Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

मक्काको नगर परिषदमा महिला उम्मेदवार बिजयी

\"mahilaरियाद । साउदी अरेबियामा शनिबार सम्पन्न भएको नगर परिषदको निर्वाचनअन्तर्गत मक्काको नगरपरिषदमा महिला विजयी भएको समाचार छ । मुस्लिम समुदायका नागरिकहरुको सुप्रसिद्ध धामका रुपमा रहेको मक्का मदिना रहेको मद्रकाह नगर परिषदमा महिला बिजयी भएको आइतबार बिहान प्राप्त समाचारमा जनाइएको छ । सो पवित्र नगर मानिएको मद्रकाहको परिषदमा सल्मा बिन्त हिजब अल ओतेइबी बिजयी हुनुभएको समाचारमा जनाइएको हो । प्रमुख निर्वाचन आयुक्त ओसामा अल बारलाई उद्धृतगर्दै आइतबार साउदी अरेबियाको समाचार समिति एसपिएले उनको विजयको सो समाचारको जानकारी गराएको छ । साउदी अरेबिया राजतन्त्रात्मक मुलुक हो । यस देशमा महिलाका विषयमा निकै नै कडा प्रतिबन्धहरु लगाउने गरिएको छ । महिलालाई सवारी हाँक्न पनि प्रतिबन्ध लगाइएको छ । साउदी अरेबियामा शनिबार नगर परिषद्को निर्वाचन सम्पन्न भएको थियो । यस निर्वाचनको प्रमुख आकर्षणका रुपमा इतिहासमा नै साउदी अरेबियामा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका हुन् । साउदी जस्तो मुस्लिम राष्ट्रमा महिलालाई सवारी चलाउन, मतदान गर्न तथा अरु पनि कैयौँ कार्यमा प्रतिबन्ध लगाउदै आइएको थियो । तर पनि यसअघि नै अरु अरब मुलुकहरुले भने मतदानका लागि महिलालाई अनुमति दिएका थिए । महिलालाई मतदानमा अनुमति दिने यो नै अन्तिम देश हो भनिएको छ । यो नगर परिषदको निर्वाचन हो । यो परिषदको निर्वाचन यसअघि सन् २००५ मा भएको थियो । सो निर्वाचन महिलाका लागि खुला थिएन । उनीहरुले मतदान गर्न तथा उम्मेदवार बन्न पनि पाएका थिएनन् । यस नगर परिषदको निर्वाचनमा कम्तीमा पनि ९०० जना महिला उम्मेदवार बनेका छन् । उनीहरुका विरुद्धमा करिब ६ हजार जना पुरुष उम्मेदवार रहेका बताइएको छ । स्थानीय विकास अधिकार रहेको सो परिषदको निर्वाचनमा २८४ जना उम्मेदवार उठेका छन् । यस परिषदले स्थानीय पूर्वाधारको विकासका साथै स्थानीय निकायको निर्माण गर्ने काम गर्छ । सरकारी अधिकारीहरुका अनुसार यस पटकको यस निर्वाचनमा महिला मतदाताहरुको सङ्ख्या दशमा एकजना वा त्यो भन्दा पनि कम रहेको बताएका छन् । महिलाका अधिकारप्रति पुरुष उदार नहुनुका साथै महिलाहरु पनि यो पहिलो पटकको निर्वाचनका लागि उत्साहित नहुनाले पनि यस पटक निर्वाचनमा मतदाता महिलाको सङ्ख्या कम हुन पुगेको बताइएको छ । महिलाले पुरुष मतदाताहरुसँग पुगेर मतमाग्न पनि नपाउने नियम बनाइएको थियो । उम्मेदवार बनेर पनि मतमाग्न नपाइने यस नियमको विरोध भने गरिएको थियो । तर पनि सरकारले पछि निर्वाचनका लाविनाएको यस नियममा परिवर्तन गरेको थिएन । निर्वाचनका पुरुष कर्मचारीहरुका कारण असजिलो भएको पनि उनीहरुको भनाई छ । उम्मेदवारमध्येका अधिकांश महिला नगरपालिकाको प्रशासकीय कार्य सञ्चालनका लागि सक्षम रहेकोले उनीहरु पनि विजय हुने अनुमान गरिएको बताइएको छ । त्यो भन्दा पनि पहिलो पटक नै दिइएको यो महिलाको अधिकारलाई महिला अधिकारकर्मीका साथै सबैले राम्रो कामका रुपमा सराहना गरेका बताइएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies