इस्लामाबाद । उत्तरपश्चिम पाकिस्तानको सीमावर्ती सहर पाराचिनारको बजार इलाकामा आइतबार भएको एक बम विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ पुगेको छ ।
अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने सो इलाकामा भएको यस बम विस्फोटनमा परी अन्य ७० जना घाइते भएका स्थानीय उर्दु टेलिभिजन च्यानल जिओले जनाएको छ । बजार इलाकाको एक पसलभित्र स्थानीय समयानुसार आइतबार अपराह्न १२ः३० बजे सो बम विस्फोटन गराएको थियाे । ठूलो सङ्ख्यामा व्यक्तिहरू किनमेलमा व्यस्त रहेको बेला पाराचिनार बजार इलाकामा विस्फोट भएकाे थियाे । यस विस्फोटनमा परी कैयौँ पसलहरू क्षतिग्रस्त भएको बताइएको छ । यस घटनामा घाइते भएकालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । यस आक्रमणमा संलग्न रहेको आशङ्कामा दुई संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति ममनून हुसेनले उक्त आक्रमणको निन्दा गरेका छन् । प्रधानमन्त्री सरिफले घाइते व्यक्तिहरूको राम्रो उपचारको बन्दोबस्त मिलाउनका लागि सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका छन् । (एजेन्सी)यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: