Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

भूपू कमरेड बाबुराम भट्टराईलाई चिठ्ठी

\"rajuभुपू कमरेड बाबुराम भट्टराई नमस्कार, लाल सलाम, जय नेपाल   खै के भनेर सम्बोधन गर्ने । माफ गर्नुहोला । तपाईको एउटा कार्यकर्ता अलमलमा प¥यो आज । तपाईलाई भन्नुपर्ने धेरै कुराहरु थिए । ती कुराहरु तपाई समक्ष राख्न नपाउँदै तपाई टाढा जानु भयो । टाढा यस अर्थ की अब असम्भव छ तपाईलाई भेट्न हामी जस्ता कार्यकर्ताले ।   आजपनि म सम्झिन्छु ती दिनहरु । जुनदिन मेरो किसान बुवाले कतैबाट भेटेर ल्याउनु भएछ तपाईको श्यामस्वेत फोटो । उहाँले जतन गरी राख्नु भयो आफ्नो सिरानीमा ।  दिनभरी हलो जोतेर बेलुकी घर आउँनुहुन्थ्यो । तपाईको फोटो हुर्नु हुन्थ्यो एक पटक । अनि लामो सास फेर्नु हुन्थ्यो ।   एक दिन मैले ‘को मान्छेको फोटो हो बा’ भनेर सोधें । उहाँले हामी जस्तै गरीव मान्छेको लागि जीवन मरणको बाटोमा हिडेको एक जना नेताको फोटो हो भन्नु भयो ।   एकदिन म पढ्ने  स्कुलको भित्तामा ‘माओवादी जिन्दावाद’ भन्ने नारा लेखिएको देखेँ । बेलुकी घरमा आएर बुवालाई सोधें । त्यो नारा यही फोटोको मान्छेहरुले लेखेको हो भन्नु भयो । अर्को दिन राती घरको पिँडीमा केही मान्छेहरु गुनगुन कुरा गरेको सुनें । नियालेर हेरेँ । झोला बोकेका केही मान्छेहरु बुवासँग कुरा गर्दै रहेछन् । विस्तारै नजिकै गएर कुरा सुने । एक जनाले बुवालाई भनेको शव्द आजपनि मेरो कानमा गुन्जिन्छ । त्यो झोला बोकेको मान्छेले भनेका थिए । “काका,  यो देशमा ९५ प्रतिशत गरीवहरु छन् । ५ प्रतिशत धनी सामन्तहरु छन् । त्यो ५ प्रतिशतले ९५ प्रतिशत गरीवहरुमाथि शासन गरीरहेका छन् । हामी त्यही ९५ प्रतिशत गरीवका लागि राज्य सत्ता ल्याउन बन्दुक बोकेर हिडेका हौं ।”  
मसाल जुलुसमा हिड्न मन लाग्यो । राती राती सामन्तको घरको भित्तामा नारा लेख्दै हिड्न लाग्यो । र गरियो त्यस्तै त्यस्तै।  
बस् मैले यति बुँझे तपाईले सुरुगरेको जनयुद्धको बारेमा । त्यसपछि पढ्न मन लागेन । मसाल जुलुसमा हिड्न मन लाग्यो । राती राती सामन्तको घरको भित्तामा नारा लेख्दै हिड्न लाग्यो । र गरियो त्यस्तै त्यस्तै। अन्ततः सात कक्षाको अर्ध वार्षिक परीक्षा दिएर  १४ वर्षको उमेरमा तपाईले सुरु गरेको जनयुद्धमा होमिएँ ।   प्रिय बाबुराम भट्टराई यो वास्तविकता मैले रहरले तपाईलाई सुनाएको होइन । म जस्तै हजारौं लाखौं मान्छेहरु यस्तै यस्तै अवस्थाबाट युद्धमा होमिएका हुन् । आधाउधी सात कक्षा पढेको मैले तपाईका प्रायः कितावहरु जानी नजानी पढेँ । जति बुझेँ त्यसैको आधारमा लडाई लडेँ ।  
यस्तो लाग्यो कहिले काँही, तपाईं र प्रचण्डलाई भेटेर एक पटक मर्न पाए हुन्थ्यो ।  
यस्तो लाग्यो कहिले काँही, तपाईं र प्रचण्डलाई भेटेर एक पटक मर्न पाए हुन्थ्यो । लडाईंमा जाँदै गर्दा हामी कुरा गथ्र्याैं । हामी मध्ये कोही न कोही त पक्कै शहीद हुन्छौं । जो बाँच्छ उसले पछि प्रचण्ड बाबुरामलाई भेटेर हाम्रो नामसम्म सुनाईदिनु है ।  ती साथीहरु कयौं उतै युद्धभूमिमै छाडिए । बाँचेकाहरु पनि प्राय आज  खाडीमा छन् ।   त्यसबेला हामी तपाईका कितावहरु झोला भरी भरी बोकेर हिड्थ्यौं ।  नौलो विहानी, जनादेश, जस्ता पत्रिकाहरुमा छापिएको तपाईको लेख हामी आफ्नो बच्चालाई भन्दा धेरै माया गरेर बोक्थ्यौं । कयौं बस्तिहरु त्यस्तापछि छन् अझै, तपाईको लेख भएको पत्रिका भेटिएकै कारण जेल बसे । कति त मारिए पनि ।   जब तपाई र प्रचण्डबीच भएको तितो बहस हामीसम्म आइपुग्यो । हामी गम्भिर भयौं तर विचलित भएनौं । किनकी हामी तपाईका विचारहरु बढेर अन्तरसंघर्ष र वर्गसंघर्षको सामान्य नियम बुझ्ने भइसकेका थियौं ।   शान्तिप्रकृयाको यात्रापछि तपाई अर्थ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म बन्नु भयो । तपाई प्रधानमन्त्री भएको बेला एक पटक बालुवाटार पुगेको थिएँ । चार पाँच जनाले तपाई समक्ष कुरा राखे । जस मध्ये एक जना  मपनि थिएँ । तपाईको ४५ मिनेटको भाषणमा मेरो कुरा सुनुवाइ नै भएन । मैले जनकलाकार प्रतिष्ठान बनाउने कुरा गरेको थिएँ । पछि मैले कुरा बुँझेँ । मैले त टाई र सुट लगाएको रहेनछु । अरुसबै जना टाइसुटमा थिए । तपाई कहाँ भेट्न आउँदा सुट सिलाउने पैसा थिएन मसँग ।   प्रिय बाबुराम भट्टराई अन्ततः तपाई हामीलाई मर्न र मार्न सिकाउने मान्छे आफै पो पार्टी छाडेर निस्कनु भयो । तपाईले सिकाउनु भएको दर्शन हाम्रो सानो दिमागले अझै भूलेको छैन । तपाई भन्नु हुन्थ्यो, दुनियाँमा दुई थरी दर्शन हुन्छ । भौतिकवाद र अध्यात्मवाद । आज तपाई कुन वादको पछि लाग्नु भएको हो हामी अचम्मितमा परेका छौं र विस्तारै तपाईप्रतिको भ्रम मेट्दैछौं ।
तपाईलाई बाबुराम भट्टराई  बनाउन १५ हजार म जस्तै अनपढ मान्छेहरुको रगत बगेको छ । म जस्तै आधा पढेका लाखौं मान्छेहरुको सपनाको एक एक अंश तपाईको व्यक्तित्वमा परेको छ ।  
तपाईले छिट्टै भुल्नु भएछ । तपाईलाई बाबुराम भट्टराई  बनाउन १५ हजार म जस्तै अनपढ मान्छेहरुको रगत बगेको छ । म जस्तै आधा पढेका लाखौं मान्छेहरुको सपनाको एक एक अंश तपाईको व्यक्तित्वमा परेको छ । बस्तु विकास र बिनासको द्वन्द्ववादी नियम तपाईले नै सिकाउनु भएको हो । आन्तरिक तत्व तपाईमा थियो भने, वाह्य तत्व हामी विना तपाई पटक्कै आजको बाबुराम भट्टराई बन्न सक्नु हुन्थेन । तपाईलाई प्रधानमन्त्रीको कुर्चिमा चढाएको सहरका सौखिम मान्छेहरुले होइन । म जस्तै अनपढहरुले हो । तपाईलाई हेक्का हुनुपर्छ । जब तपाई प्यारी छोरी र श्रीमती च्यापेर इन्डियन रेलमा सफर गर्दै हुनुहुन्थ्यो त्यसबेला हामी मृत्युसँग लुकामारी खेल्दै थियौं । हजारौं आमाहरु रुवाएर छोराछोरीलाई जनसेनामा भर्ति गर्दै थियौं । तपाईको प्रिय छोरी मानुसी स्कुल ब्याग बोकेर इन्डियन स्कुलमा छुनुमुनु गर्दै जानेबेला हामी स्कुल ब्यागमा बारुद बोकेर हिड्दै थियौं । प्रिय बाबुराम भट्टराई छाडिदिउँ यी भावनात्मक कुराहरु । आज सुन्छु तपाई सहरका वुद्धिजीवीहरु भेला पारेर नयाँ शक्ति नामको खिचडी बनाउँदै हुनुहुन्छ रे । नयाँ कामको सुभारम्भका लागि तपाईलाई  शुभकामना दिन बाहेक अरु के नै दिन सक्छु र म । सुन्दैछु, तपाईकी छोरी मानुसी पीएचडी गर्न भारत गएकी छिन् रे। उनलाई पनि शुभकामना । खाँचो छ यो देशमा अझै धेरै तपाईँजस्तै डाक्टरहरुको । हामी अनपढ नै सही । हामी पनि पीएचडी गरौंला जीवनशास्त्रको ।
तपाईको प्रिय छोरी मानुसी स्कुल ब्याग बोकेर इन्डियन स्कुलमा छुनुमुनु गर्दै जानेबेला हामी स्कुल ब्यागमा बारुद बोकेर हिड्दै थियौं ।
अब तपाईको घरमा बनाउन लगाउँनुस् कीर्तिपुरका नेवारहरुलाई ठूलो कम्पाउण्ड । सैन्य दलबल राख्नुस् वरीपरी । किनकी सडक खन्दै आइपुगेका धादिङका तामाङहरुको पसिनाको नमिठो गन्ध तपाईको महलसम्म आइपुग्न सक्छ । कोठाबाट निकाल्नुस् माक्र्सको फोटो र टाँस्नुस् रामदेवको फोटो । अनि गेटमा लेखिएको नारा मेटेर लेख्नुहोस् ‘संसारका पुँजीपतिहरु एक होऔं’ । उही तपाईको कुनै बेलाको कार्यकर्ता
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies