Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

राष्ट्रपति ओबामाको भनाई : आतङ्कवादसँग अमेरिकीहरु डराउदैनन्

\"obama-pointing-Getty-640x480\" एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिक कुनैपनि आतङ्कवादीहरुको धम्कीदेखि नडराउने बताएका छन् । उनको नियमित रेडियो सम्बोधनका क्रममा आइतबार उनले भने, – हामी अमेरिकी नागरिकहरु जस्तोसुकै आतङ्कवादीहरुको धम्कीबाट आतङ्कित हुदैनौ । गत हप्तामात्र अमेरिकाको क्यालिफोर्नियामा भएको हत्याकाण्डमा १४ जनाको ज्यान गएको थियो । त्यसमा अरु १५ जना नराम्ररी घाइते भएका थिए । सो हत्याकाण्डपछि राष्ट्रपति ओबामाले पहिलो पटक सम्बोधन गरेको हो । उनले त्यस घटनामा आतङ्कवादीहरुको सम्लग्नताको कुरा उठाइएकोप्रति गम्भीर रुपमा चासो व्यक्त गरेका थिए । उनले भने – त्यस हत्याकाण्डमा आतङ्कवादीको सम्लग्नताको कुरा उठाएर कुनै एक आतङ्कवादी समूहले त्यसको प्रशंसा गरेको थियो तर त्यसले हामीलाई आतङ्कवादी हमला हुने भनी आतङ्कित पार्न सक्दैन । उनले इस्लामिक स्टेट, आइएसको नामै नलिई सो धारणा राखेका हुन् । आइएसले सो हमलामा आफ्नो हात रहेको दाबी सीधै नगरेपनि त्यस हमलामा सम्लग्न महिलाको प्रसंशा गरेको थियो । त्यसमा उनीहरुको सम्लग्नता नरहेको प्रतिवेदन अमेरिकी गुप्तचर निकायले हालै सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा उक्त हमला नितान्त पारिवारिक रहेको भनी टिप्पणी गरिएको छ । यदि सो हमला आतङ्कवादीले नै गरेको हो भने सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको अल कायदाको हमलापछिको पहिलो यस्तो आतङ्ककारी हमला भएको बताइएको छ । साथै राष्ट्रपति ओबामाले आइतबारै अबेरतिर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले हालैका दिनमा फ्रान्सको पेरिसमा भएको हमलापछिको अवस्थालाई अमेरिकाले कसरी लिएको छ भन्ने बारेमा स्पष्ट गर्ने बताइएको छ । ह्वाइटहाउसका अधिकारीहरुले राष्ट्रपति ओबामाले युरोपमा एक किसीमको त्रास नै मच्चिइरहेको पछिल्लो आतङ्कवादी हमलाको विषयमा अमेरिकी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने बारेमा सम्बोधन गर्ने बताएका छन् । अमेरिकामा पनि आतङ्कवादी हमलाका विभिन्न हल्ला चलेका छन् । तर त्यहाँको गुप्तचर निकायले यस्तो सम्भावना नरहेको बताउदै आएको छ । पेरिस हमलापछि युरोप र अमेरिकामा पनि असुरक्षाको हल्ला चलिरहेकोले त्यसका विरुद्धमा अमेरिकाले कसरी तयारी गरिरहेको छ भन्ने बारेको जानकारी पनि उनको सम्बोधनमा आउने अधिकारीहरुको भनाई छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending