Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

तीन लाख लिटर बढी इन्धन आज बाँडियो

\"nepal-oil-nigam\"काठमाडौँ । नेपाल आयल निगमले आज तीन लाख ३६ हजार लिटर पेट्रोलियम पदार्थ काठमाडौँ उपत्यकासहित नौवटा जिल्लामा वितरण गरेको छ ।

विभिन्न नाकाबाट भित्रिएका इन्धनलाई समानुपातिक प्रणालीका आधारमा वितरण गर्ने योजनाअनुसार सो परिमाणको इन्धन वितरण गरिएको हो ।

आज वितरण गरिएको इन्धनमध्ये दुई लाख ९१ हजार लिटर डिजेल र ४५ हजार लिटर पेट्रोल रहेको छ । सो परिमाणमा होटल तथा कूटनीतिक नियोगलाई वितरण गरिएको इन्धन भने समावेश गरिएको छैन ।

पछिल्लो दिनमा वीरगन्ज नाकाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आउने क्रम बढेको छ । कुल आयातको ७० प्रतिशतभन्दा बढी इन्धन सोही नाका भएर आउने गरेको थियो । अन्य नाकाबाट जति परिमाणका इन्धन आए पनि त्यसले मुलुकको कूल मागलाई सम्बोधन गर्न सक्दैन ।

सामान्य अवस्थामा निगमको थानकोट डिपोले पाँच लाख ५० हजार लिटर डिजेल र तीन लाख ५० हजार लिटर पेट्रोल दैनिक बिक्री गर्दै आएको थियो । तर पछिल्लो अवस्थामा इन्धन आयात नै कम भएपछि सो डिपोबाट आधा परिमाण पनि बिक्री गर्न नसकिएको निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिए।

सो डिपोले चीनबाट अनुदानमा ल्याइएको पेट्रोलसमेत गरी गत कात्तिक महिनामा दैनिक औसत दुई लाख २९ हजार लिटर डिजेल र ७० लिटर पेट्रोल बिक्री गरेको थियो । गत कात्तिकमा ७२ लाख ७२० लिटर डिजेल, ६८ लाख ५८ हजार पेट्रोल बिक्री गरेको डिपो प्रमुख शर्माले बताए ।

उनका अनुसार चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोलमध्ये यही मङ्सिर ४ गतेसम्म ल्याइसक्ने निगमको तयारी छ । हालसम्म सात लाख लिटर पेट्रोल ल्याइसकिएको र बाँकी रहेको छ लाख लिटर आयात गर्न बाँकी छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending