Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

भट्टराई ‘जिउँदो लाश’ जस्तै हुन् –यादव

\"Umesh-Yadab_khabardabali.com\"काठमाडौं । सिँचाई मन्त्री उमेशकुमार यादवले एकीकृत माओवादी पार्टी त्यागेसँगै डा. बाबुराम भट्टराई ‘जिउँदो लास’ भएको बताएका छन् ।   एकीकृत माओवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री यादवले डा भट्टराईले माओवादी पार्टी मात्रै परित्याग नगरी माओवादी विचार समेत परित्याग गरेकाले उनी जिउँदो लासमा परिणत भएको तर्क गरे । प्रदेश नम्बर दुईबाट प्रतिनिधित्व गर्ने केही जिल्ला स्तरीय नेता तथा अगुवा कार्यकर्तासँगको भेटमा यादवले भने, ‘बाबुराम दाईले माओवादी पार्टीमात्रै त्याग्नु भएको छैन । माओवादी विचार पनि परित्याग गर्नुभएको छ । त्यसैले राजनीतिक रुपमा उहाँ अहिले जिउँदो लासमा परिणत हुनुभएको छ ।’   राजनीतिक विचारविनाको मानिस जिउँदो लासभन्दा बढी केही नहुने उल्लेख गर्दै यादवले विचारविहीन अवस्थामा रहेका भट्टराईले कुनै ठोस राजनीतिक विचार ग्रहण नगरेसम्म जिउँदो लास नै रहने दाबी समेत गरे ।   ‘तीस वर्षदेखि निरन्तर रुपमा ग्रहण गरेको विचारलाई बाबुराम दाईले एक्कासि कसरी परित्याग गर्न सक्नुभयो !,’ आश्चर्यजनक भाव प्रकट गर्दै मन्त्री यादवले मालेमावाद विचार परित्याग गरेर भट्टराईले समग्र जनमुक्ति आन्दोलनलाई नै धोका दिएको आरोप समेत लगाए ।   हालको प्रदेश नम्बर दुई अन्तर्गत पर्ने सप्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद् समेत रहेका मन्त्री यादवलाई त्यही प्रदेशअन्तर्गतका केही जिल्लास्तरीय नेता तथा कार्यकर्ता सोमबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा भेट्न आएका थिए ।   कार्यकर्ता भेटघाटकै क्रममा यादवले डा. भट्टराईलाई माउ पार्टीमै फर्किन आग्रह समेत गरे ।   त्यस क्रममा यावले माओवादी पार्टीमै फर्किन नसके माक्र्स, लेनिन र माओको विचारमा आधारित अर्को पार्टी निर्माण गर्न समेत डा भट्टराईलाई आग्रह गरेका थिए ।   डा भट्टराईको राजनीतिक भविष्यबारे कार्यकर्ताहरुले जिज्ञासा राख्दा यादवले भट्टराईको कुनै भविष्य नरहेको दाबी गरे । नयाँ शक्तिको भ्रम जालमा नपर्न समेत उनले आफ्ना कार्यकर्तालाई सल्लाह दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending