Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सरकारले आत्मनिर्भरको योजना ल्याउँछः गजुरेल

\"haribolभक्तपुर । कृषि विकास मन्त्री हरिबोल गजुरेलले युवालाई विदेश जानबाट रोक्दै नेपाललाई कृषिमा नै आत्मनिर्भर बनाउने योजना वर्तमान सरकार ल्याउन लागेको बताएका छन् । रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा उनले युवालाई कृषिमा लाग्न उत्प्रेरित गर्दै नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने वर्तमान सरकार हदैसम्म लचिलो बन्ने बताए । हरेक क्षेत्रमा माफियाहरुको चलखेलले देश तहस नहस पारेको भन्दै कृषि क्षेत्र पनि माफियाहरुको सञ्जालबाट अछुतो नरहेको र सुधारका लागि कुरो भन्दा पनि काम गरेर देखाउने गजुरेलले बताए । साना किसानलाई आधुनिकरण गरी ति किसानलाई सरकारले अनुदान दिने व्यवस्था सरकारले गर्न लागेको चर्चा गर्दै उनले भने–‘प्राङ्गारिक मल किसानसँगै खरिद गर्दै बितरण गर्ने र अन्य मलको हाराकारको अवस्था यो वर्ष बेहोरनु पर्दैन ।\' उनले सरकारले किसानको कामको आधारलाई छनौट गर्दै विभिन्न खालका तालिम प्रदान गर्दै न्यूनतम एक वर्ष तालिम पश्चात कृषि मै काम गर्नु पर्ने अवस्था सिर्जना गर्ने र कृषि बिमालाई प्राथामिकता दिन थालेको बताए । मन्त्री गजुरेलले नेपालमा कृषि बजारको व्यवस्थापन गर्न नसक्दा किसानले भन्दा पनि बिचौलियाहरुले लाभ लिने गरेको बताए । ‘अव कृषि उत्पादनका लागि सरकाले उचित बजारको र भण्डारणको व्यवस्थालाई बिशेष ध्यान दिएर काम अगाडि बढाउने छ ।’–उनले भने । सरकारले मधेस आन्दोलनको सम्बोधन गरी आमनागरिकलाई राहत प्रदान गर्नुपर्ने उल्लेख गर्दै दमनबाट मधेस आन्दोलनको समाधान नहुने मन्त्री गजुरेलले बताए । नयाँ संविधान बन्यो तर व्यक्तिको आचरणमा परिवर्तन नभएको भन्दै व्यक्तिका आचारण परिवर्तन नभएसम्म संविधान बने पनि व्यवहारमा परिवर्तन संभव नभएको विचार व्यक्त गरे । भारतले गरेको नाकाबन्दी नेपालीका लागि मात्र नभएर भारतकै लागि अहित रहेको भन्दै उनले असल छिमेकीको भूमिकामा संविधान जारी पश्चात भारत प्रस्तुत हुन नसक्नुका पछाडि उसको मात्र दोष नभएर नेपालको आन्तरिक मामला भएको उल्लेख गरे । गजुरेलले बाबुराम भट्राईले गठन गरेको नयाँ शक्तिले माक्र्सबादलाई अंगिकार गर्नु भन्दा पनि बिर्सजनबाद तर्फ लागेको भन्दै नयाँ शक्ति निमार्णमा देखिएका मुहारहरु सबै पुरानै रहेको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE