Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तरकारी खेतीप्रति युवाको आकर्षण बढ्दाे

\"vegetable\"भद्रपुर । तीन वर्षदेखि सञ्चालित ‘युवा लक्षित व्यावसायिक तरकारी खेतीप्रति झापाका युवाको आकर्षण बढ्न थालेको छ । युवालाई कृषि विकास कार्यालयले जनही ६० हजार अनुदान दिन थालेपछि तरकारी खेतीप्रति आकर्षण बढेको हो । कार्यालयले पहिलो वर्ष ४० जनालाई रु २४ लाख, दोस्रो वर्ष ६० जनालाई  रु ३६ लाख र यसवर्ष पुनः ६० जनालाई रु ३६ लाख अनुदान दिने भएको छ । पहिलो चरणमा एक बिघामा तरकारी लगाएमा रु ३० हजार पाउने र यो बालीपछि त्यही खेतीमा फेरी तरकारी बाली लगाएमा थप रु ३० हजार अनुदान पाउने प्रावधान रहेको छ । यसबाट जिल्लामा यस वर्ष १२० बिघा जग्गामा सरकारले दिने अनुदान प्राप्त गर्न तरकारी खेती हुने वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताए । तरकारी खेती लगाउन र त्यसमा लाग्ने रोग तथा कीराबाट जोगाउन आवश्यक ज्ञान दिन पहिलो चरणमा छनोटमा परेका ३० युवालाई तीनदिने तालिम समेत दिइएको छ । उनीहरुलाई बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, प्राविधक सहायकद्वय बुल्लराम राजवंशी र शेषराज पौडेलले  प्रशिक्षण दिएका हुन  । तालिममा सहभागी बाहुनडाँगीकी राधिका चापागाईँले गएको वर्ष एक बिघामा रु एक लाख खर्च गरेर लगाएको गोलभेँडाबाट रु दुई लाख आम्दनी गर्न सफल भएको बताए । अनुदान पाएकामा खुशी व्यक्त गर्दै उनले सरकारको लक्ष्य र योजना पूरा गर्न आफुमाथि जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । सरकारी निगरानीमा गरिने व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग नगरी प्राङ्गारिक मल र प्रविधिको प्रयोग हुने भएकाले यसबाट उपभोक्ताहरु विभिन्न जोखिमबाट मुक्त हुने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: