Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कोरिडोर बन्दले दैनिक दश करोडको नोक्सानी

\"bhairahawa-industrial-area-1-640x330\"भैरहवा । लगातारको मधेस आन्दोलनका कारण लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका तीन दर्जन साना ठूला उद्योग सधैँका लागि बन्द हुने स्थितिमा पुगेका छन् । करिब रु पाँच हजार करोड लगानी रहेको यस क्षेत्रका सिमेन्ट, बोरा, छड, लिटो र चाउचाउलगायत उद्योग अहिले थला परेको उद्योग व्यापार सङ्गठन रुपन्देहीले जनाएको छ । सङ्गठन रुपन्देहीका महासचिव नारायण भण्डारीले उद्योग क्षेत्रमा  आन्दोलन  र भारतीय नाकाबन्दीका कारण निकै मार पारेको बताए  । पश्चिमाञ्चल सिमेन्ट एसोसियसनका अध्यक्ष ऋषिकेस अग्रवाल कोरिडोरमा रहेका सिमेन्टलगायत उद्योग बन्दले गर्दा सञ्चालक र कर्मचारीलाई दैनिकी गुर्जानसमेत गाह्रो भएको बताए । कोरिडोरमा रहेका तीन दर्जन उद्योगमा करिब १० हजारको सङ्ख्यामा कर्मचारी÷मजदुर कार्यरत छन् । मजदुर र मजदुरका परिवारसमेत बिचल्लीमा परेको अम्बुजा सिमेन्टका महाप्रबन्धक राजकुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार अर्बौँको लगानीमा सञ्चालनमा रहेका उद्योग एक्कासि बन्द हुँदा बैंकको किस्तासमेत तिर्न सकिएको छैन् । लगानीकर्तासमेत सडकमा आउने स्थिति रहेको छ । कुनै विकल्प नहुँदा उद्योग पुनःसञ्चालन गर्नसमेत कठिन स्थिति पैदा भएको छ । आन्दोलनका कारण लुम्बिनी सडक पूर्ण रुपमा बन्द रहेको छ भने उद्योग क्षेत्रमा सुरक्षा कर्मचारीभन्दा अन्य कोही बस्ने अवस्था नरहेकाले कहिले सहजता हुने हो भन्दै सञ्चालकहरु निरास मुद्रामा बस्ने गरेका छन् । बन्द र आन्दोलनका कारण कोरिडोरका उद्योगले दैनिक रु १० करोड नोक्सानी व्यहोरिरहेका छन् । देशमा सिमेन्ट र छडको मुख्य उत्पादक क्षेत्र रहेको यस कोरिडोरका उद्योग बन्द हुँदा निर्माण आयोजनाका कामसमेत ठप्प छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending