Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

ती मानवनिर्मित आश्चर्यहरु आखिर कसले बनाएका थिए ? सम्राटले की मजदुरले ?

\"मम\"   काठमाडौं । संसारमा त्यस्ता मानवनिर्मित बस्तुहरु छन्, जसलाई आज हामी आश्चार्यका रुपमा लिन्छौं । ती मानवनिर्मित आश्चर्यहरु बनाउने राजा महाराजाले बनाएको भनि हामी पढ्छौं । तर ती मजदुर जसले आफ्नो जीन्दगीभरको पसिना बगाए, उनीहरुको नाम कही पनि आउँदैन । विश्वका मानवनिर्मित आश्चर्य मध्ये चीनको ग्रेटवाल, इजिप्टको पिरामिड र भारतको ताजमहल बनाउन कति मजदुर सहभागी दिए ? भन्ने चित्रण गर्ने कोशिस गरेका छौं । चीनको गे्रटवाल \"Wall-of-China-8\"   अग्रेंजीमा ग्रेटवाल (Great Wall) भनिने चीनको बिशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आईपुगेको छ । ग्रेटवालको निर्माण सँगसँगै स–साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पु¥याएको विश्वास गरिन्छ । \"construction-cartoon\" चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको हो । चीनका शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि बनाउन लगाएका हुन् । ५ औं शताब्दी ईसापूर्वदेखि १६ औं शताब्दीको मध्यमा बनाइएको हो । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ । यो बिशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । यसको विस्तार पूर्वमा शानहाइगुआनदेखि पश्चिममा लोप नुरसम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ । शत्रुको तीर र तलवारहरूको आक्रमणबाट बच्नको लागि माटो र ढुंगाको प्रयोग गरी पर्खालको निर्माण भएको थियो । आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा अभिप्रायले दश लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिए । अनुमानित छ, कि यस महान पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए । \"184adf8a67df45e8e96576d807fd1d72\" नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो, यसैले शासकहरूले पर्खाललाई चीनको बाँकी सीमाहरू सम्म फैलाउन शुरू गरे । यस कार्यको लागि अथक परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरूसम्म लैजानु एउटा कठिन कार्य थियो । त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजिक रहेको ढुंगाहरू र मैदानी भाग नजिक माटो र ढुंगाको पर्खालको निर्माण ग¥यो । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्को द्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ । इजिप्टको पिरामिड [caption id=\"attachment_46614\" align=\"aligncenter\" width=\"600\"]\"Pyramids प्राचिन मानवनिर्मित आश्यर्चहरु मध्ये इजिप्टको पिरामिड एक हो । नाईल नदीको पश्चिम किनारामा गिर्जा भन्ने स्थानमा अवस्थित रहेको यो पिरामिडको निर्माण ४५०० वर्ष अगाडि भएको थियो । १ लाख मजदुरले करिब २२ वर्ष लगाएर यसको निर्माण गरेका थिए । मजदुरहरुलाई वर्षको तीन महिना, बाढी आउने समयमा नाईल नदीबाट ढुंगा ओसार्न लगाइएको थियो । वर्षको तीन महिनाको दरले ती मजदुरहरुले पिरामिड निर्माण गर्नका लागि प्रत्येकले करिब २० टन ढुंगा संकलन गरेका थिए । सो पिरामिडमा जम्मा २५ लाख चुनढुंगाका ठूला–ठूला ब्लकहरु प्रयोग भएका छन् । यो पिरामिडको उचाई ४५० फिट रहेको छ ।[/caption]   \"moving-stones\" ईजिप्टमा खगोलको अध्ययन गर्ने यन्त्रको रुपमा पिरामिड प्रयोग गरिन्थ्यो । इजिप्टको पिरामिडलाई सम्राटहरुको लास सुरक्षित राख्नका लागि बनाइएको थियो । ती स्थललाई ममी भनिन्छ । उसको लाससगै मृतकका लागि खाद्यन्न, पेय पदार्थ, वस्त्र, गहनाहरु, वाद्य यन्त्रहरु, हतियार, मृतकका प्रिय जनावरहरु पनि साथै गाडिदिन्थे । विकिपीडियामा उल्लेख भएको जानकारीअनुसार सम्राटको लाससँगै दासदासीहरुलाई पनि मारेर सगैं पुरिदिन्थे । प्रत्येक एउटा ढुङ्गा लगभग २ सय ३० टनको रहेको छ । यो बनाउन करिब २३ वर्ष लागेको थियो । पिरामिड कुनै आधुनिक औजारको प्रयोगबिना नै निर्माण गरिएको थियो । निर्माण यति मेहनतपूर्वक गरिएको थियो की ढुङ्गा जोडिएको ठाउँहरुमा ब्लेडसम्म पनि घुसाउन सकिदैन । वैज्ञानिकहरु यसको रहस्य पत्ता लगाउन कोशिस आजसम्म पनि गरिरहेका छन् । ताजमहल \"k1z80y\" भारतको आगरामा अवस्थित ताजमहल १६३२(१६५३ बनेको हो । ताजमहल सिङ्गमर्मरले बनेको एउटा समाधिस्थल हो । मुगल वास्तु शैलीमा बनाइएको यस ताजमहलका प्रमुख वास्तुकार उस्ताद अहमद लाहुरी हुन् । समाधिस्थलको चारैतर्फ चारवटा धरहराहरु छन् । मुख्य कक्षमा मुमताज महल एवं शाहजहाँको नक्कली समाधिहरू छन् । यी धेरै अलंकृत छन, एवं यसको सक्कली तल्लो तलमा स्थित छ । समाधिस्थलमा सर्वोच्च शोभायमान सिङ्गमर्मरको गुम्बद छ । यसको सर्वाधिक शानदार भाग हो । यसको उचाई लगभग भवनको आधारको बराबर, ३५ मीटर छ । यो आफ्नो आकार अनुसार प्रायः प्याज आकार भनिन्छ । \"article-2344329-1A6584DD000005DC-835_634x422\" यसको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नो पत्नी मुमताज महलको सम्झनामा बनाउन लगाएका हुन् । ताजमहल खासमा एउटा सामान्य कलाकारले कल्पना गरेको हवाई चित्र थियो । पछि त्यसलाई मुगल सम्राटले आफ्नो श्रीमतीको नाममा बनाए । ताजमहल बनाउन भारतका बीस हजार मजदुरहरुले आफ्नो पसिना खर्चेका थिए । भारतका मजदुरहरुसँगै सिरिया र इरानबाट समेत मजदुृर र कालिगढहरु आएका थिए । स्रोतः विभिन्न वेवसाइटहरु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies