Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एमाओवादी अध्यक्ष प्रचण्डका नजरमा नेपालका चार शक्ति

\"prachanda-intकाठमाडौं । एकिकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक जारी छ । गत १५ गतेबाट जारी बैठकमा एमाओवादकिा अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले एमाओवादीलाई सम्पूर्ण रुपमा नयाँ बनाउने भन्दै २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन अर्थात तात्कालिन पार्टीको कार्यदिशा प्रस्तुत गरेका थिए । प्रचण्डले प्रस्तुत गरेको उक्त राजनीतिक प्रतिवेदनमा नेपालका मुख्य ४ शक्तिका बारेमा ४ बुँदामा व्याख्या गरिएको छ । हेर्नुहोस् प्रचण्डले देखेका ४ शक्ति – राजनैतिक शक्तिहरूको विश्लेषण १। गणतन्त्र विरोधी राजनैतिक शक्ति: राजतन्त्रको पक्षपोषण गर्ने, हिन्दु राष्ट्रको नारा दिने, संघीयताको विरोध गर्ने, समग्रतामा महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका उपलब्धीहरुको विरोध गर्ने पूर्व पञ्चहरु, समाजको रुढीवादी सामन्ती शक्ति, दलाल र नोकरशाही पुँजीपतिवर्गको एउटा हिस्सा समेत मिलेर यो शक्ति बनेको छ । यसमा मुख्यतः राप्रपाका विभिन्न घटकहरु पर्दछन् । २। यथास्थितिवादी राजनैतिक शक्ति: संसदीय प्रजातन्त्रको वकालत गर्ने, क्रान्ति र परिवर्तनका प्रगतिशील मुद्दाहरु प्रति नकारात्मक धारणा राख्ने, वैदेशिक प्रतिक्रियावादसँग हमेसा सम्झौता गर्न रुचाउने तथा खास–खास मोडमा आत्म–समर्पण गर्न पनि तयार हुने राजनैतिक शक्ति यसमा पर्दछन् । यस्तो राजनैतिक शक्तिमा मुख्यता नेपाली कांग्रेस र पहाड, मधेशमा रहेका कतिपय क्षेत्रीय दलहरु पर्दछन् । नेपाली कांग्रेसले राणाशाही विरुद्ध र निरंकुश पञ्चायतका विरुद्ध खेलेको सकारात्मक भूमिकाका कारण मध्यम वर्गदेखि राष्ट्रिय पुँजीपति वर्गको एउटा हिस्साको साथै दलाल नोकरशाही र सामन्त वर्गको एउटा हिस्साको पनि उसले प्रतिनिधित्व गर्दछ । जति बेला उ सकारात्मक भूमिका खेल्छ उसले मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिसम्मको र जतिबेला उसले गलत सम्झौता र आत्म समर्पणवादी भूमिका खेल्छ त्यतिबेला उसले दलाल नोकरशाह र सामन्तहरुकै प्रतिनिधित्व गरिरहेको हुन्छ । ३। सुधारवादी र अवसरवादी राजनैतिक शक्ति: मुख्य रुपमा मध्ययम वर्ग एवम् निम्न पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने अत्यन्त ढूलमूल र अवसरवादी चरित्रको सुधारवादी राजनैतिक शक्ति यस कोटीमा पर्दछन् । यसमा मुख्यतः नेकपा (एमाले) लगायत सुधारवादी र संशोधनवादी राजनैतिक दलहरु पर्दछन् । ४। क्रान्तिकारी राजनैतिक शक्ति: सामन्तवाद र साम्राज्यवादको शोषण–उत्पीडनबाट नेपाल र नेपाली जनतालाई मुक्त गरी पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादी क्रान्तिको रणनीति हासिल गरी साम्यवादको दिशामा अगाडि बढ्ने स्पष्ट कार्यदिशासहितको नेपाली सर्वहारावर्गको राजनैतिक प्रतिनिधि मुख्यतः एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लगायत माओवादी धाराका विभिन्न समूहहरु यस कित्तामा पर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending