Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

स्थापनादेखि नै लेखा परीक्षण नभएको स्कुल

\"school\"नवलपरासी । नवलपरासीको पक्लिहवा २ नन्दनगरमा रहेका सरस्वती प्राविमा स्थापनादेखि अहिलेसम्म लेखा परीक्षण हुन सकेको छैन । झण्डै ९ बर्ष अगाडि स्थापना भएको सरस्वती प्राविमा अहिलेसम्म लेखा परीक्षण नभएको विद्यालय व्यवस्थापन समितिका व्रम्हदेव मिश्राले बताए । मिश्रका अनुसार पूर्व प्रधानअध्यापक ईश्वर प्रताप जैसवालले आर्थिक हिनामिना गरेका कारण उनले अहिलेसम्म लेखा परीक्षण हुन नदिएका हुन् । उनीमाथि नेपाली कांग्रेसको राजनीतिक संरक्षण रहेको कारण पनि लेखा परीक्षण गर्न ठाउंँठाउंँमा निवेदन गर्दासम्म कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । पूर्व प्रधानाध्यापक ईश्वर प्रताप जैसवाल अहिले सरुवा भएका छन् । उनले झण्डै १० लाख रुपैयांँ आर्थिक अनियमितता गरेको स्थानीयको आरोप छ । मिश्रका अनुसार उनीहरुले गत जेठ ६ गते अख्तियारमा उजुरी र असार ३१ तत्कालिन शिक्षा मन्त्री चित्रलेखा यादवलाई ज्ञापनपत्र बुझाए पनि अझै सुनुवाई नभएको गुनासो गरे । त्यसैगरी विद्यालय व्यवस्थापन समिति, स्थानीय बासिन्दाहरुले पटक पटक जिल्ला शिक्षा कार्यालय, प्रहरी कार्यालय लगायतका सम्बन्धित निकायमा उजुरी गरेको तर त्यसको कुनै कारवाही नभएको राजेन्द्र कुर्मीले बताए । पूर्व प्रअ ईश्वर प्रतापले भने आफूले कुनै अनियमितता नगरेको दावी गरेका छन् । उनले सामाजिक लेखा परीक्षण भएर अभिभावक भेलाबाट पारित भएको तर सरकारी लेखापरीक्षण भने नभएको बताए । त्यस्तै उनले विद्यालयको महत्वपूर्ण कागजात आफूले राखेको नभई विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर एउटा बाकसमा राखी जिल्ला शिक्षा कार्यालयमा बुझाएको समेत बताए । त्यसैगरी पूर्व प्रधानाध्यापक ईश्वरप्रताप जैसवालले केही बर्ष अगाडि विद्यालयमा भएको भौतिक क्षति मर्मतका लागि वन कार्यालयले दिएको ७९ दशमबल ४४ क्यू फिट काठ पनि आफैले विक्री गरेको आरोप छ । कक्षा पाँच सम्म पढाई भएपनि ४ वटा कक्षाकोठा मात्र रहेको यस विद्यालयमा कक्षा कोठा अभावकै कारण पठनपाठनमा समेत समस्या भएको शिक्षक राजेन्द्र कुर्मीले बताए । त्यस्तै भवन अभाव रहेको उक्त विद्यालयमा प्रयाप्त शिक्षक नहु्रंदा पनि पठनपाठनमा समस्या भएको छ ।१ जना दरबन्दी र दुई जना नीजि स्रोतको शिक्षक रहेको उक्त विद्यालयमा शिक्षक अभावले गर्दा पालै पालो पढाउनु परेको छ । जिल्ला शिक्षा कार्यालय नवलपरासीले दिपेन्द्र निमावि चन्द्रगञ्ज पक्लिहवाबाट काजमा पठाएको शिक्षक अझै नआएका कारण थप समस्या थपिएको छ । करिब एक सय २० जना विद्यार्थी रहेको उक्त विद्यालयमा दलित र मुस्लिम समुदायका बालबालिकाहरु अध्ययन गर्ने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending