Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भूकम्प पीडितले घर बनाउन २ लाख अनुदान पाउने

काठमाडौं । सरकारले भूकम्पका कारण पूर्णरुपमा घर क्षति भएका करिब ५ लाख परिवारलाई घर बनाउन २ लाख रूपैयाँ अनुदान दिने तयारी गरेको छ । सरकारले भूकम्प प्रभावित व्यक्तिहरुलाई भूकम्प प्रतिरोधी घरको नमूना पनि दिनेछ । उक्त घर दुई लाख रुपैयाँमा तयार हुने छ । दुई लाख भन्दा धेरै खर्चेर घर बनाउन चाहनेहरुले भने थप रकम आफै व्यहोर्नुपर्नेछ तर, घरको नमूना भने सरकारले भनेजस्तै हुनुपर्नेछ ।

[caption id=\"attachment_50993\" align=\"alignleft\" width=\"550\"]\"House-Model-No.-1\" सरकारले बनाएको भूकम्प प्रतिरोधी घरको पहिलो नमूना[/caption]

सरकारले बनाएको ‘भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास पुननिर्माण अनुदान वितरण कार्यविधि–२०७२’ बनाएको छ । उक्त कार्यविधिअनुसार भूकम्प पीडितहरुलाई घर बनाउन २ लाख रुपैयाँ दिने व्यवस्था छ ।

पीडितको रोजाई अनुसारको घर

सरकारले यसअघिको ‘भूकम्पबाट पूर्ण रुपमा क्षति भएका आवास पुनर्निर्माणका अनुदान सहायता प्रवाह कार्यविधि–२०७२’ को आलोचना भएपछि नयाँ कार्यविधि ल्याएको हो । यस अघिको कार्यविधिमा सहरी क्षेत्रमा २५ लाख र ग्रामिण क्षेत्रमा १५ लाख सहुलियत ऋण लिने भूकम्प पीडितले अनुदान पाउने व्यवस्था गरिएको थिएन । पीडितले कि त २ लाख अनुदान कि ऋण मात्र लिन पाउने व्यवस्था थियो ।

सहरी विकास मन्त्रालयको पहलमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, स्थानीय विकास मन्त्रालय, अर्थमन्त्रालय र गृह मन्त्रालयबीच छलफल भएर पुरानो कार्यविधिलाई परिमार्जन गरि ल्याइएको नयाँ कार्यविधिअनुसार अनुदान रकम स्थानीय विकास मन्त्रालयले व्यवस्था गर्ने छ । घरको नक्सा तथा डिजाइनसहित प्राविधिक पक्ष सहरी विकास मन्त्रालयले हेर्नेछ । भवन निर्माण विभाग अन्तरगतको डिभिजन कार्यालयले उपलब्ध गराउने भूकम्प प्रतिरोधी घरका डिजाइनमध्येबाट पीडितले छान्नु पर्नेछ । यसमा कोठाको नाप र कोठाको संख्या आवश्यकता अनुसार थपघट गर्न सकिने छ ।

नयाँ कार्यविधिमा भूकम्प पीडित सबैले २ लाख अनुदानका साथै २ प्रतिशत ब्याज दरमा ३ लाख रूपैयाँ सहुलियत ऋण पाउने छन् । पहिले दिने भनिएको १५ लाख र २५ लाख रूपैयाँ सहुलियत ऋण भने बैकले माग्ने धरौटी राखेर मात्र पाइनेछ ।

एक भन्दा धेरै घर भएकाले पनि अनुदान पाउने

२ लाख अनुदान रकम तीन किस्तामा पाइनेछ । पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख र अन्तिम किस्तामा ५० हजार अनुदान वितरण गरिनेछ ।

दुई वा त्योभन्दा धेरै घर भत्किएकाले पनि एउटा घरका लागि मात्र अनुदान पाउने छन् । धेरै ठाउँमा घर हुनेको एक स्थानको घर भत्किएको तर अर्को स्थानको सग्लै छ भने त्यस्ता पीडितले अनुदान पाउने छैनन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending