Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

महिलाको योनी छेदन गर्ने अनौठो परम्परा

\"749087522_1448946091\"एजेन्सी । संसारमा विभिन्न प्रकारमा परम्पराहरु छन् । कतिपय संस्कारहरुले महिलामाथि विभिन्न किसीमका  हिंसा समेत थोपरेका छन् । कतै सामाजिक विकृतिले महिला हिंसालाई बढावा दिएको छ भने कतै संस्कार संस्कृतिको नाममा महिला हिँसालाई प्रश्रय दिइरहेको छ । यस्तै अफ्रिकी मुलुकमा महिलालाई दिने एकप्रकारको क्रुर हिंसाको पर्दाफास भएको छ । महिलाको योनी काटेर फाल्ने यस प्रकारको हिँसा प्राय अफ्रिकी मुलुकहरुमा कायम रहेको ।अफ्रिकी मुलुकमा प्रचलित महिलाको योनी छेदन गर्ने परम्पराको चौतर्फी विरोध हुन थालेपछि अहिले केही अफ्रिकी देशले यसलाई प्रतिबन्ध लगाउने कार्यलाई अगाडि बढाएका छन् । अफ्रिकाका २७ देशमा अहिलेपनि महिलाको योनी छेदन Female genital mutilation गर्ने परम्परा रहेको छ । यो परम्परा लैङ्गिक हिंसाको चरम रुप हो जसले महिलाको यौनिकतालाई नियन्त्रण गर्न खोजेको भन्दै अधिकारकर्मीले बिरोघ गर्दै आएका छन् । विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २००८ मा योनी छेदन अन्त्य गर्न प्रस्ताव पनि पास गरेको छ । बेलायतबाट प्रकाशित हुने द गार्जियन पत्रिकाले पनि क्यामपेन पिटिसन वेवसाइट र चेन्ज डट ओ आर जी मार्फत अफ्रीकी मुलुकमा योनी छेदन अन्त्य गर्न २०१४ देखि बृहत अभियान सुरु गरेको थियो । पछिल्लो समयमा नाइजेरीयालगायत १८ वटा अफ्रिकी देशहले महिला हिसांविरुद्धको यस्तो चरम विभेदपुर्ण चलनको अन्त्य गरेको छन् । अहिले गाम्बियाले पनि योनी छेदनलाई अन्त्य गर्ने प्रतिबद्धता गरेको छ । गाम्बियाका राष्ट्रपति यह्या जेम्मेहले महिला हिंसाविरुद्धको अन्तर्रष्ट्रिय दिवस नोभेम्बर २५ को पुर्वसन्ध्यामा दक्षिण अफ्रिकाका दुई तिहाइ महिलालाइ असर गर्ने यहाँको महिला हिसांविरुद्धको पुरानो परम्परा अर्थात महिलाको योनी छेदन गर्ने परम्परालाई अन्त्य गरेको घोषणा गरेका छन् । द गार्जियनले योनी छेदन अन्त्य गर्न आयोजना गरेको अभियानकै क्रममा गाम्बियाले यस्तो निर्णय सार्वजनिक गरेको हो। राष्ट्रपति यह्या जेम्मेहले यसबारे कानुन बन्न समय लाग्ने भए तापनि यस्को पालना तुरुन्त नै हुने जानकारी दिएका छन् । अफ्रिका र मध्यपुर्वका १३ करोड महिलाको योनी छेदन गर्ने परम्पराबाट पीडित भएको तथ्याङ्कले देखाएको छ । गाम्बियामामात्रै ७६ प्रतिशत महिला योनी छेदनबाट प्रभावित छन् । १४ वर्षको उमेरसम्ममा करीब ५६ प्रतिशत बालिकाको योनी छेदन हुने गरेको बताइएको छ । अफ्रीकी मुलुक सोमालिया संसारमै सबै भन्दा बढी महिलाको योनी छेदन गर्ने देशमा पर्दछ । सोमालियाका महिला मामिला मन्त्रालयका प्रवक्ताले यसलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । हाल सोमालियामा ९८ प्रतिशत महिलाको ४ देखी ११ वर्षकै सानो उमेरमा योनी छेदन गर्ने गरिन्छ । महिलाको योनीको बाहिरी भागलाइ पुर्ण वा अर्ध रुपमा काटेर फाल्नुलाइ योनी छेदन (Female genital mutilation) भन्ने बुझिन्छ, जसले गर्दा महिलामा अत्यधिक पीडा र रक्तस्राब हुनुका साथै गर्भधारणमा पनि कठिनाइ हुनेगर्दछ । योनी छेदन महिलाको मानव अधिकारको ठुलो उल्लङ्घन भएको भन्दै यो प्रचलनको अफ्रीकीमुलुक भित्रै व्यापक बिरोध हुँदै आएको थियो । साभार–महिला खबर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies