Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

चीनसँग तेल सम्झौता गर्न नेपाली टोली भोलि बेइजिङ जाने

\"30102015042946Nepali-Tanker-Dhunche-ma-600x0\"काठमाडौं । चिनिया तेल कम्पनी पेट्रो चाइनाले तेलको ब्यापारिक सम्झौताको लागि नेपाल आयल निगमललाई बोलाएपछि नेपाली टोली शुक्रबार चीनको बेइजिङ जाने भएको छ । चीनबाट तेल आयात गर्ने यसअघि नै सहमति भइसकेकाले सम्झौतालाई मुर्तरुप दिन नेपाली टोली शुक्रबार बेइजिङ जाने भएको हो । आपूर्तिमन्त्री गणेशमान पुनले तेल आपूर्तिको ब्यापारिक सम्झौता गर्न नेपाली टोली विहीबार चीन जाने बताएका थिए । तर टिकट नमिलेका कारण नेपाली प्रतिनिधिमण्डल शुक्रबार मात्रै बेइजिङ जाने भएको विभागका अधिकारीहरुले जानकारी दिए । तेलको ब्यापारिक सम्झौता गर्न नेपाल आयल निमग र वाणिज्य विभागका अधिकारीहरु चीन जाने भएका छन् । चीनको तीन दिने अनौपचारिक भ्रमणबाट फर्किएपछि मन्त्री पुनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीन, बङ्गलादेशलगायतका मित्रराष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको बताएका थिए । मन्त्री पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको उल्लेख गरे । चीन भ्रमणमा आफूले त्यहाँका उच्च अधिकारीसँग अनौपचारिक छलफल गरेको र त्यसले सकारात्मक वातावरण तयार गरेको मन्त्रीको दाबी छ । आवश्यकताअनुसार सुलभ मूल्यमा इन्धन उपलब्ध गराउन चीन तयार रहेको मन्त्री पुनले दाबी गरे । पेट्रोलियम पदार्थका अतिरिक्त विकल्पका रुपमा उच्च गुणस्तरको खाना पकाउने ग्यास पनि आयात गर्न सकिने भएकाले त्यससम्बन्धमा अध्ययन भइरहेको पनि उनले बताए । बङ्गलादेशबाट इन्धन आयात गर्दा भारतको अवरोध भएमा हवाई मार्ग पनि प्रयोग गर्न सकिने विकल्प रहेको बताउँदै उनले भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहनको अधिकार प्रयोग गरेर भए पनि आयात गरिने दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE