Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

ग्यास सप्लायर्सलाई कारबाही गर्न उपभोक्ताको माग

\"LP_gas_cilinder-648x430-390x351\"भक्तपुर । भक्तपुरमा लोकप्रिय ग्यासले कालोबजारी गरी ग्यास बिक्री गरेको पाइएपछि उपभोक्ताले डिलर सञ्चालकमाथि कारबाहीको माग गरेका छन् । भक्तपुर दूधपाटीमा लोकप्रिय ग्यासको डिलर रहेको सिद्ध पोखरी सप्लायर्सले एक महिना अगाडि कुपन बाँडेका उपभोक्तालाई ग्यास नदिई खरिपाटी लगेर होटल सञ्चालकलाई वितरण गरेपछि आज उपभोक्ताले कारबाहीको माग गरेका हुन् । सात किलो ग्यासको रु ७०० भन्दा बढी लिन नपाइने नियम भए पनि सप्लायर्सले भक्तपुर दूधपाटीमा वितरण गर्न ल्याएको ग्यास नगरकोट नगरपालिका खरिपाटीमा लगेर एक हजारमा बिक्री गरेको भक्तपुर नगरपालिका–१७ दूधपाटीका रवी खायमलीले बताए । आज दूधपाटीमा भेला भएका उपभोक्ताले सञ्चारकर्मीसँग प्रहरीसमेत मिलेमतोमा ५५८ वटा ग्यास बढी मूल्य लिएर वितरण गरेको बताएका छन् । दूधपाटीका रुपक सिलाकारले भने – “एक महिना अगाडि कुपन दिएका दूधपाटीका उपभोक्तालाई बाँड्न ल्याएको ग्यास खरिपाटी लगेर बिक्री गरे । दूधपाटीबाट खरिपाटी नै पुगेर कुपन देखाउँदा पनि ग्यास नदिएपछि एक हजार  तिरेर ग्यास ल्याए ।” ग्यासमा दिउँसै कालोबजारी गरेर बिक्री गर्दा पनि प्रशासनले बेवास्ता गरेको उपभोक्ताले गुनासो गरेका छन् । दूधपाटीका दीपेश तामाङले ग्यास आउने खबर पाएर दूधपाटीमा खाली सिलिण्डर जम्मा गरेर बसेपनि दूधपाटी नल्याई सिधैँ खरिपाटी लगेर बिक्री गरेको बताए । दूधपाटीका राजेन्द्र कोजुले भने, “ग्यास आउने भएपछि बिहान ७ बजेदेखि लाइनमा बसियो, तर सप्लायर्सका सञ्चालक रामकुमार फाँजूले उपभोक्तालाई दूधपाटीमा कुराएर खरिपाटी लगेर आफन्त र होटल सञ्चालकलाई बोलाएर महँगोमा बिक्री गरे । प्रहरी प्रशासनले कारबाही गरेन ।” ग्यासको कुपन देखाउँदै उर्मिला मानन्धरले एक महिना कुर्दा पनि ग्यास नपाएको बताइन् । दूधपाटीमा ग्यास उपभोक्ता एक सयभन्दा बढी भेला भएर कालोबजारी गर्ने सप्लायर्स सञ्चालकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । सप्लायर्सले एक महिना अघि नै ५२६ देखि १०५० नम्बरसम्मको कुपन वितरण गरेको बुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending