Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

चार पाङ्ग्रे निजी सवारीलाई पनि तेल बाँडिने

\"nepal-oil-nigam\"काठमाडौं । नेपाल आयल निगमले चार पाङग्रे निजी सवारी साधनहरुलाई पनि इन्धन वितरण गर्ने भएको छ । सार्वजनिक सवारी सञ्चालन गर्न समस्या भएको भन्दै निजी सवारीलाई केही दिनदेखि तेल दिन रोकिएको थियो । निजी मोटरसाइकल र स्कुटरलाई लटअनुसारको तेल वितरण गर्न थालेपछि चार पाङग्रे निजी सवारीलाई पनि निगमले तेल दिन थालेको हो । निजी मोटरसाइकल र स्कुटरलाई पहिलो चरणमा मंसिर २८ गतेसम्म तेल वितरणको सूची निमगले बनाएको छ । भारतबाट पछिल्लो समय पहिलेभन्दा केही बढी परिमाणमा इन्धन आयात भएपछि निजी सवारीलाई पनि तेल वितरण गर्न लागिएको निगमले जनाएको छ । अब एक दुई दिनमै सूचना जारी गरी चार पाङग्रे निजी सवारीलाई पनि लटअनुसार नै तेल वितरण गरिने निगमले जनाएको छ । सम्भतः मंगलबारदेखि निजी सवारीलाई तेल वितरण गरिने बताइए पनि निगमले सूचना भने निकालेको छैन । मोटरसाइकल र स्कुटरलाई आज पनि तेल वितरण नेपाल आयल निगमले लट अनुसार मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्दै आएको छ । शनिवार ४१ देखि ५५ लटका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गरिएको छ । सोमवार ५५ लटभन्दा माथिका सबै मोटरसाइकललाई तेल दिइने निगमको सूची छ । हरेक मोटरसाइकललाई चार लिटरका दरले तेल दिइँदै आएको छ । वीरगञ्ज नाकाबाहेकका अन्य नाकाहरुबाट अहिले इन्धन आपूर्ति बढेको निगमले जनाएको छ । निगमले निजी सवारी साधनलाई तेल नदिए पनि काठमाडौंमा निर्वाध रुपमा गाडी सञ्चालन भइरहेका छन् । कालाबजारीसँगबाट महंगो मूल्यमा तेल खरिद गरी निजी सवारीहरु सञ्चालनमा आइरहेका छन् । सार्वजनिक सवारीका साधनलाई पनि अब पहिलेभन्दा बढी तेल दिने निगमको तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending