Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मधेस आन्दोलन निर्णायक कि सरकारसँग बार्गेनिङ

\"fourकाठमाडौं । चार महिनासम्मको नियमित बन्द हड्तालबाट थाकेको मधेस आन्दोलन फेरि थप चर्काइँदैछ  । लामो समयको प्रदर्शन र बन्द हड्तालबाट निकास निस्कने सम्भावना नदेखिएपछि तराई–मधेसमा आन्दोलनरत आन्दोलनकारीहरु नै थकित बनेका थिए । लामो समयको बन्दले आफैलाई नै समस्या पर्नुका साथै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीचको वार्ता जारी रहेपछि आन्दोलन मत्थर हुँदै गएको थियो । नयाँ संविधान जारी हुनुअघिदेखि नै आन्दोलन गर्दै आएका मोर्चालाई साथ दिँदै भारतले समेत नाकाबन्दी गरिदिएपछि मुलुकभरकै जनजीवन कष्टकर बन्दै गएको छ । लामो समयको आन्दोलनपछि वार्ताबाट नै समस्याको समाधान खोज्नुपर्ने भन्दै वार्ता प्रक्रिया अघि बढाइए पनि वार्ता अहिलेसम्म निश्कर्षमा पुग्न सकेको छैन । तर पछिल्लो समयको वार्ता सकारात्मक दिशातिर अघि बढिरहेको बताए पनि मुल समस्याको विषयमा गम्भीर छलफल भने भएका छैनन् । संविधान संशोधनमात्र विकल्प सवै पक्षको सहमति सम्भव नभएको भन्दै प्रमुख तीन दलले सहमति गरेर नयाँ संविधान जारी गरेजस्तै अब पनि संविधान संशोधन प्रक्रिया अघि बढाएर समाधान निस्कनेमा प्रमुख तीन दल पुगेका छन् । प्रमुख तीन दलका नेताहरुले सहमतिको विकल्प नभएको भन्दै वार्ताबाटै समस्याको समाधान खोज्नुपर्ने अभिब्यक्ति दिँदै आएका छन् । तर वार्ताबाटै सहमति खोज्ने प्रयास भने निरर्थक बनेपछि संविधान संसोधन प्रक्रियाबाट समाधान खोज्नेमा प्रमुख तीन दल कस्सिएका छन् । भूकम्पपछिको पुनर्निर्माण अर्को समस्या बैशाखमा विनाशकारी भूकम्प गएपछि दलहरुकै आपसी खिचातानी र मधेसमा चर्किएको आन्दोलनका कारण भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । पुनर्निर्माणको काम अघि नबढ्दा भूकम्पपीडितहरुको विल्लीबाठ भएको छ । जाडो बढ्दै गएपछि पालमुनी बस्न बाध्य बनेका पीडितहरु जाडोले कठ्याङग्रिन थालेका छन् । पुनर्निर्माणका लागि अन्य मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगसमेत सदुपयोग हुन नसकेपछि विदेशी सहयोगसमेत फिर्ता हुन सक्ने सम्भावनाले पनि दलहरुले जतिसक्दो काम गर्नुपर्ने बाध्यता छ । मधेसवादी दलको अडान आफ्नै विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसहितका प्रमुख दलहरुले सीमांकनको विषयमा सहमति नगरेपछि असन्तुष्टी पैदा भएको हो । सीमांकनको विषयमा देखिएको केही असन्तुष्टी सात प्रदेशबाट टुंगिए पनि मधेसवादी दलहरु सन्तुष्ट हुन सकेनन् । मधेसवादी दलहरु सन्तुष्ट पार्ने गरी सीमांकन छुट्याउँदा फेरि अन्य पक्षको असन्तुष्टी झनै बढी आउन सक्ने सम्भावना पनि उस्तै छ । मधेसी मोर्चाले आफ्ना ११ बुँदे मागलाई प्याकेजमै सम्बोधन गर्नुपर्ने अडान राखेको छ । सबै मागहरु तत्कालै प्याकेजमा सम्बोधन गरिए अर्को आन्दोलनको सामना गर्नुपर्ने सम्भावना पनि उत्तिकै भएकाले दलहरुले फेरि तीन काँध मिलाएरै जुध्दै जाने निश्कर्षमा पुगेका छन् । अर्को धक्का दिने तयारी प्रमुख तीन दलले अब पेलेरै जाने आशंकाले गर्दा मधेसी मोर्चाले अब फेरि सरकारलाई धक्का दिनुपर्ने निचोडमा पुगेको देखिन्छ । त्यसैले शुक्रबारबाट फेरि आन्दोलन चर्काउने भन्दै तराईका विभिन्न जिल्लाहरुमा बन्द हड्ताल थालिएको छ । फेरि एक पटक आन्दोलनलाई चर्काएर काठमाडौंलाई गम्भीर संकटमा नपारेसम्म सहमति नहुने मोर्चाको ठहर छ । त्यसैले उसले आन्दोलन फेरि तताउने सुर कस्दै छ । तर अबको आन्दोलन निर्णायक नै हुन्छ भन्नेमा मोर्चाका नेताहरुसमेत ढुक्क छैनन् । त्यसैले उनीहरुले सरकारलाई थप दबाब सिर्जना गर्न एक चरणको आन्दोलन उठाउने तयारी थालेको मधेस जानकारहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending