Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नेपालबारे भारतको राज्य सभामा उठेका प्रश्नको जवाफ दिदै विदेश मन्त्री स्वराजले के के भनिन् ?

\"Sushma-Swaraj10\"काठमाडौं । भारतीय विदेश मन्त्री सष्मा स्वराजले नेपालमा बनेको संविधानले मधेसी समूदायको अधिकार खोसेको भन्दै मधेस आन्दोलनको सर्मथन गरेकी छन् ।

भारतको राज्यसभामा नेपालबारे चलेको छलफलमा उठेका प्रश्नको जवाफ दिदै विदेशमन्त्री स्वराजले मधेस आन्दोलनको खुलेर समर्थन गरेकी हुन् ।

उनले भनिन् ‘अहिले बनेको संबिधानले मधेसी समूदायको अधिकार खोस्यो, भारतीय मलिा विबाहा गरेर गए अंगिकृत नागरिकता दिने व्यबस्था खारेज गरियो जसले गर्दा मधेसी मसूदाय आन्दोलन गर्न बाध्य भए ।’

जबकी नेपालको संविधानको भाग दुई अन्र्तगत धारा १० को उपधारा ६ मा नेपाली नागरिसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगिकृत नागरिकता लिन सक्नेछ भन्ने स्पष्ट व्यवस्था छ ।

सांसदहरुलाई तथ्यविहिन भाषण गरेको आरोप लगाएकी स्वराजले नेपालको संविधानमा भएको व्यबस्था पनि नभएको भनेर धावा बोल्न पछि परिनन् ।

त्यती मात्रै होइन उनले नेपालको संविधान छलफल विना नै अकस्मात पारित गरिएको आरोप पनि लगाइन् ।

हिन्दु राज्य बारे गलत प्रचार गरियो

हिन्दु राज्य स्थापना गर्न भारतले चाहेको भन्ने आरोप नेपालीले लगाएको भन्दै उनले त्यसको खण्डन पनि गरिन् । उनले भनिन् ‘स्वयम भारतका प्रधानमन्त्री नेपाल गएर नेपाल एक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य भएको बताइसक्दा पनि भारतले हिन्दु राज्य बनाउन चाहेको भनेर गलत प्रचारबाजी नेपालमा भएको छ ।’

औषधिको विवरण नदिएको दावी

राज्यसभालाई सम्बोधन गर्दै स्वराजले कति औषधी चाहियो सूची देउ एयर लिफ्टिङ गरेर भएपनि पठाउछु भन्दा नेपालले अझै नदिएको दाबी समेत गरिन् । उनले भनिन ‘हामी औषधि पठाउन चाहान्छौ, औषधिका ट्रक जल्दा समेत हामीले विरोध नगरी नेपाल सामान पठाइरहेका छौ, नेपालमा भएको आन्दोलनले सीमा पार हुन नसकेको हो ।’

आन्दोलनले गर्दा पठाएको सामान पनि नेपाल नगएको गलत दावी

जवकी नेपालको बीरगन्ज भन्सार नाका मात्रै आन्दोलनका कारण ठप्प छ । अन्यत्र भने बन्दको प्रभाव अत्यन्तै कम छ । पूर्वी नाका काँकडभिट्टा र मोरङको रानी भन्सार कार्यालय र पुदुर पश्चिमको कैलाली भन्सार कार्यालयमा बन्दको प्रभाव नै छैन । स्वराजले सांसदहरुले तथ्यविहिन भाषण गरेको आरोप लागइरहदा केहीबेर राज्यसभामा चर्काचर्की समेत भएको थियो । नेपालको स्वायत्तताको सम्मान गर्छौ

सम्बोधनको अन्त्यतिर स्वराजले नेपाल सार्बभौम र स्वायत देश हो भन्ने स्वीकार गर्दै भनिन् ‘हामी नेपालको स्वायक्तताको सम्मान गर्छौ । ‘हामीले नेपाल माथि हस्तक्षेप गरेका छैनौ, असल छिमेकिको नाताले भारतको सीमा क्षेत्रमा भएको आन्दोलन सम्बोधन गर्न आग्रह गरिरहेका छौ स्वराजले भनिन् । ’

‘इश्वरले चाहे नाकाबन्दी खुल्छ’

सम्बोधनको अन्त्यमा स्वराजले इश्वरले चाँहे पाँच सात दिनमा नाकाबन्दी खुल्ने बताइन् । नेपालका परराष्ट्रमन्त्रीलाई पनि समस्या समाधान गर्न सुझाब दिएको र आइतबार मधेसी मोर्चाका नेतालाई पनि वार्ताबाट निकास निकाल्न आग्रह गरेको भन्दै उनले इश्वरले चाहे नाकाबन्दी खुल्ने बताएकी हुन् । मधेसी मोर्चाका नेताहरुलाई वार्तामा बसेर निकास खोज्न र वार्ताबाट निकास निकाल्न सुझाव दिएको पनि स्वराजले बताइन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: