Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

मालीको होटल आक्रमणमा २७ काे मृत्यु , सङ्कटकालको घोषणा

\"Capture\"बामाको । मालीको एक होटलमा बन्धक बनाइएका व्यक्ति मुक्तगर्ने प्रकरणमा २७ जनाको ज्यान गएको छ । मालीको राजधानी बामाकोमा रहेको ¥याडिसन ब्लु होटलमा पाहुना र होटल कर्मचारी गरी १४० जनालाई हतियारधारीहरुले शुक्रबार बन्धक बनाएका थिए । ती बन्धकलाई मुक्त गर्ने प्रक्रियामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । त्यस्तै अरु केही घाइते भएका छन् । मालीको सैनिकको विशेष कमाण्डोका साथै फ्रान्सेली र अमेरिकी सेनाको कमाण्डोले पनि सो बन्धक प्रकरणमा काम गरेका थिए । ती सुरक्षाकर्मीहरुको निरन्तर नौ घन्टाको प्रयासपछि बन्धकलाई मुक्त गर्न सकिएको हो । शुक्रबार बिहानै बन्दुकधारी समूहले एकाएक होटलमा प्रवेश गरी पाहुनाहरू बसेका कोठाबाट होटल बाहिर जाने मार्गलाई बन्द गरी अन्धाधुन्ध गोली चलाएका एक प्रत्यक्षदर्शीले बताए । सुरक्षाकर्मीले करिब १० जनाको समूहमा बन्दुकधारीले होटलमा धावा बोलेका जानकारी दिएका थिए । उनीहरुले कुनै शर्त नराखी लामो समयसम्म ती पाहुनालाई बन्धक बनाएका हुन् । सुरक्षाकर्मीले करिब नौ घन्टाको निरन्तर प्रयासपछि सम्पूर्ण होटलालाई नियन्त्रणमा लिई अनुसन्धानपछि होटलभित्र फसेका मानिसलाई सुरक्षित बाहिर ल्याएका हुन् । सो आतङ्ककारी कार्यको जिम्मेवारी अल मुराबीटाउन नामक एक आतङ्ककारी समूहले लिएको छ । सो समूह अल कायदाआवद्ध संस्था हो । मालीको सुरक्षा निकायले दिएको जानकारीअनुसार १४० जनालाई बन्धक बनाएको सो समूहबाट सबैलाई छुटाउन नसकिएको र त्यस क्रममा २७ जनाको ज्यान गएको बताएको छ । साथै सो क्रममा तीनजना आतङ्ककारीको पनि ज्यान गएको छ । उनीहरुलाई कारबाहीमा मारिएको हो वा उनीहरुले आफैमाथि बम विस्फोट गराएका हुन् भन्ने बारेमा भने प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ । मालीको सरकारले दश दिनको सङ्कटकालको घोषणा गरेको छ । देशैभरिका लागि दश दिने सो सङ्कटकालको घोषणा गरेको समाचारमा जनाइएको छ । त्यसैगरी सरकारले शनिबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको जनाइएको छ । मारिने व्यक्तिको पहिचान खुलिसकेको मालीको गृहमन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति ओबामाद्वारा निन्दा यसैबीच प्राप्त अर्को समाचारअनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो आक्रमणको निन्दा गरेका छन् । उनले यस्ता आतङ्कवादी क्रियाकलापबाट संसारमा कोही पनि बिचलित नभई आतङ्कवादका विरुद्ध एक भएर लड्न पनि आग्रह गरेको समाचारमा जनाइएको छ । सो हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि निन्दा गरेका छन्  । उनलउे सो घटना मालीमा शान्ति खल्बलाउने र नागरिकलाई त्रासमा बाँच्न बाध्य बनाउने एक दुस्प्रयास हो भनेका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE