Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सेक्स सम्वन्धी नयाँ रहस्य सार्वजनिक

\"10dec_bhatt_1एजेन्सी । अनुसन्धानकर्ताहरुले सेक्स सम्बन्धि नयाँ तथ्य सार्वजनिक गरेका छन् । ड्युरेक्स फेस अफ ग्लोबल सेक्सका पदाधिकारीहरुले गरेको सर्वेक्षणका अनुसार केही अविश्वसनिय र विचित्र तथ्य पत्ता लागेको छ ।   कुन देशका महिला÷पुरुषले कुन उमेरमा पुग्दा आफ्नो कुमारित्व भंग गर्छन् ?  वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन् ?  यौन जीवनवाट कति सन्तुष्ट छन् जस्ता यौन जिज्ञासाहरु सर्वेक्षणका क्रममा पत्ता लागेका छन् । अनुन्धानमा २६ देशका २७ हजार भन्दा वढीको सहभागिता रहेकोथियो । सर्वेक्षणका अनुसार ब्राजिलका युवायुवती अन्य देशको तुलनामा सवैभन्दा पहिला आफ्नो कौमार्य गुमाउने गरेको देखिएको छ। उक्त देशमा सेक्स गर्ने युवा युवतीको औसत उमेर करिव १७ वर्ष पाइएको छ । यस्तै अष्ट्रेलिया, अमेरिका, फ्रान्स र व्रिटेनका युवायुवतीले औसत १८ वर्षको उमेरमा आफ्नो कौमार्य भंग गर्ने पाइएको छ । मेक्सिको, दक्षिण अफ्रिका, इटली, स्पेनका युवायुवतीले १९ वर्षमा र सिंगापुर, भारत, जापानका युवायुवतीले २० देखि २२ वर्षको उमेरमा पहिलो सम्वन्ध राख्ने गरेका सर्वेक्षणमा उल्लेख छ । युरोपियन मुलुकको तुलनामा एशियाली महिलाको सेक्स पार्टनर कम हुने गरेको छ । दक्षिण अफ्रिका, इटली, फ्रान्स र स्पेनका महिलाहरुले आफ्ना जीवनकालमा ४ देखि ७ जनासँग यौन सम्वन्ध स्थापित गर्ने पाइएको छ । जर्मनमा यो संख्या १० र व्रिटेनमा ११ छ । अष्ट्रेलियामा एक महिलाको औसत १२ जना सेक्स पार्टनर हुने गरेको छ । ब्राजिलमा यो संख्या १३ र मेक्सिकोमा १४ सम्म हुने गरेको तथ्य वाहिर आएको छ । यस्तै पुरुषको सन्दर्भमा भारतका एक पुरुषले आफ्ना जीवनालमा औसत १ देखि ६ जनासम्म महिलासँग यौन सम्वन्ध राख्छन् । यस्तै, मेक्सिकोका पुरुषले ६ देखि ११ जनासम्म यस्तो सम्वन्ध वनाउने गरेका छन् । सिंगापुरमा यो संख्या ८ देखि १२ सम्म र अमेरिकामा औसत १३ जनासम्म छ । जापानका पुरुषले १४ र व्रिटेनका पुरुषले १५ जनासम्म यौन सम्वन्ध राख्ने पाइन्छ । जर्मनमा एक पुरुषको १६ जना सेक्स पार्टनर हुन सक्छन् भने फ्रान्समा १२ र दक्षिण अफ्रिकामा १८ जना हुने गरेको छ । इटलीमा एक पुरुषले १९ जनासम्म यौन सम्वन्ध राख्ने पाइएको छ भने स्पेनमा यो संख्या २० देखिएको छ । अष्ट्रेलियाका पुरुषले २१ देखि २५ जनासम्म सेक्स पार्टनर राख्ने गरेका छन् । ब्राजिलमा एक पुरुषले २२ देखि २७ जनासम्म यौन सम्वन्ध राख्ने गरेका छन् । कुन देशका नागरिकले एक वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन् होला ? यस सम्वन्धमा पनि सोधपुछ गरिएको थियो । जस अन्र्तगत ब्राजिलका नागरिकले एक वर्षमा औसत १ सय ४५ पटक यौन सम्वन्ध राख्छन् । भारतकाले औसत १ सय ३० र मेक्सिका नागरिकले १ सय २३ पटक यौन सम्वन्ध राख्ने गरेको पाइएको छ । फ्रान्स र दक्षिण अफ्रिकाका नागरिकले वर्षमा औसत १ सय २० पटक यौन सम्वन्ध राख्ने गरेका छन् भने स्पेनमा यो संख्या १ सय १८ र जर्मनमा १ सय १७ छ । यस्तै, अष्ट्रेलियाका नागरिकले वर्षमा औसत १ सय ५ पटक र ब्रिटेनमा ९५ पटक यौन सम्वन्ध राख्ने वताइएको छ । सिंगारपुर र अमेरिकामा यो संख्या क्रमस ८५ छ भने जापनमा ४८ पटक राख्ने गरिएको छ । सर्वेले यो तथ्य पनि उजागर गरेको छ कि, कुन देशको नागरिकले संभोगका लागि कति समय लिन्छन् । यो गणना मिनेटमा गरिएको छ । यसमा सवैभन्दा छरितो भारतियहरु देखिएको छ । उनीहरुले सम्भोगका क्रममा औसत १३ मिनेट २ सेकेन्ड समय लिने गरेका छन् । फ्रान्सका नागरिकले १४ मिनेट ६ सेकेन्ड र सिंगापुरका नागरिकले १५ मिनेट लिने गरेका छ । यस्तै स्पेनकाले १५ मिनेट, जापनका र व्रिटेनकाले १६ मिनेट संभोगका लागि खर्चने देखिएको छ । अष्ट्रेलियाका नागरिकले औसत १७ मिनेट लगाउने गरेका छन् । यस कामका लागि जर्मन, अमेरिका नागरिकले १७ मिनेट लगाउने गरेका छन् । यस्तै, दक्षिण अफ्रिका, इटली, ब्राजिल र मेक्सिकोका नागरिकले औसत २० देखि २२ मिनेट लगाउ“छन् । यौन सम्वन्धवाट उनीहरु कति सन्तुष्ट होलान् ? जवाफ मिश्रित देखियो । यस सन्दर्भमा मेक्सिकोका नागरिक सवैभन्दा अगाडि छन् । उक्त मुलुकका ८३ प्रतिशत नागरिक आफ्ना यौन जीवनवाट सन्तुष्ट रहेको पाइयो । यस्तै दक्षिण अफ्रिकाका ५० प्रतिशत र अमेरिककाका ४८ प्रतिशतले यौन सन्तुष्टि लिएको वताए । भारतमा यौन जीवनवाट सन्तुष्ट प्राप्त गर्नेको संख्या ६१ प्रतिशत छ । स्पेनमा ४९, अष्ट्रेलियामा ४२ र ब्रिटेनमा ४० प्रतिशतले यौनवाट सन्तुष्टि लिएको वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending