Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नाकाको अवरोध हटाउन वाणिज्यमन्त्री पुनको भारतीय राज्यमन्त्रीसँग आग्रह

\"Ganeshman-Pun\"काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले नेपालको मुख्य अन्तर्राष्ट्रिय भन्सार बिन्दु वीरगन्ज–रक्सौललगायतका तराईका अन्य व्यापारिक नाकामा विगत तीन महिनादेखि भइरहेको निरन्तर अवरोध हटाउन आग्रह गरेका छन् । विश्व व्यापार सङ्गठनको दशौं मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केन्याको राजधानी नैरोबी पुग्नुभएका मन्त्री पुनले भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री निर्मला सीतारामनसँगको छलफलमा त्यस्तो आग्रह गरेका हुन् । नेपाली जनताले अत्यावश्यक वस्तु तथा सेवाको सहजरूपमा उपभोग गर्न नपाइरहेको, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्नलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्ति नाजुक अवस्थामा पुगेको भन्दै मन्त्री पुनले तत्काल समस्या सुल्झाउनु पर्ने बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अस्पताल तथा विद्यालयको सेवासमेत नराम्ररी प्रभावित हुँदा यसबाट मानवीय सङ्कट जस्तो जोखिमपूर्ण स्थिति भएकोले यो समस्याको समाधान तत्काल निकाल्नुपर्नेमा उनको जोड थियो । आपूर्ति प्रणालीमा देखिएको असहजताबाट उद्योगधन्दा, कलकारखाना, व्यापार, बैंकिङ सेवा समेत नराम्ररी प्रभावित भएको र यसबाट नेपालको अर्थतन्त्रमा गम्भीर असर उत्पन्न हुन पुगेको उल्लेख गर्दै उनले वर्तमान सङ्कटपूर्ण स्थितिबाट बाहिर निस्कन नेपाललाई भारत सरकारको सद्भाव र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले राजनीतिक विषयलाई द्विपक्षीय व्यापार र आर्थिक विषयसँग जोड्न नमिल्ने भन्दै राजनीतिक विषयलाई नेपाल सरकार राजनीतिक रूपमै समाधान गर्न तत्पर र प्रयत्नशील रहेको तथा यस क्रममा प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे। नेपालतर्फ यातायात साधन सञ्चालन गर्न शान्ति सुरक्षाको स्थितिमा कुनै समस्या नरहेको विश्वास दिलाउँदै मन्त्री पुनले भारततर्फबाट सबै नाकालाई यथावत सुचारु बनाई अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्तिलाई सहज र सर्वसुलभ बनाउन भारत सरकारलाई आग्रह गरे । वार्ताको क्रममा भारतीय वाणिज्य राज्यमन्त्री सीतारामनले नेपाल÷भारतबीच ऐतिहासिक कालदेखि नै बहुआयामिक र भाइचाराको सम्बन्ध रहेको कुरामा जोड दिए । उनले नेपालविरुद्ध भारतले कुनै नाकाबन्दी नगरेको र राजनीतिक तहमा त्यस्तो नाकाबन्दी गर्ने कुनै सोचसमेत नभएकोे उल्लेख गरे । द्विपक्षीय भेटवार्ताको क्रममा दुवै देशका वाणिज्य सचिवहरू, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग जेनेभाका राजदूत तथा दुवै मुलुकका वाणिज्य मन्त्रालयका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending