Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

१३ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व देउवाले गर्नेः महत

\"prakashधनकुटा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले काङ्ग्रेसको १३ औं महाधिवेशनबाट पार्टीको नेतृ वरिष्ठ नेता शेरबहादुर देउवाले गर्ने दावी गरेका छन् । महतले पार्टीमा नेतृत्व परिवर्तनको कुरा चलिरहेको बेला कार्यकर्ता समेत वरिष्ठ नेता देउवाको पक्षमा देखिएकाले अबको नेतृत्व देउवाले गर्ने दाबी गरे । प्रेस युनियन धनकुटाले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले वर्तमान सभापति सुशील कोइरालाले पार्टीका साथै सरकारको नेतृत्व गर्ने क्रममा विभिन्न कमजोरी गरेको उल्लेख गरे । अबको नेतृत्व राष्ट्रियताको मुद्दामा अरु पार्टीसँग छलफल गरेर नयाँ ढंगबाट अघि बढ्ने महतले बताए । नाकाबन्दी र मधेस आन्दोलनले संकट महतले भारतीय नाकाबन्दी र मधेस केन्द्रित दलको कारण देशमा मानवीय संकट उत्पन्न भएको बताए । काङ्ग्रेसले संसदमा पेस गरेको दुईवटा संशोधन प्रस्ताव पारित गरि सीमांकनको विषयलाई राजनीतिक समिति बनाएर टुंग्याउने गरी अघि बढे देशमा देखिएको समस्या समाधान भएर जाने महतको भनाइ छ । देशमा मानवीय संकट पैदा भएको भन्दै उनले समस्या समाधानका लागि अहिलेको सरकार गम्भीर नभएको आरोप लगाए । पूर्वमन्त्री समेत रहेका महतले मधेसका लागि गरिएको आन्दोलन मधेसमा बस्ने जनताले बुझिसकेकाले मधेसी दलले गरेको आन्दोलन मधेसी जनताको हित विपरीत रहेको दावी गरे । यस्तै, नेपाली काङ्ग्रेस धनकुटाद्वारा आयोजित कार्यकर्ता भेलालाई पनि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महतले सम्बोधन गर्दै संगठन विस्तार र आगामी महाधिवेशन सफल बनाउन क्रियाशील हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending