Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

देश जल्दा अमेरिकामा कांग्रेस सभापति पिज्जाको मज्जामा !

\"Sushil\"काठमाडौं । ‘देश जलेको बेला सभापति अमेरिकामा पिज्जा खाएर बस्न मिल्छ ?’ संविधान जारी अघि र पछि देशको समस्यालाई बुझ्नका लागि कांग्रेस सभापति सुशील कोइरालाबारे कांग्रेसकै सांसद रामहरि खतिवडाले केही दिन अघिको संसदीय दलको बैठकमा व्यक्त गरेको भनाई हो । उनको भनाईले पनि मधेस आन्दोलनका कारणपछिको समस्या र भारतले गरेको नाकाबन्दीको संकट गति गहिरो छ भन्ने बुझ्नलाई मद्दत गर्छ । अझ यसमा सबैभन्दा ठूलो दल, प्रमुख प्रतिपक्षी र मधेस समस्या समाधानको लागि नेतृत्व गर्ने भन्ने दलकै प्रमुख नेता कोइराला अमेरिकामा ‘टहल्दै’ गर्दा यस्तो टिप्पणी हुनु अस्वभाविक पनि होइन ।   संविधानपछि देशको अवस्था सामान्य र सौहाद्र्र हुँदो होत दुई वा तीन हप्ता होइन, दुई वा तीन महिना पनि कांग्रेस सभापति कोइरालाको अभाव खट्किदैनथ्यो । आफ्नै नेतृत्वमा सरकार छँदा उत्कर्षमा पुगेको मधेस आन्दोलनलाई कुनै पनि कोण र कुनाबाट सम्बोधनका लागि पहल नगरेका उनै कोइराला सरकार छोड्न लाग्दै भने मधेसीको मुक्तिदाता आफैं भएको भान पार्नमा सफल भए ।   सरकार छोड्नुपरेको पीडामा एकाएक अरु दलजति सबैलाई मधेस विरोधीको रुपमा चित्रित कोइरालाले मधेसी दलको समर्थनमा प्रधानमन्त्रीमा भोट पनि पाए । मधेसी मोर्चाका दलहरु ओलीविरुद्ध भोट हाल्न भन्दै कोइरालाको समर्थनमा देखिए । तर, राष्ट्रपतिको समर्थनमा चुनावमा भोट हाल्न मधेसी सांसदहरु आएनन् । यसबाट पनि देखिन्छ की मधेसीलाई जायज विषयमा मुक्ति होइन कोइरालाले प्रयोग मात्र गरेका हुन् । नत्र प्रधानमन्त्रीमात्र नभएर राष्ट्रपति, सभामुख, मधेससहित सबै समुदायले पाउने अधिकारका लागि कांग्रेसले अगुवाई गरेर समस्यालाई समाधानमा पहल गथ्र्यो । तर, यसबाट कांग्रेस भागेन मात्र लाचार र गैह्रजिम्मेवार देखियो ।   दुई महिनाभन्दा लामो समयदेखि मधेस आन्दोलन र नाकाबन्दीबाट उत्पन्न भएको चरम मानवीय संकटलाई वेवास्ता गर्दै कोइराला अमेरिका उडेपछि उनीबारे पार्टीका सांसद यस्तो बोल्न बाध्य भएका हुन् । भन्नलाई क्यान्सर निको भइसकेपछि फलोअपका लागि भनियो तर, फलोअप गएको दुई चार दिनमा नै सकिए पनि देश फर्कन कोइराला आतुर देखिएनन् । राष्ट्रले भोगेको अप्ठ्यारोप्रति संवेदनशील बनेको भए उनी जाने नै थिएनन् । गए पनि फलोअप गरी छिट्टै स्वदेश फर्कन्थे । तर, त्यसो गरेनन् । अमेरिकामा पिज्जाको मज्जामा रमाए । खतिवडाले मात्र नभएर मधेसबाट प्रतिनिधित्व गर्ने मधेसी र पहाडीमूलकै सांसद पनि कोइरालाप्रति आक्रामक बन्न पुगे । उनीहरुले पार्टीप्रति यत्तिको आशा गर्नुका पछाडि मधेस समस्या समाधानको लागि कांग्रेसले अगुवाई गर्ने निर्णय गर्नु कारण थियो । तर, संविधान जारीपछि पटकपटक मधेस हाम्रो पनि समस्या हो भन्दै अगुवाई गर्ने निर्णय गरे पछि अगुवाईको नाममा भाग्ने मात्रै गरेपछि सांसदहरु आक्रामक भएका हुन् ।   अझ ६ प्रदेशबाट सात बनाउन कम्मर कसेका नेता शेरबहादुर देउवा र अर्का महामन्त्री कृष्ण सिटौला सीमाकंन हेरफेरको ‘स’ पनि सुन्न नचाहि भाग्नुले पनि कांग्रेस जिम्मेवार छैन भन्ने देखिन्छ । कांग्रेसका सांसदले यो विषयलाई पनि उठाए । हुन पनि मधेससमा देखिएको समस्या समाधानका लागि भएका बैठकमा न देउवा उपस्थित भए न सिटौला नै । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडु नै भन्छन्, ‘प्रभावकारी छलफल गर्नका लागि हामीले पटकपटक पदाधिकारी बैठक बोलाउन खोजे पनि देउवाजी कामको सिलसिलामा राजधानी बाहिर गएकोले बस्न सकेनौं ।’ कार्यवाहक सभापतिका रुपमा राामचन्द्र पौडेलले केही बैठक गराए तर, प्रभावरकारी पहलकदमी लिन सकेनन् । उनी नेतृत्वको बैठकले उही संविधान संसोधनको माग मात्रै अघि सारिरह्यो । जुन न सरकारले उचित ठानेको छ न मधेसी मोर्चाले उचित ठानेका छन् ।   देउवा सीमाकंनमा विवादमा पर्नुभन्दा बरु महाधिवेशनको तयारीका लागि पश्चिम नेपाल हान्निए । पश्चिम पुगेर उल्टै सीमाकंन हेरफेर गर्ने वा नगर्नेमा विवादित जिल्लामा जनमतसंग्रह गर्न सकिने बताए । यसले उल्टै मधेसी मोर्चालाई ततायो मात्रै, उनीहरुले विरोध जनाए । यही अवस्थाकाबीच कांग्रेस सभापति सुशील कोइराला आज साँझ नेपाल फर्कदैंछन् । हेरौं मधेसलाई उनले समाधान दिन चाहेको हो की मधेसको जनाधार मात्रैमा स्वार्थ देखाएको हो । यो उनको भोलिदेखिको अग्रसरताले चरितार्थ गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies