Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सिरियाबारे गरिने वार्ता हतारमा गरिनु हुदैन ः रसिया

\"russia\"मस्को । रसियाका विदेश मन्त्रालयले सिरियामा द्वन्द्व अन्त्य गरी शान्ति स्थापनार्थ अमेरिकाको न्युयोर्कमा गरिने गरी तोकिएको नयाँ वार्ता हतारमा गर्नु नहुने बताएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले गएको हप्ता सिरियामा जारी द्वन्द्व समाधान गर्नका लागि यही डिसेम्बर १८ का लागि वार्ताको तिथि घोषणा गरेका थिए । नयाँ चरणको वार्ताका लागि हतार गर्न नहुने रसियाको मत रहेको विदेश मन्त्रालयले मङ्गलबार जारी वक्तव्यमा बताइएको छ । सिरियाली राष्ट्रपति बसार अल असादको मुख्य सहयोगी रसियाले द्वन्द्वरत् सिरियाली संस्थापन पक्ष तथा आतङ्ककारी घोषित गरिएका सिरियाका विद्रोही पक्षले वार्ताको मिति छिट्टै पक्का गरिँदा आवश्यक तयारी पु¥याउन नसक्ने जनाउँदै वार्ताको मिति तोक्नु अपरिपक्व निर्णय हुने जनाएको हो । वक्तव्यमा भनिएको छ, सिरियाको राजनीतिमा को विपक्षी भन्ने कुरामा एउटा सामूहिक सहमति नबनाइकन वार्ता गर्न सम्भव छैन । हामी छलफल गर्नका लागि मात्र बैठक बस्नु ठिक हुँदैन । बैठकले निष्कर्ष दिनसक्ने गरी तयारी गर्नुपर्छ अनि मात्रै सिरियामा द्वन्द्वरत पक्षबीचको शान्ति वार्ता खास अर्थमा निष्कर्षमा पु¥याउन सकिनेछ । विभिन्न १७ देशका कुटनीतिज्ञ सम्मिलित अस्ट्रियाको भियनामा भएका दुई बैठकले सिरियामा जारी करिब पाँच वर्ष लामो युद्धलाई वार्ताका माध्यमद्वारा अन्त्य गर्ने सहमति भएको थियो । उक्त बैठकले द्वन्द्वरत पक्षलाई शान्ति वार्तामा बसाल्न दिशानिर्देश गर्ने पूर्वतयारी गरेको थियो । बैठकमा सिरिया युद्ध अन्त्य गर्नसक्ने प्रमुख जिम्मेवार मानिएका राष्ट्रहरु रसिया, अमेरिका, इरान र साउदी अरब लगायतका कूटनीतिज्ञहरुको सहभागिता थियो । सिरियामा जारी द्वन्द्वका कारण अहिलेसम्म दुई लाख ५० हजार मानिसले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । त्यस्तै सिरियाको द्वन्द्व युरोपमा शरणार्थी समस्या पैदा गर्नुमा प्रमुख कारण मानिँदै आएको छ । नोभेम्बर १४ मा बैठकमा संलग्न राष्ट्रहरुका प्रतिनिधिले सिरियाको राजनीतिक सङ्कटलाई आगामी छ महिनामा समाधान गरी १८ महिनाभित्र निर्वाचन गर्ने कुरामा सहमति जनाएका थिए । पश्चिमा राष्ट्रहरुको असादको सत्ता वहिर्गमनबारे सर्त खासगरी रसिया र इरानले नकार्दे आएका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending