Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

इन्धन आयतको अन्तिम सम्झौता गर्न प्रतिनिधिमण्डल चीन जाँदै

\"nepalकाठमाडौं । इन्धन आयत लगाएत अन्य व्यापारिक सम्झौता गर्न सरकारको उच्च स्तरिय टोली यही पुस ८ गते चीन जाने भएको छ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आयत बन्द भएपछि चीनबाट इन्धन आयात गर्न सरकारका विभिन्न निकायले चीनसँग विभिन्न औपचारिक तथा अनौपचारिक रुपमा जारी राखेको छलफललाई निश्कर्षमा पुर्याउने उदेश्यका साथ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा एक प्रतिनिधिमण्डल त्यस तर्फ जान लागेको हो । हाल बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापा बेलायत भ्रमणबाट पुस ६ गते नेपाल फर्किए लगत्तै चीन भ्रमणमा जानेछन् । बणिज्य तथा अपूर्ति मन्त्री गणेशमान पुनको केही समय अगाडी गरेको अनौपचारिक चीन भ्रमण र नेपाल आयल निगमका उच्च अधिकारीहरुको भ्रमण पछि नेपाल सरकारको तर्फबाट उच्चस्तरिय भ्रमणको तयारी गरिएको हो । चीनको सरकारी इन्धन कम्पनी पेट्रो चाइनासँग इन्धन खरिद गर्ने विषयमा प्ररम्भिक सहमति भएपनि व्यापारिक सहमति भने हुन सकेको छैन । प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्ति, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारी पनि सहभागी रहने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उपप्रधानमन्त्री बेलायत भ्रमणबाट फर्किएलगत्तै चीन भ्रमणमा जाने तयारी गरिएको छ । परराष्ट्र मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । चीन भ्रमणका क्रममा इन्धन आयात लगायत अन्य व्यापारिक सम्झौता हुने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending