Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कांग्रेस रणनीति : गाँठो फुकाउने होइन, अड्काउने

\"nepali-congress-flag-545\"काठमाडाैं । झण्डै चार महिनादेखि तराई मधेसमा देखिएको गतिरोध अन्त्य हुने अवस्था देखिंदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भाँजो हाल्दा देश अनिर्णयको बन्दीमा फस्न पुगेको छ । पहिले संविधान संसोधनलाई एकमात्र उद्देश्य बनाएको कांग्रेस अहिले सत्तारुढ एमाले र एमाओवादीले त्यसलाई मान्न तयार भएपछि अर्को लफडा झिक्नमा उद्यत भएको छ ।   जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशिताको विषयलाई अघि बढाउनुपर्ने जोडबल गरे पनि कांग्रेस यतिखेर भने अर्को बहानामा अप्ठ्यारो पार्ने गरी भूकम्पसम्बन्धी पुननिर्माण विधयेकको कुरा झिकेको हो । पहिले संविधान संसोधनलाई मात्र अघि बढाउनुपर्ने मागलाई जोडतोडका साथ उठाउँदै आए पनि मधेसी मोर्चालेसमेत मान्ने अवस्थामा कांग्रेसले दुवै विधयेकलाई सँगसँगै अघि बढाउनुपर्ने भन्दै राजनीतिक गतिरोधलाई झन् लम्ब्याउने अवस्थातिर धकेलेको छ ।   यही कारणलाई देखाएर कांग्रेसले आइतबार पनि संसद बैठक अवरुद्ध गरेको छ । ‘पहिले एमाले र एमाओवादीले पुनर्निर्माण विधयेकलाई त्यत्तिकै बनाइदिए भूकम्पपछिको यो संकटमा प्राधिकरणको काम दु्रततर हुनुपर्ने हो तर, भइरहेको छैन’ कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ भन्छन्, ‘हामीले अड्काउन खोजेका होइनौं । प्राधिकरण र संविधान संसोधन विधयेक संगै अघि बढे भने सहज हुन्छ भनेर हो ।’ तर, आफ्नै अव्यवहारिक राजनीतिका कारण प्राधिकरणको सिइओको समय त्यत्तिकै सकाएको कांग्रेसले पुनर्निर्माणको लागि खर्च हुने ६ खर्बभन्दा बढी रकमको लागि आफ्नो दल निकटको नेतृत्व खोजेको हो । सोही कारण बोली फेर्दै कांग्रेसले दुवै विधयेक सँगै अघि बढाउनुपर्ने भन्दै झमेला झिकेको हो ।   कांग्रेसकै एक नेता आफ्नो सरकार हुँदा उठाइएको भूकम्पपछिको पुनर्निर्माणको लागि हुने प्राधिकरणमा आफूले नै नियुक्त गरेका प्राधिकरणका सिइओ गोविन्दराज पोखरेल नै पुनः हुनुपर्ने बताउँछन् । तर, स्रोतका अनुसार कांग्रेसले संविधान संसोधन गरी मधेस आन्दोलनको अन्त्य गरी नाकाबन्दी खुलाउन भन्दा पाधिकरणमार्फत खर्च हुने ६ खर्बमा आँखा गाडेर देशलाई अनिर्णयको बन्दीतिर धकेलेर समस्या निम्त्याउँदैछ ।   मधेसी मोर्चाका नेताहरुले सरकार र प्रतिपक्षीका कारण सार्थक वार्ता हुन नसकेको आरोप लगाइरहेको छ । मधेस सहमतिमा आउन तयार भए जुनसुकै विकल्पमा पनि जाने भन्ने निर्णय गरेको कांग्रेस केही तयारी गरेपछि संविधान संसोधन गर्न मधेसी मोर्चा मान्ने अवस्था आए पनि खरबौं खर्च गर्ने प्राधिकरणमा आँखा गाड्न उद्यत भएपछि फेरि राजनीति धमिलिंदै राजनीतिक संकट बढ्न सक्ने देखिएको छ । आइतबार दुईपटक बसेको पदाधिकारी बैठकले जसरी पनि दुवै विधयेकलाई सँगसँगै अघि बढाउने बाहेकको विकल्पमा जान नसकिने निर्णय कांग्रेसले गरेको थियो ।   साथै, मधेसी मोर्चा सहमतिमा आए सरकार परिवर्तन पनि लम्बिने भएकोले कांग्रेस अनेक बहानामा जसरी पनि अनेक लफडा झिक्दै अप्ठ्यारो पार्ने रणनीतिमा पनि लागेको स्रोतको दाबी छ । भारतीय संलग्लनतामा मधेसी समस्याको समाधान हुनै लाग्दासमेत कांग्रेसले एकपछि अर्को अड्को थाप्नुले यसलाई पुष्टि गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending