Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

कोरिडोर बन्दले दैनिक दश करोडको नोक्सानी

\"bhairahawa-industrial-area-1-640x330\"भैरहवा । लगातारको मधेस आन्दोलनका कारण लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका तीन दर्जन साना ठूला उद्योग सधैँका लागि बन्द हुने स्थितिमा पुगेका छन् । करिब रु पाँच हजार करोड लगानी रहेको यस क्षेत्रका सिमेन्ट, बोरा, छड, लिटो र चाउचाउलगायत उद्योग अहिले थला परेको उद्योग व्यापार सङ्गठन रुपन्देहीले जनाएको छ । सङ्गठन रुपन्देहीका महासचिव नारायण भण्डारीले उद्योग क्षेत्रमा  आन्दोलन  र भारतीय नाकाबन्दीका कारण निकै मार पारेको बताए  । पश्चिमाञ्चल सिमेन्ट एसोसियसनका अध्यक्ष ऋषिकेस अग्रवाल कोरिडोरमा रहेका सिमेन्टलगायत उद्योग बन्दले गर्दा सञ्चालक र कर्मचारीलाई दैनिकी गुर्जानसमेत गाह्रो भएको बताए । कोरिडोरमा रहेका तीन दर्जन उद्योगमा करिब १० हजारको सङ्ख्यामा कर्मचारी÷मजदुर कार्यरत छन् । मजदुर र मजदुरका परिवारसमेत बिचल्लीमा परेको अम्बुजा सिमेन्टका महाप्रबन्धक राजकुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार अर्बौँको लगानीमा सञ्चालनमा रहेका उद्योग एक्कासि बन्द हुँदा बैंकको किस्तासमेत तिर्न सकिएको छैन् । लगानीकर्तासमेत सडकमा आउने स्थिति रहेको छ । कुनै विकल्प नहुँदा उद्योग पुनःसञ्चालन गर्नसमेत कठिन स्थिति पैदा भएको छ । आन्दोलनका कारण लुम्बिनी सडक पूर्ण रुपमा बन्द रहेको छ भने उद्योग क्षेत्रमा सुरक्षा कर्मचारीभन्दा अन्य कोही बस्ने अवस्था नरहेकाले कहिले सहजता हुने हो भन्दै सञ्चालकहरु निरास मुद्रामा बस्ने गरेका छन् । बन्द र आन्दोलनका कारण कोरिडोरका उद्योगले दैनिक रु १० करोड नोक्सानी व्यहोरिरहेका छन् । देशमा सिमेन्ट र छडको मुख्य उत्पादक क्षेत्र रहेको यस कोरिडोरका उद्योग बन्द हुँदा निर्माण आयोजनाका कामसमेत ठप्प छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending