Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फेसबुकले किन हटायो नाकाबन्दीबारेको यो लेख ?

काठमाडाैं ।  भारतले नेपालाई दुई महिनाभन्दा बढी समयदेखि नाकाबन्दी गरेर संकट उत्पन्न गरिरहेको छ । भारतले नेपालको संविधानप्रति असन्तुष्टी जनाउँदै नाकाबन्दी गरेपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा नै यसको विरोधहरु भइरहेका छन् । भारतले गरेको नाकाबन्दी नेपालजस्तो भूपरिवेष्ठित मुलुकले पाउने अधिकारमाथिको आक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय जगतले छिमेकी मुलुकबाट पारवहन अधिकार रोक्न नहुने भनी ब्यापाक आलोचनाहरु भएका छन् । भारतले गरेको नाकाबन्दीको विषयलाई लिएर विशाल अरोराले R.I.P., India’s Influence in Nepal शीर्षकमा दी डिप्लोम्याटमा लेख लेखे । नेपालमा गरिएको नाकाबन्दी कुटनीतिक आत्महत्याको कदम भएको अरोराले टिप्पणी गरेका छन् । भारतले नेपाल–भारत सीमामा लगाएको नाकाबन्दीलाई नयाँ दिल्लीले आफ्नो बहादुरी ठानेको लेखकको बुझाई छ । भारतले गरेको नाकाबन्दीलाई नेपालमा वैशाख १२ को विनाशकारी भूकम्पपछि अर्को विपत्तिका रुपमा लिइएको छ । नाकाबन्दीले इन्धन संकट मात्र नभई औषधि तथा भूकम्पका राहत सामग्रीहरुको समेत आपूर्ति हुन सकिरहेको छैन । [caption id=\"attachment_48002\" align=\"alignleft\" width=\"300\"]\"Vishal Vishal Arora[/caption] अरोराले लेखेको यो लेखलाई कतिपय नेपाली न्यूज पोर्टलहरुले भावानुवाद गरेर प्रकाशन पनि गरे । तर उनको लेखलाई सामाजिक सञ्जाल फेसबुकलाई शेयर गर्न रोक लगाएको छ । फेसबुकमा शेयर गरिएको यो लेख फेसबुक प्रशासनले हटाइदिएको छ । वास्तवमा यो भारतले गरेको नाकाबन्दी र यसले नेपालमा पारेको प्रभावका बारेमा अरोराको निजी विचार हो । जुन विचारले वास्तविकतालाई पनि केलाउने काम गरेको छ । तर नेपालमा नाकाबन्दी गरेर भारतले दिएको कष्टको बारेमा लेखिएको लेखलाई समाजिक सञ्जाल फेसबुकमा अटाउनै नसक्ने कुरा के थियो । आखिरमा फेसबुक नेपाली नागरिकको पनि मन मुटुमा बसिसकेको सामाजिक सञ्जाल हो । यसले अरोरालाई मात्र होइन, फेसबुक प्रयोगकर्ता नेपालीहरुको मन समेत दुखाएको छ । अरोरा लेख्छन्– नयाँ दिल्लीले नेपालका मधेसी कार्यकर्ताहरुले संघीय सिमांकन तथा संसद र सरकारी निकायहरुमा प्रतिनिधित्वका सन्दर्भमा नयाँ संविधानमा भएको व्यवस्थाप्रति असन्तुष्ट भएर गरेको उग्र प्रदर्शनलाई आपूर्ति अवरोधको कारणका रुपमा अघि सार्दै आएको छ । नेपालको दक्षिणी क्षेत्रमा रहेमा मधेसी नागरिकहरु बस्छन् जो भारतीय मूलका हुन् र उनीहरुमध्ये धेरैका आफन्त र साथीहरु भारतको सीमाभित्र छन् । चुहावट भएको एउटा दस्तावेज अनुसार नयाँ दिल्लीले काठमाडौंलाई नेपालको संविधानमा मधेसी जनताका चासोहरु सम्वोधन गर्न भनेको थियो । तर, नेपालका नीति निर्माताहरुलाई यसलाई लत्याए र ‘ठुल्दाई’ को अनुशासनमा आफूहरु नबस्ने संकेत दिए । नाकाबन्दीले गर्दा मधेसबाहेक सम्पूर्ण नेपालभरी भारतविरोधी भावना उच्चरुपमा फैलिएको छ । भारतप्रतिको बढ्दो घृणा कुनै सामाजिक विषयवस्तु मात्र नभएर राजनीतिक वास्तविकता पनि बनिरहेको छ । नाकाबन्दीभन्दा अगाडि नेपालका दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले भारतीय हितप्रति सहानुभूतिशील रहेको विश्वास गरिन्थ्यो । अहिलेको संविधानसभामा ६०१ सिटमध्ये यी दुई पार्टीको हिस्सा ३७१ सिट रहेको छ । आज यी दुवै शक्ति भारतको मित्रका रुपमा गणना गरिदैनन् । तेस्रो शक्तिका रुपमा रहेको एकीकृत नेपाल कम्प्युनिस्ट पार्टी माओवादी, जसको संसदमा ८० सीट छ, विगतदेखि नै भारतको समर्थक होइन । यस्तै संसदमा २४ सीट रहेको हिन्दूवादी दक्षिणपन्थी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जसले भारतको सत्ताधारी भारतीय जनता पार्टीको रुची अनुकुल नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनस्र्था्पित गर्नुपर्ने असफल माग राखेको थियो, ले समेत नाकाबन्दीपछि नयाँ दिल्लीको सार्वजनिक रुपमा आलोचना गर्दै आएको छ । गणित सरल छ । ६०१ सांसदमध्ये कम्तिमा ४७५ सांसदहरु एउटा ह्यासट्यागमा सहमत छन्, जुन उनीहरुको देशमा ट्रेन्ड भएको छ, ब्याकअफइन्डिया । नयाँ दिल्लीले नेपालमा लामो समयदेखि हस्तक्षपकारी अभ्यास ग¥यो । नेपालको अर्थतन्त्र भारतसित निर्भर रहेकाले मात्रै यो सम्भव भएको होइन, विगत केहि दशकमा नयाँ दिल्लीले उब्जनी गरेका थुप्रै प्रभावशाली स्थानीय मित्रहरुले गर्दा पनि हो । के विश्वास गरिन्छ भने, अहिलेको घटनाक्रमभन्दा भन्दा अगाडी नेपालले भारतको सहमति बेगर कुनै पनि ठूला राजनीतिक निर्णय लिएको थिएन । विश्वमा अन्यत्र रहेका क्षेत्रीय शक्तिहरुले जस्तै भारतले पनि आफ्ना स्थानीय मित्रहरुको सहयोगमा स्थानीय विवादहरुलाई दोहन गरेर आफ्ना कुटनीतिक लक्ष्यहरु हासिल गर्न सफल भयो । ती मित्रहरुले सधैं आफ्नो राष्ट्रको हितमा आघात पार्ने काम गरेनन् होला, तर पारस्परिक लाभ हुने विषयमा विदेशी सहयोग खुशीसाथ स्वीकार गरे । यो कुनै संयोग होइन, चाहे राजा ज्ञानेन्द्र हुन् वा माओवादी नेता प्रचण्ड हुन्, भारतको हस्तेक्षपलाई ‘काउन्टर’ गर्न जसले चीनको सहयोग लिन खोजे, उनीहरुले शक्ति गुमाए । वास्तवमा भारत भविश्यमा आफ्ना चाहनाहरुको परिपूर्तिका लागि फेरि पनि पर्दा पछाडिबाट खेल खेल्ने रणनीतिमा फर्किन सक्छ । तर, समस्या के छ भने यसका लागि नयाँ दिल्लीले आफू अनुकुलका स्थानीय मित्रहरु धेरै नभेट्न सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies