Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

राम जानकी मन्दिरमा विधवा महिलाको पाइला र मधेसीको नजर

राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको विवाह महोत्सवमा भाग भाग लिएर फर्किएपछि मधेसी समुदायले घोर अपमान गरेका छन् । राष्ट्रपति भण्डारी एकल महिला हुन् । \"bidhyadevi-bhandari\"तत्कालिन एमाले महासचिव मदनकुमार भण्डारीकी पत्नी विद्यादेवी नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा निर्वाचित भइन् । नेपालको दोस्रा राष्ट्रपतिका रुपमा महिला आसिन भएकोमा सबैले स्वागत गरे । तिनै महिला राष्ट्रपतिको हैसियतमा रामजनकी मन्दिरको विवाह महोत्सवमा भाग लिइन् । संविधान जारी हुनुअघिदेखि नै सीमांकनमा असन्तुष्टी जनाउँदै तराई–मधेसमा आन्दोलन जारी रहेको कारण राष्ट्रपतिको जनकपुर भ्रमणलाई विथोल्ने प्रयास गरिए । आन्दोलनरत दलहरुले सरकारको विरोध गर्नुलाई स्वभाविक नै मानिन्छ । तर मधेसी दलहरुको विरोध त्यतिमा मात्रै सीमित रहेन । मधेसी दलहरुले राष्ट्रपति भण्डारीले पाइला टेकेको स्थानलाई अपवित्र ठाने । जो राष्ट्रपतिले पाइला टेकेको कारणले मात्र थिएन । उनी विधवा हुनुको दोष मधेसी दलहरुले लगाइदिए । [caption id=\"attachment_51402\" align=\"alignleft\" width=\"172\"]\"नारायण नारायण पंगेनी[/caption] रामजानकी मन्दिर जनकपुरको एउटा धार्मिक तथा ऐतिहासिक धरोहर आम नेपाली जनताकै प्रतिष्ठा हो । राम जानकी मन्दिरको विवाह महोत्सवमा राष्ट्रपतिको हैसियतमा भएको सहभागितालाई विधवा महिलाले पाइला टेकेको भनेर ‘छोइछिटो’ गरेका छन् । राष्ट्रपति भण्डारीको मन्दिर प्रवेशलाई लिएर जानकी मन्दिर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गरे । ‘विधवा प्रवेश गरेको’ दोष कट्टी गर्न भन्दै उनीहरूले शुक्रबार साँझ मन्दिरमा दीप प्रज्वलनसमेत गरेका थिए । स्थानीय शिक्षक प्रदीप झाले सामाजिक सञ्जाल ट्वीटर मार्फत ‘अलच्छिन विधवा’ महिलाले विवाह पञ्चमीको रौनक नै समाप्त पारेको आक्षेप लगाउँदै ट्वीट गरिदिए । मधेसवादी दलका स्थानीय नेताहरुले मन्दिरमा विधवा प्रवेश गलत भएको भन्दै स्थानीय रेडियोहरुमा नै प्रवचन दिए । \"twit\" रामजानकी विवाह महोत्सवमा राष्ट्रपतिको पाइलालाई विधवा महिलाले पाइला टेकेको भन्दै छोइछिटो गर्नुलाई राजनीतिक क्षुद्रता होइन, धर्मको नाममा गरिएको गम्भीर अपराध हो ।
प्रश्न उठ्छ–राष्टपति जस्तो एक सम्मानित ब्यक्तिलाई ‘अलच्छिना विधवा महिला’को आक्षेप लगाउनेहरुले गाउँका गरिब तथा असहाय एकल महिलाहरुमाथि कस्तो ब्यवहार गर्लान् ? प्रश्न उठ्छ– सदियौंदेखि दोस्रो दर्जाका नागरिकका रुपमा रहनुपरेका मधेसीहरुलाई अधिकार चाहियो भन्दै आन्दोलन गर्नेहरुले कस्तो राजनीति गरिरहेका छन् ?
तराई–मधेसमा जारी आन्दोलनका बीचमा आन्दोलनरत मधेसी दलहरुको विरोधकाबीच संविधान निर्माण भई प्रधानमन्त्री राष्ट्रपति चुनिएपछि आन्दोलनरत दलहरु झनै रुष्ट बनेका थिए । सरकारले मधेसको मागलाई सम्बोधन गरेन भन्दैमा राष्ट्रपति जस्तो एक विधवा महिलामाथि यतिठूलो लान्छना लाउनुलाई सामान्य रुपमा लिन सकिन्न । प्रश्न उठ्छ–राष्टपति जस्तो एक सम्मानित ब्यक्तिलाई ‘अलच्छिना विधवा महिला’को आक्षेप लगाउनेहरुले गाउँका गरिब तथा असहाय एकल महिलाहरुमाथि कस्तो ब्यवहार गर्लान् ? प्रश्न उठ्छ– सदियौंदेखि दोस्रो दर्जाका नागरिकका रुपमा रहनुपरेका मधेसीहरुलाई अधिकार चाहियो भन्दै आन्दोलन गर्नेहरुले कस्तो राजनीति गरिरहेका छन् ? \"ram-janaki-mandir\"हुनत मधेसका ग्रामीण वस्तीहरुमा अचेतनाका कारण पनि कतिपय सामाजिक अपराधहरु हुने गरेका छन् । बोक्सीको आरोपमा गरिने जघन्य अपराध तथा धर्मका नाममा मान्छेलाई बलि चढाउनेहरु पनि मधेसमा भेटिएका छन् । दलित समुदायलाई अछुत भन्दै घृणा र अपमान गर्नेहरुका लाम पनि मधेसमा देखिएको छ । यी सबै घटनाहरु हेर्दा साँच्चिकै मधेस धेरै अचेतन छ । मधेसमा चेतनाको खाँचो छ, भन्न सकिन्छ । तर तिनै मधेसी जनताको अधिकारका लागि आन्दोलनको जेहाद छेड्नेहरुले देखाएको पछिल्लो पशुवत ब्यवहारलाई चाँही के भन्ने, यो चाँही गम्भीर प्रश्नको रुपमा खडा भएको छ । मधेसको आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा हेरिँदै गएकोमा अब धार्मिक क्षेत्रमा समेत हिन्दु धर्मकै अपमान हुने खालको यस्तो ब्यवहार माफी दिने खालको छैन । यसबारेमा आन्दोलनकारी दलका नेतृत्वकर्ताहरुले तत्काल जवाफ दिन जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies