Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

भारतीय हस्तक्षेप र नाकावन्दीकाविरुद्ध कविताका स्वरहरू–कविहरुसँगको सडक संवाद

\"sckecth\"“भारतीय हस्तक्षेप र नाकावन्दीकाविरुद्ध कविताका स्वरहरू” अभियानका साथ करीव दुई महिनाअघिदेखि कविहरु सडकमा छन् । कविता वाचन गर्दै क्यापिटल एफएममा पुगेका केही कविहरुलाई खबरडबलीले सोधेको थियो “किन कविहरु सडकमा ? प्रस्तुत छ, कविहरुसँगको सडक संवाद । कविहरु देशको सीमा रक्षाको निम्ति बोल्नुपर्छ मणी थापाः कवि तथा गीतकार कविहरुको राष्ट्रप्रति माटोप्रति भावनात्मक आवेग हुन्छ । कविहरु सिर्जनामा रम्ने हुनाले देशमा आएको संकटप्रति सबैभन्दा बढि संबेदनशील कवि नै हुन्छ । यस्ता विषयहरुले सबैभन्दा बढि कविहरुकै मन छुने हुनाले कविहरु सडकमा छन् । कविहरुले नै माटोको बारेमा लेख्छन्, बोल्छन्, त्यसकारण कविहरु नै आन्दोलित हुनु स्वभाविक हो र उसको धर्म पनि हो । यतिबेला सबै कविहरु देशको रक्षाको निम्ति बोल्नुपर्छ । सीमा रक्षाको निम्ति बोल्नुपर्छ । भारतले नाकाबन्दी गरेर निकृष्टता देखायो इश्वरचन्द्र ज्ञवालीः साहित्यकार   भारत र नेपाल दुईवटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरु हुन् । राष्ट्रको अस्तित्वको हिसावले भारतको जुन अस्तित्व छ, नेपाल पनि त्यस्तै छ । व्रिटिश साम्राज्यवादको उत्तर देनको रुपमा प्राप्त उपनिवेशवादी चरित्र हामीमाथि लागेर नेपाली जनतालाई तड्पाएर आफ्नो स्वार्थसिद्ध गर्ने जुन बाटोमा भारत लागेको छ, त्यसकोविरुद्ध हामीले आवाज उठाएका हौं । हाम्रो स्वाधिनताकोविरुद्ध यदि भारतले कुनै पनि किसिमको गतिविधिहरु सञ्चालन गर्छ भने हामी त्यसको विरोध गर्छौ ।  यद्दपी भारत हाम्रो छिमेकी मुलुक हो । भारतसँग हाम्रो धेरै गहिरो युगिन सम्बन्ध छ । त्यहाँको जनताप्रति हाम्रो सम्मान छ । तर भारतीय विस्तारवादको हस्तक्षेपको नीति लिएको सत्ता खतरनाक छ । त्यसले आफ्नो छिमेकीहरुलाई सदैव आफ्नो छत्रछायाँमा राख्न चाहने जुन प्रवृति छ त्यो प्रवृतिको हामीले विरोध गरेका हौं । यो कुनै देश र जनताको विरोध होइन । भारतीय सत्ताको उपनिवेशवादी चरित्रको विरोध गरेका हौं । भारतले नाकाबन्दी गरेर जुन अमानवीय निकृष्ट व्यवहार गरेको छ, यसको चौतर्फी बिरोध भइरहेको छ । यद्दपी मधेसमा आन्दोलन भइरहेको छ, उनीहरु आफ्नो अधिकारका निम्ति लडिरहेका छन् । भारतले राखेका ७ बुँदे मागको समर्थन गर्न मधेसको आन्दोलन भइरहेको होइन । साहित्यकारहरुले समयको पदचाप चिन्न सक्नुपर्छ प्रा.डा. जगदीशचन्द्र भण्डारी , वरिष्ठ साहित्यकार राष्ट्रियता र स्वाधिनताका पक्षमा सबै लाग्नुपर्छ । कविहरु समाजका अग्रचेतनाका सम्वाहकहरु हुन् । त्यसकारण सबै स्रष्टाहरु राष्ट्रियताको पक्षमा उभिनुपर्छ । भारतीय हस्तक्षेपको विरुद्ध लाग्नुपर्छ । सबैभन्दा ठूलो कुरा राष्ट्रको सार्वभौमिकता हो स्वाधिनता हो स्वतन्त्रता हो । त्यसको पक्षमा जो उभिदैन, त्यो राष्ट्रघाती मानिस हो । देशलाई माया गर्नेहरु, माटोलाई माया गर्नेहरु साम्राज्यवाद र विस्तारवादको विरुद्ध उभिनुपर्छ । अहिले विस्तारवादको नङ्ग्रा सल्वलाईरहेको अवस्थामा साहित्यकारहरुले समयको पदचाप चिन्न सक्नुपर्छ । कविताका स्वर लिएर सडकमा आउनुपर्छ । भारतको युद्ध अपराधस्तरको बेइमानी बलराम तिमल्सिना , गीतकार तथा गजलकार कविहरु भनेको निरपेक्ष कवि मात्रै होइन उनीहरु यो देशको सन्तानपनि हो । नेपालको सार्वभौममाथि कहींबाट खतरा उत्पन्न हुन्छ भने नेपाल आमाको एउटा सन्तान हुनुको नाताले कवि कलाकारहरु चुप लागेर बस्न सक्दैन । कविहरुले साहित्यका विधा मार्फत लड्छन् । सानोभन्दा सानो मुलुकको पनि आफ्नो प्रतिष्ठा हुन्छ । नेपालले यतिबेला कुनै नकरात्मक निर्णय पनि गरेको छैन र भारतमाथि आक्रमण पनि गरेका छैन । नेपालले कुनै आणविक बम पनि बनाएको छैन । सार्वभौम सम्पन्न नेपाली जनताले संविधानसभाबाट संविधान बनाएका छन् । हामीले संबिधान बनाउन पाउने की नपाउने ? कस्तो संविधान बनाउने भन्ने भारतको हिसावकितावभित्र पर्दैन । हामीले संविधान बनायौं, भारतले नाकाबन्दी लगायो । यो एउटा छिमेकीले गर्नै नहुने कार्य हो । त्यसमाथि पनि एउटा भूपरिवेष्ठीत राष्ट्रले निर्वाध पाउनुपर्ने पारवहन अधिकारको विरुद्धमा छ । अझ त्यो भन्दा पनि बढी भारतले तेस्रो मुलुकबाट समेत ल्याएका सामानहरु रोकेर राखेको छ यो एक प्रकारको अमानवीय र युद्ध अपराधस्तरको बेइमानी भारतले गरेको छ । कविताहरु अझ बन्नुपर्छ   केशव सिलवालः कवि कविहरु हमेसा राष्ट्र र समग्र जनताको मुक्तिको पक्षमा उभिएका हुन्छन् । कुनै पनि थिचोमिचो दमनको भइरहेको अवस्थामा कविहरु चुप लागेर बस्न सक्दैन । त्यसकोविरुद्ध कविहरु उभिन जरुरत छ । कविहरु अझ शसक्त कविता लिएर उभिनुपर्दछ । राष्ट्रियता र जनजीविकाको लागि आवाज बुलन्द गरौं गौरी दाहालः कवि भारतीय हस्तक्षेपको विरुद्ध कविहरु मात्र होइन हरेक नागरिकहरु उभिनु आवश्यक छ । त्यसै सिलसिलामा कविहरु आफ्नो कलम लिएर अगाडि उभिएका छन् । भन्नुपर्ने कुराहरु कलममार्फत भनिरहेका छन् । हामी पनि त्यसैमा आवद्ध छौं । देशको राष्ट्रियता जनजिविकाको विषयमा कविता मार्फत बुलन्द ढंगले बोलिरहेका छौं । कलम बोकेर लड्नुपर्छ केवल बिनाबी : कवि कविहरुले समाजमा भएको विभेदलाई राम्रोसँग नियालेको हुन्छ । समाज भित्र रहेको विभेद पर्गेल्ने चेत कविहरुमा हुन्छ । अहिले भइरहेको नाकाबन्दीको विरुद्ध कविहरु उठ्न जरुरी छ । कविहरु चेतनशील कलमवीर भएको कारणले कहिले बन्दुक पनि बोकेर लडे अहिले कलम बोकेर लड्नु आवश्यक छ । जलिरहेको घरमा उत्सव कसरी मनाउने ? पुन्य गौतम ‘विश्वास’ :कवि भारतीय विस्तारवादले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि अत्यन्तै संगीन संकट खडा गर्यो । नाकाबन्दीमा पतन भएको यो हस्तक्षेप आममानिसहरुमा भन्दा पहिला कविहरुमा पहिलो छोयो र त्यसपछि यो नालायक घृणायोग्य हस्तक्षेपकोविरुद्ध कविहरु जागेको हो । घर जलिरहेको छ, त्यसको उत्सव मनाउन सकिदैन । त्यसकारण प्रतिरोधको अभिव्यक्त गर्न कविहरु सडकमा आएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies