Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

युवा संघले सर्लाहीबाट ‘नट बोल्ट’ टाइट गर्ने

\"youthसर्लाही । सत्तारुढ दल एमालेको भातृ संगठन युवा संघले मधेस आभियान चलाएर पार्टीको नट बोल्ट टाइट गर्ने जनाएको छ । मधेसमा जारी आन्दोलन, बन्द, हडतालविरुद्ध जागरण फैलाउने उद्देश्यले सर्लाहीबाट अभियान शुरु गर्ने संघले जनाएको छ । समाजिक सदभाव कायम र राष्ट्रिय एकताका लागि भन्दै सर्लाहीको हरिवनमा दुई दिने भेला आयोजना गरिने संघका अध्यक्ष राजिव पहारीले बताए । सोमवार हरिवनमा पत्रकार सम्मेलन गरी समाजिक सदभाव कायम र राष्ट्रिय एकताका लागि अभियान चलाउन लागिएको जानकारी दिए । मंगलवारदेखि सर्लाहीको हरिवनमा भेला गरी अभियान मधेस जागरण अभियान शुरु गर्न लागिएको उनले बताए । मधेस आन्दोलनले पार्टीको नट बोल्ट खुलेको भन्दै पहारीले युवा अभियानले पार्टीको नट बोल्ट टाइट गर्ने उल्लेख गरे । उनले मधेस आन्दोलनले भ्रम फैलाएको आरोप लगाए । समाजिक सदभाव र राष्ट्रिय एकताको लागि मधेश विशेष भेला आयोजना गर्न लागिएको उनको दाबी छ । बिगतमा राजनीति दलले गरेका गल्ती र कमजोरीका परिणाम नै मुलुकले अहिले दुःख पाइरहेको पहारीले बताए । राजेन्द्र र महन्थको मुखुण्डोबाट नयाँ मान्छे जन्मियो युवा संघ अध्यक्ष पहारीले मधेश आन्दोलनका अगुवा राजेन्द्र महतो र महन्थ ठाकुर जस्ताको मुखुण्डोबाट नयाँ मान्छे जन्मेको आरोप लगाए । महतो र महन्थको मुकुण्डोबाट नयाँ मान्छे जन्मेर मधेसलाई भुटानिकरण गर्ने षडयन्त्र भएको उनले आरोप लगाए । सात प्रदेश सिमांकनमा युवा संघको असन्तुष्टी एमालेको युवा संघले नयाँ संविधानमा घोषणा गरिएको सात प्रदेशमा असन्तुष्टी जनाएको छ । संघका अध्यक्ष पहारीले ६ प्रदेश र सात प्रदेशबाट आफूहरु सन्तुष्ट नरहेको बताए । अधिकार प्राप्त आयोगबाट सीमांकन बिवाद मिलाउनु पर्ने उनको सुझाव छ । कालाबजारीलाई साइजमा ल्याउने युवा संघले कालाबजारीलाई साइजमा ल्याउने समेत पहारीले दाबी गरे । मूल्यवृद्धि र कालाबजारीका विरुद्ध  पनि संघले अभियान चलाउने उनले बताए । कालाबजारीको कानमा हात हालेर साइजमा ल्याउने उनको भनाइ थियो । हरिवनमा शुरु हुने भेलाको एमाले बरिष्ठ नेता माधव नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरको पकड रहेको संघले ओलीलाई आमन्त्रण गरे पनि समय नदिएपछि नेपालबाट उद्घाटन गर्न लागेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: