Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

कहाँ छ कालापानी–सुस्ता–लिपुलेक र नेपाल ?

२६ वर्षको नयाँ प्रजातन्त्र र गणतन्त्रले जसरी नेपाललाई परनिर्भर (भारत निर्भर) बनायो, समस्त पब्लिक सेक्टरका उद्योगहरुको निजीकरण मात्र गरिएन, गिरिजाले सुनियोजित रुपमा ध्वस्त नै पारे । यसका लागि के प्रतिपक्षको कुनै भूमिका थिएन या छैन ? यसको राजनैतिक विश्लेषण आवश्यक छ । राष्ट्र आज प्राकृतिक आपदबाट मात्र ग्रस्त छैन, स्वार्थी, असक्षम र अदूरदर्शी नेतृत्वले गणतन्त्र र प्रजातन्त्रलाई गठबन्धन तन्त्रमा रुपान्तरित गरेर प्रतिपक्ष नै नभएको गिरिजातन्त्रको जसरी विकास भयो । आज त्यसको भयंकर परिणाम देशले भोग्नु परेको छ । ‘काले काले मिलेर खाउँ भाले’ भन्ने उखान चरितार्थ गर्दै नेपाल सरकारका समस्त अंगहरु राष्ट्र र जनहितमा नभएर भागवण्डाको रनभुल्लमा परेको छ । यहाँसम्म कि न्याय सेवा समेत भागवण्डाबाट ग्रस्त छ भन्ने भनाइ छ । यसैक्रममा अरु अंगहरुबारे चर्चा गर्दा राष्ट्र सेवकहरुको आत्मविश्वास र राष्ट्रियताको के स्थिति  छ, त्यसको सानो स्वरुप आयल निगमका जीएम गोपालबहादुर खड्काले देखाएकै छन् । नेपालको शासन व्यवस्थामा देखापरेको विकृत मानसिकताले वर्तमान स्थितिको सामना गर्दै निकास दिन सक्ने क्षमता बाँकी छ भन्ने आधार देखिन्न । [caption id=\"attachment_50776\" align=\"alignleft\" width=\"273\"]\"विजयमणि विजयमणि आ.दी.[/caption] एकातिर प्रधानमन्त्री दृढता व्यक्त गर्छन् भने परराष्ट्रमन्त्री चाकडीमा दौडेका छन् । यहाँ भू.पू. मन्त्री नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालले जसरी भट्ट प्रकरणमा तीन घण्टा कुरेरै भए पनि भारतीय राजदूतको सवारी चलाउनु भएको थियो त्यस्तो नेपाली गणतन्त्र र त्यसको औचित्य स्वतः प्रमाणित गरिसकेको छ । भारतका प्रधानमन्त्री नेपालको पानी लगेर भारतका गाउँको विकास गर्छु भनी विश्वभर घोषणा गर्छन्, उनका चेलाहरु १५ जिल्ला नेपालमा अंग्रेजले दिएको फिर्ता लिन्छु भन्छन् । गृहमन्त्रीहरु भन्छन्, नेपालमा एक करोड भारतीय छन् । अघोषित नाकाबन्दी नै गरेका छन् । भारतीय राजदूत रन्जित रे जथाभावी बोल्छन्, अन्तरवार्ता दिन्छन्, नेपालले के चाहेको भनी  घुक्र्याउँदा पनि घोव्रmेठ्याक लगाउन नसक्ने ताकत परराष्ट्र मन्त्रीको छैन ? त्यसैगरी त्यो भन्दा चर्को वोली नयाँ नेपाली भनौं या गिरिजा नेपालीहरु को छ । यो खसको विर्ता हो, पहाडिया लखेटामार, घुँडा टेकाएरै छाड्छौं आदि इत्यादि । के यही वास्तविक प्रजातन्त्र हो ? प्रतिपक्ष नै नभएको प्रजातन्त्र र गणतन्त्रले भविष्यको नेपालको संकेत गरिरहेछ ।
भारतका प्रधानमन्त्री नेपालको पानी लगेर भारतका गाउँको विकास गर्छु भनी विश्वभर घोषणा गर्छन्, उनका चेलाहरु १५ जिल्ला नेपालमा अंग्रेजले दिएको फिर्ता लिन्छु भन्छन् ।
२०४६ मा किसुनजीले मेलम्चीको पानी दिल्ली पु¥याउने दृढता व्यक्त गरेथे भने यता आएर अब समग्र नेपाल नै दिल्ली पुग्न लागेको आभास हुन्छ । कोशी, गण्डकी, महाकाली, नेपाली सीमा मिचिने क्रमका साथै तराईमा बढे बढाइएको व्यापक जनसङ्ख्याको शुभारम्भ २००८ सालबाटै सुरु भएको हो ? यसलाई अहिले आएर नयाँ संविधानले पूर्णता दिदैंछ । संविधान बन्न नपाई संसोधन दर्ता गर्ने सरकार कस्तो हो ? त्यसले नेपाल प्रजातन्त्रका लागि अनुपयुक्र छ भन्ने स्वतः प्रमाणित हुन्छ हुन्न ? कांग्रेसको एक मात्र भारत भक्ति नै प्रजातन्त्र र गणतन्त्र हो भन्ने इतिहासले र यताका घटनाहरुबाट स्वतः प्रमाणित भएको छ । एमालेको कम्युनिज्म प्रजातन्त्र, कांग्रेस गठबन्धनसँग टाँसिएर न यता न उताको भएको छ भने, एमाओवादी आईसी छाडेर यूरो र डलरको नयाँ माओवादले दिएको क्रिश्चियन साम्यवादको रनभुल्लमा परेको छ । यसरी नेपाल स्विटजरल्याण्ड हुँदैछ । इ.सं. १९६० मा ५५ वर्ष अगाडि तीस जना जति भारतीय सांसदहरू माझ भएको कुराकानी यस्तो थियो । रघुनाथ पाण्डेजी यूपी देवरियाका सांसद थिए । उनले मेरा दाजु जय भारत मणि आ.दी. (स्व) लाई सोधे, Dixit where is your family?  दाइले भन्नु भयो– सबै यहीँ छन्, मेरो भाइ र आमा वुवा नेपालमा छन् भन्दा उनले पुनः भने Don’t keep them there, bring them, भन्दा दाइले Is situation is so worse भन्नुभयो । उनले भने Yes Chinese will take breaktast in peking and will take the lunch at Kathmandu any day. भन्दै म तिर फर्केर सोध, well boy, what is your reaction ?
यहाँका बुद्धिजीबी राजदूत रे (भारतको) को भोज खाएर भन्छन्, भारतले नाकाबन्दी गरेकै छैन । धन्यधन्य नेपाली । यो हो वास्तविक राष्ट्रियता ।
मैले दाइको डरले डराई डराई सोधें If we will come from there what you are going to do. भन्दा उनले भने we will go and protect your country. मैले भनें your army was famous in doing postal services in II world war. They are going to do the same for us sir? भन्दा अलि झर्केर no no we will go and protect भने । मैले रोक्तारोक्तै पनि भनिहालँे you are keeping 18 batallions of Gurkhas for your own protection you are going to protect the Gurkha land sir. भन्दा उनी उग्र भई औंलाले तल–माथि गर्दै मलाई देखाएर भने This is Chinese propagenda which has corrupted the youth of Nepal. मैले तुरुन्तै भनें no sir, this is your big brotherly attitude which irritates us भनेपछि केही बोलेनन् । नेताहरुको योग्यता र क्षमताको प्रमाण उनले गरेको शासन, विकास र समस्त राष्ट्रको समुन्नति तर्फ उन्मुख राजनीतिबाट हून्छ  तर नेपालमा नेताको गुणगान र किम्वदन्तीहरु गुणात्मक भन्दा संगठनात्मक हुन्छ र तिनको गुणगानबाट हुन्छ । ६८ वर्ष भयो, राणाशासन समाप्त भएकाे, आज नेपाल कहाँ छ ? नेपालमा के भइरहेछ ? यहाँका बुद्धिजीबी राजदूत रे (भारतको) को भोज खाएर भन्छन्, भारतले नाकाबन्दी गरेकै छैन । धन्यधन्य नेपाली । यो हो वास्तविक राष्ट्रियता । भद्रकाली मिश्र (मन्त्रिले)ले मन्त्रिमण्डलमै २००८ मा भनेका थिए ‘यी पहाडियाहरुमाथि विश्वास गर्न सकिन्न, सेना र उच्च पदस्थ कर्मचारीले मात्र पुगेन । जेलर र अन्य कर्मचारी पनि भारतबाटै ल्याउनु प¥यो । आज मोदी भारतको चाहना पनि नेपालको शासन भारतीय (नयाँ नेपाली) हरुकै हातमा हुनुप¥यो त्यसका लागि संविधान संसोधन हुनै प¥यो । धन्य स्वाभिमान ! कहाँ छ कालापानी कहाँ छ सुस्ता ? कहाँ छ लिपु लेक, कहाँ छ नेपाल ? यही हो स्वाभिमान र ग्रेटर नेपाल ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies