप्रदर्शनमा राईले नै गोली हाने दोस्रो जनआन्दोलनमा २०६३ वैशाख ३ गते कलंकीमा अघि बढ्दै गरेको आन्दोलनकारीहरुलाई राईले ताकि ताकि गोली हानेका थिए । उनले गोली हान्दै गरेको तस्विर त्यतिबेला सार्वजनिक भएको थियो । जनआन्दोलनपछि गठन भएको रायमाझी आयोगले पनि राईलाई दोषी ठहर गरेको थियो । तर रायमाझी आयोगको प्रतिवेदन कार्यान्वनय गरिएन बरु जनआन्दोलनका दोषी ठहर गरिएकाहरुलाई गणतान्त्रिक सरकारहरुले धमाधम पदोन्नति गरी पुरस्कृत गर्दै आएको छ । यसरी जनपद प्रहरीबाट सशस्त्रमा आए भोजपुरको नागी–४ मा जन्मिएका राई २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । जनपद प्रहरीको इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका राई २०५८ सालमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा पठाइएका हुन् । जिल्ला प्रहरी कार्यालयमा प्रमुख बनेका राई सशस्त्र प्रहरी गणका प्रमुख भई काम गरेका थिए । उपत्यकाका विभिन्न प्रहरी इकाईमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका उनलाई सरकारले २०६९ भदौ २८ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेका राईलाई गणतान्त्रिक सरकारले नै पदोन्नति गरेपछि सवत्र्र आलोचना पनि भएको थियो । तर आलोचनाकै बाबजुद उनलाई २०७० साल मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा मनोनयन गर्ने निर्णय गरिदियो । जनआन्दोलनका दोषी ठहर गरी सर्वाधिक आलोचित बनेका राईलाई शुक्रबार सरकारले थप पुरस्कृत गरेको छ । \"Durja-Kumar-Rai\"सशस्त्र प्रहरीका एअार्इजी जीवन थापा र कृष्णकुमार तामाङलार्इ माथ गर्दै रार्इ कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । शुक्रबारको मन्त्रिपरिषद बैठकले कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हाे । कायम मुकायमको जिम्मेवारी पाएका राईलाई महानिरीक्षक बन्ने बाटो खुलेको छ । अब उनी आगामी चैतमा महानिरीक्षक बन्नेछन् । जनआन्दोलन दबाउन खेलेको भूमिकाको प्रहरीमा कदर दोस्रो जनआन्दोलनमा प्रत्यक्ष देखिनेगरी भूमिका खेलेका राईलाई जनआन्दोलनपछि गठन भएको रायमाझी आयोगले दोषी ठहर गरे पनि प्रहरीमा उनको भूमिकाको भने उच्च सम्मान गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा खेलेको उनको भूमिका र कार्यसम्पादनको कदर गर्दै गोरखा दक्षिणबाहु, संयुक्त राष्ट्रसंघ पदक, विदेशी सेवा पदक, राष्ट्रिय दैवी प्रकोप उद्धार पदक र दुर्गम सेवा पदक लगायत पाएका छन् । स्वदेशमा मात्र नभई उनले विदेशमासमेत उनले सेवा गर्ने अवसर पाएका छन् । राईले कम्बोडिया, हाइटीसँगै संयुक्त राष्ट्र संघ अन्तगत डार्फरमा समेत काम गर्ने अवसरसमेत पाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending