उनले अग्रज लेखकहरू पुस्किन, टोल्सटोयका रचनाहको समेत धज्जी उडाएर आलोचना गर्न थाले । उनको कथन थियो । ती लेखकहरू प्रगतिशील विचारमा केन्द्रित रहेकाले प्रगतिवादी धारमा समेटिन सक्दैनन् । उनका आगो झैं झरिला कविता यस्ता छन् : “दुनियाँको पीडादायी गन्ध मासु पोलिएको गन्ध जस्तै बोकी यहाँ केही मानिस आए तर सबै उज्याला हेलमेट लगाएर कृपया बोझिला बुट होइन आगोको ज्वाला निभाउने मन लिई भद्र भई आऊ, आगाकै मुटुतिर” उनको प्रेम कथा रोचक छ । क्रान्तिको मामिलामा उनि जति नायक सावित भए प्रेमको सन्दर्भमा उनी सदा आलोचित भइरहे । सन् १९१५ तिर उनी एक विवाहिता महिला लिली बेरिकको मायामा फस्न पुगे । कतिपय कविताहरू उनै महिलाप्रति समर्पित गरेर समेत लेखे । मायाकोभस्की आफ्नो जीवनभर रसियन क्रान्तिमै सक्रिय भइरहे । १९१८ मा मायाकोभस्की अविष्यवादी आन्दोलनको मुखपत्र Ga tare Futurist को सम्पादक बने । आफ्नो लेखनको ९ बर्षको रचनाहरू सामेल गरेर Collects works नाम दिई कविता सङ्ग्रह प्रकाशित गरे । लेखनका अतिरिक्त राजनीतिक विचारमा पनि उत्तिकै शसक्त भएका कारण उने लेनिनको खुलेर समर्थन गरे । उनले १९२२ देखि २८ सम्म कम्युनिस्ट भविष्यवादको ब्याख्या गरे । रसियन क्रान्ति र सांस्कृतिक गतिविधिलाई प्रचार–प्रसार गर्न उनी जर्मनी, क्युबा आदि देशको भ्रमणमा निस्किए । त्यसै भ्रमणको दौरानमा उनले अमेरिकी व्यक्तिवादी अराजकताको भण्डाफोर गर्दै My discovery of America प्रकाशित गरे । प्रेममा कमजोर मायाकोभस्कीले भ्रमण गर्दा कयौं गलत कामहरू पनि गरे । उनी आलोचनाका पात्र भए । सन् १९२४ मा लेनिनको स्मरणमा शोककाव्य लेखेर रसियामा एकाएक चर्चाको शिखरमा पुगेका मायाकोभस्की त्यसको ६ वर्ष नबित्दै निकै आलोचित भए । मानिसको एउटा गल्तीले जुन गल्ती उनको कमजोर मायाप्रेम सम्बन्ध थियो त्यही कमजोरीका कारण उनले तिरस्कार भोग्नु प¥यो ।उनले अग्रज लेखकहरू पुस्किन, टोल्सटोयका रचनाहको समेत धज्जी उडाएर आलोचना गर्न थाले ।
लेनिनको मृत्युपछि स्टालिन सत्तामा आए । उनले स्टालिनको शासकीय प्रणालीको धज्जी उडाएर The Bed bug / The Bath House नामक नाटकहरू लेखे । तर यी नाटकहरू प्रतिबन्धित भए । सबैबाट तिरस्कार भएपछि मायाकोभस्कीले अप्रिल १४, १९३० को साँझ ३७ वर्षको उमेरमा आफैँले कन्चटमा गोली हानी आत्महत्या गरे । योगदान मायाकोभस्की जीवनको अन्तिम चरणमा आएर आलोचनाको पात्र भए पनि काव्य रचनाका कारण उनको योगदान विशिष्ट छ । रसियन क्रान्तिको दौरानमा क्रियाशील मायाकोभस्की समाजवादी यथार्थवादी कवि तथा नाटककार हुन् । समाजवादी यथार्थवादी साहित्यको गद्य विधामा गोर्कीको स्थान जति महत्त्वपूर्ण छ त्यतिकै महत्त्वपूर्ण स्थान कविता र नाटकमा उनको रहेको छ । उनले कविता लेखन कर्मलाई सहजबुद्धि नभई जीवनका जलिट कार्यहरू मध्ये एक हो भनेर कविता बिधालाई गरुङ्गो पारे । कवि निरन्तर साधानारत र अनुसन्धानशील हुनुपर्छ । सामान्य लहड भावुकताले मात्रै कविता बन्दैन भने ।लेनिनको मृत्युपछि स्टालिन सत्तामा आए । उनले स्टालिनको शासकीय प्रणालीको धज्जी उडाएर The Bed bug / The Bath House नामक नाटकहरू लेखे । तर यी नाटकहरू प्रतिबन्धित भए ।
प्रतिकृया लेख्नुहोस्: