Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

प्रशिक्षक पुबुदुको बिदाई सुखद बन्न सकेन, पपुवान्यूगिनीसँग नेपालको दोस्रो हार

\"Circket\"काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो चरणको अन्तिम खेलमा नेपाल पपुवान्युगिनीसँग दोस्रो पटक तीन विकेटले पराजित भएको छ ।

यसअघि गएको सोमबार भएको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटले पराजित भएको थियो । यूएइको अबुधाबीमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पपुवान्यूगिनीले दुई बल बाँकी छँदा सात विकेट गुमाएर पूरा ग¥यो । पपुवान्युगिनीको जितमा ज्याक भारे र जोन रेभाले अविजित ८४ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जित दिलाए ।

नेपालका सोमपाल कामीले तीन, वसन्त रेग्मीले दुई, सागर पुन र शक्ति गौचनले एक-एक विकेट लिए । टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालले एक रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । पहिलो विकेटको रुपमा ओपनर अनिल मण्डल र दोस्रो विकेटको रुपमा सुवास खकुरेल बाहिरिसकेका थिए । उनीहरुले एक रन पनि नजोडी आउट भएका थिए । कप्तान पारस खड्काले सर्वाधिक ५८ रनको योगदान दिए । ८१ बल खेलेका कप्तान खड्काले पाँच चौकाको मद्वतमा ५८ रन जोडेका हुन् । त्यसैगरी सागर पुनले ४७, शरद भेषावकर ४२, उपकप्तान ज्ञानेन्द्र मल्ल ३६, मेहबुब आलम १५, सोमपाल कामी नौ तथा बसन्त रेग्मीले सात रन जोडे भने शक्ति गौचन दुई रनमा अविजित रहे । प्रतियोगितामा उत्कृष्ट बलिङ प्रस्तुत गरेका पपुवान्युगिनीका भानुवा र भालाले समान तीन÷तीन विकेट लिए भने सेसे बउले दुई विकेट लिए । प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएइ, हङकङ, नामिबिया, पपुवान्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोली सहभागी छन् । सबै सहभागी टोलीले एकअर्कासँग दुई÷दुई खेल खेल्नेछन् । त्यस्तै सबै खेल सम्पन्न भएपछि शीर्ष छभित्र पर्ने टोलीले सन् २०१९ मा हुने आइसिसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ ।

प्रतियोगितामा नेपाल अहिलेसम्म अङ्कविहीन छ । सबै खेल हारेको नेपाल आठ टोली सहभागी प्रतियोगिताको पुछारमा रहेको छ । आजै युएइलाई १३६ रनले हराएको हङकङ ४ खेलमा ३ जीत हात पार्दै छ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ ।

समान छ-छ अङ्क भएका केन्या, नेदरल्यान्ड्स र स्कटल्यान्ड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । एक जित हात पारेको युएइ सातौँ स्थानमा छ । अर्को खेलमा नेपालले अब हङ्कङको सामना गर्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेको सुखद बिदाइको अपेक्षा गरिएको खेलमा पनि नेपाल पराजित भएको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies