Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

जानिराख्नुस प्याजका फाइदाहरू

प्याज तरकारीका लागी अति नै उत्तम मानिन्छ । खालि खाँदा होस या तरकारी सँग मिक्स गरेर खाँदा होस, प्रायः मानिसलाई प्याज नभई खाना नै नरुच्ने पनी हुन्छ । तर यो खाँदा मुख गन्हाउने, निन्द्रा धेरै लाग्ने जस्ता समस्याका कारण कतिपय मानिस प्याज खाने कुरामा पछी हट्ने गरेको पनी पाईन्छ । कि खाँदै नखाने, खाएपछी धेरै खाने हुनाले पनी यसको सहि सदुपयोग हुन सकिरहेको मानिदैन । तर यस्लाई सन्तुलित ढँगले प्रयोग गर्न सकेको खण्डमा यसबाट धेरै फाईदाहरु लिन सकिन्छ । जानिराखौँ प्याज खाँदा हुने केहि फाईदाहरु: १. बोसो घटाउँछ मानिसहरु आफ्नो माटोपन घटाउन बोसो पगाल्नु पर्छ भन्ने मान्यतामा राख्छन् । त्यसको लागी मानिसहरु प्रायः योगा, मोर्निङ वाक,डाइटिङ आदि गर्छन् । तर प्याज ले पनी बोसो पगाल्न सहयोग गर्छ भन्ने कुराको बारेमा थाहा पाइराखेका हुँदैनन् । प्याजमा यस्तो गुण हुन्छ जस्ले सरिरमा भएको कार्बोहाइड्रेटलाई तताउँछ र बोसो पगाल्नमा सहयोग पु¥याउँछ । २. निन्द्राको लागी फाईदाजनक प्याजमा पाइने फाइटोकेमिकल्सले निद्रा लाग्नमा सहयोग पु¥याउँछ । यदि तपाइँलाई अनिद्राले सताउँछ भने तपाइँले आजदेखी नै यस्को प्रयोग गर्नू अनिवार्य हुन्छ । खाँदा प्राय रातिको समयमा काँचो या त सुप बनाएर खाँदा फाईदाजनक हुन्छ । ३.रजस्वला हुँदाको दुखाई कम प्याज खानाले महिलाहरुको मासिक रजस्वला हुँदा हुने दुखाइलाई पनी कम गर्न मद्दत गर्दछ । महिनावरी हुुनु भन्दा ४–५ दिन अघिबाट खान सुरु गर्दा राम्रो हुन्छ । ४.चायाँ पोतो कम प्याजमा पाइने भिटामिन ‘सि’ र एन्टिसेप्टिक तत्वले मुहारमा आउने चायाँलाई कम गर्दछ । मुहारमा मात्र नभई सरिरको जुनसुकै भागमा आउने दाग–धब्बा पनि हटाउँनमा मद्दत गर्दछ । त्यसकालागी प्याजलाई दहिमा मिलाएर स्किनमा लगाउनु पर्दछ । प्याजको भित्र पट्टिको कलिलो भागको स्लाइसलाई मुहारमा लगाउना ले पनी फाइदा गर्दछ । साथैमा मुहारलाई चम्किलो बनाउन मद्दत गर्दछ । ५.क्यान्सर हुनबाट जोगाउँछ प्याजले क्यान्सर जस्ता प्राँणघातक रोगहरुबाट बच्नपनी सहयोग गर्दछ । यस्ले घाँटी, टाउको र गलाको क्यान्सरबाट बचाउँछ । साथै ग्यास्टिक वा प्रोटेस्ट क्यान्सर हुने खतरबाट पनी जोगाउँछ । प्याजमा पाइने यस्तो तत्वले क्यान्सर का सेलहरु निर्माण गर्नमा रोक्छ । ६.इम्युनिटी पावर बुस्ट गर्छ प्याजमा पाइने फाइटोकेमिल्सले शरिरमा भिटामिन ‘सि’ को असर बढाउन सहयोग गर्छ । यो केमिकलका कारण भिटामिन ‘सि’ लाई सरिरमा राम्रो सँग प्रसारण गर्दछ । जस्ले गर्दा इम्युनिटी पावर बढाउनमा सहयोग गर्दछ । ७.कपालका लागी उत्तम फुलेको र कडा कपाललाई प्याजले राम्रो असर गर्दछ । यस्ले कपाल सेतो हुनबाट बचाउँछ ।  कपाल झर्नबाट रोक्न होस या कपाल लामो बनाउन प्याजले निकै मद्दत गर्दछ । महिनामा एकचोटी प्याजको रस लगाउनाले कपाल साइनिङ बनाउन उहयोग गर्दछ । प्याज कपालको उपचारको लागी पनी राम्रो चिज हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending