Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

इन्धन ल्याएको भन्दै युवकमाथि गोली प्रहार

\"goli-hanahan\"काठमाडाैं । भारतबाट मोटरसाइकलमा इन्धन बोकेर ल्याउँदै गरेका एक व्यक्तिमाथि नवलपरासीको पाल्ही गाउँ विकास समिति–७ ब्रहमपुरवाँमा सोमबार बिहान गोली प्रहार भएको छ । सीमानाकामा भएको गोली प्रहारबाट भारतको बर्गदवा थाना अन्तर्गत पर्ने पिपरहवा पञ्चायतका २८ वर्षीय सन्दीप रौनियार घाइते भएका छन् । गोली लागेर घाइते रौनियार भारततर्फ लागेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट भूमिगत समूह राजन प्रताप अध्यक्ष लेखिएको मधेसी मुक्ति टाइगर्स तराई को पर्चा फेला परेको छ । घटनास्थल भारतको बर्गदवा बजारदेखि करिब २ किमीको दुरीमा छ । स्थानीयका अनुसार एक सय लिटर डिजेल लिएर आउँदै गरेका रौनियारसँग केही व्यक्तिले मागेको रकम नदिँदा उनलाई गोली हानिएको हो । उनीमाथि दुईवटा गोली प्रहार भएको छ । घाइते रौनियारको पाखुरा र छातीमा गोली लागेको छ । उनलाई निचलौलमा उपचार हुन नसकेपछि गोरखपुर मेडिकल कलेजमा पठाइएको बर्गदवाका पत्रकारहरुले जानकारी दिए । नाकाबन्दीपछि रौनियारले भारतबाट इन्धन ल्याएर बिक्री गर्दै आएका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान भइरहेको बताएको छ । प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार गोली प्रहार भएको  भन्ने खबर आएपनि पुष्टि हुन सकेको छैन । घाइते भारत गएकाले सोबारे अनुसन्धान भइरहेको रानाभाटले बताए । यसअघि पनि घटनास्थल नजिक रहेको सनई गाउँमा एक हप्ताअघि इन्धनको विषयमा विवाद हुँदा एक यूवकमाथि पेट्रोल छर्केर जिउँदै जलाउने प्रयास गरिएको थियो । सो घटनामा तीनजना माथि प्रहरी अनुसन्धान भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: