Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सिरियामा फ्रान्सको हवाइ आक्रमण जारी

\"airपेरिस । विगतका चार वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियामा फ्रान्सेली युद्धक विमानले कारबाही जारी राखेका छन् । सोमबार पनि सो आक्रमण जारी नै राखेको बताइएको छ । फ्रान्सेली सैनिकले सिरियाको राक्वा सहरमा सोमबार आतङ्ककारीहरुको खोजीलाई व्यापक बनाएको बताएको थियो । हवाई हमला सोमबार राति पनि जारी रहेको समाचारमा जनाइएको छ । ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान र त्यस वरपरका नगरहरुमा विगत केही दिनयतादेखि रातिदेखि हवाई हमला गरिरहेका छन् । फ्रान्सको राजधानी पेरिसमा यही नोभेम्बर १३ मा मुस्लिम अतिवादी समूह आइएसले हमला गरेका थिए । सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो । उक्त आतङ्ककारी हमलापछि सिरियामाथिको हमलालाई आइएसले झनै कडा बनाएको छ । आइएसको उद्गमस्थल नै सिरिया रहेको धारणा फ्रान्सले राख्दै आएको छ । फ्रान्सेली रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो । तर कैयौँ दिनदेखि हमला जारी रहेको सो क्षेत्रमा आइएसका लडाकूहरु कति मारिएका छन् भन्ने बारेमा भने केही बताएको छैन । फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा आइएसका लडाकूको प्रत्यक्ष सम्लग्नता भेटिएपछि आइएसका विरुद्ध पनि फ्रान्सले  सो आक्रमण थालेको हो । उसले घोषित रुपमा नै सिरियामा आइएसको प्रभाव रहेकोले त्यहाँ हमला जारी राख्ने बताउदै आएको छ । सोमबार मात्र पनि फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग पेरिसमा गरेको भेटवार्तापछि सिरियामा हमला जारी राख्ने बताएका थिए । उनले सिरिया आतङ्ककारीको मूल थलोका रुपमा रहेको भनाई राखेका थिए । उनले आतङ्ककारीका विरुद्धको कारबाहीलाई जस्तोसुकै अवस्थामा पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending