Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

यसकारण भारतबाट परिचालित छ मधेस आन्दोलन

\"Madhesi-morcha\"काठमाडौं । भारतको निर्मम नाकाबन्दीबाट जनताको चुलो मात्र निभेको नभई बिरामीले औषधीसम्म नपाई मृत्यु हुने अवस्थासम्म आइसकेको छ । तर, सामान्य मानवीय मर्यादासमेत ख्याल नभएको भन्दै भारतको र मधेस केन्द्रित दलहरुको सर्वत्र आलोचना भइरहेका बेला नाकाबन्दीमा भारत र मधेसको साँठगाँठ देखिने गरी प्रतिक्रिया आएका छन् ।   बिहीबार भारतले ओषधी एयरलिफ्ट वा रिरुट गरेर लैजान भनेलगत्तै मधेसी मोर्चाले विराटनगर नाकाबाट औषधी ल्याउन दिने र बिहान शैक्षिक संस्था खोल्ने निर्णय गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नियमित पत्रकार सम्मेलनमा रिरुटबाट औषधी लान दिने बताएलगत्तै मेधसी मोर्चाले पनि विराटनगरबाट औषधी ल्याउन दिने निर्णय गरेको थियो ।   केही दिन अघिदेखि नै औषधीको अभाव देखिएपछि अस्पतालमा कार्यरत डाक्टरहरुले सबैतिर हारगुहार गरे पनि मोर्चाका नेताहरुले सुनेको नसुन्यै गरेका थिए । तर, भारतले भन्नेवित्तिकै उनीहरुले औषधी ल्याउन दिएपछि मधेसको कथित आन्दोलनमा भारतको साथ रहेको भन्दै सामाजिक संजालमा एकाएक स्टाटस पोष्ट भएका थिए । बिहीबार मोर्चाले विज्ञप्ती निकाल्दै भनेको छ बिरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्य सम्बन्धी उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो।\'   प्रवक्ता स्वरुपले विरगंजमा रोकिएका गाडी फिर्ता गरी अन्य नाकाबाट औषधी नेपाल लग्न भनेका थिए । तर, अतिआवश्यक औषधी ल्याउँदै गर्दा बिहीबार राती वीरगंजमा ट्रकमाथि पेट्रोल बम प्रहार गरिएको छ । मोर्चाले औषधी ल्याउन दिने भनेलगत्तै राती १ बजे यस्तो आक्रमण भएको हो । आक्रमणबाट २० लाखभन्दा बढीको अत्यावश्यक औषधी नष्ट भएको छ । २० लाख बराबरको एन्टिबायोटिक औषधी जलेर कामै नलाग्ने गरी नष्ट भएको प्रहरीको भनाई छ ।   मानवताको नाताले औषधी ल्याउन दिने निर्णय गरेको केही घण्टा नबित्दै मोर्चाले मध्यरातमा तीनवटा बम प्रहार गरी औषधीमात्र क्षति पुर्याएको छैन, सामान्य मानवीय मर्यादासमेत गुमाएको छ । भारतले वीरगंजबाट औषधी नपठाउने निर्णय गर्नु र मोर्चा पनि धर्नामा बसी ओषधी जलाउनुले भारत र मोर्चाले मिलेर नै नाकामा अवरोध गरेको पुष्टि हुन्छ ।   जाडो मौसम सुरु भएपछि अहिले चिसो दिनादुदिन बढ्दैछ तर, मोर्चाले शितलहर चल्ने तराईमा बिहान विद्यालय संचालन हुने निर्णय गरेर अर्को अमानवीयता देखाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यसरी भारतले भन्नु र मोर्चाले तत्काल निर्णय गर्नुले मधेस आन्दोलनमा भारतको प्रत्यक्ष संलग्नता रहेको अब कतैबाट पनि छिप्ने विषय रहेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending