Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

राजदुत मास्केले उपराष्ट्रपतिलाई भने–चीन काभ्रेको पाँचखालसम्म ग्यास ल्याइदिन तयार

\"pasang_maheshकाठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका लागि नेपाली राजदुत डा. महेश मास्केले भेटघाट गरेका छन् । आइतबार विहान उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा भएको भेटमा डा. मास्केले चीनबाट इन्धन ल्याउन भइरहेको प्रयासको प्रगतिबारे उपराष्ट्रपतिलाई जानकारी गराएका हुन् ।   राजदुत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने भए पनि ग्यासका बुलेटहरु केरुङबाट ल्याउन अप्ठ्यारो भइरहेकोले तातोपानी नाकाबाट ल्याउने कोशिस भइरहेको बताए । नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आइतबार विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको जानकारी गराएको मास्केले जानकारी गराएका थिए ।   ‘चीनको प्राथमिकता केरुङ छ, तर नेपालतिरको बाटो साँघुरो भएकोले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामाग्री केरुङबाटै ल्याउँला, ग्यासको बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव राखेका थियौँ, उपराष्ट्रपतिसँग मास्केले भने, ‘आज विहानमात्रै चिनियाँ राजदुतसँग भेट भयो, उहाँले खासामा नरोकेर ग्यासको बुलेट सिधै पाँचखाल ल्याउन सकिने धारणा राखेर पाँचखालमा ‘ज्वाइन्ट कस्टम’ स्थापनाको प्रस्ताव राख्नुभयो ।’   राजदुत मास्केले पाँचखालमा चीन र नेपालको संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट चीनबाट सिधै पाँचखाल ल्याउने चीनको प्रस्ताव सकारात्मक भएको भन्दै संयुक्त भन्सार स्थापनाका लागि पहल गर्न उपराष्ट्रपतिसँग आग्रह गरे ।   उनले काभ्रेको पाँचखाललाई विशेष आर्थिक क्षेत्र बनाउने सरकारले घोषणा गरिसकेको अवस्थामा सो ठाउँलाई चाँडो विशेष आर्थिक क्षेत्रमा विकास गरेर चीनले धेरै सहयोग गर्न सक्ने अवस्था रहेको जानकारी गराउँदै पहल गरिदिनुहुन उपराष्ट्रपतिलाई आग्रह गरे ।   भेटमा उपराष्ट्रपति पासाङले पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यास उपलब्ध गराउने प्रस्ताव सकारात्मक भएको बताउनुहुँदै आफूले सक्दो पहल गर्ने बताए । उहाँले पाँचखाललाई विशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्न सरकारलाई घचघच्याउने बताएका थिए ।   राजदुत मास्केले चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक संझौता भइसकेकोले व्यापारिक संझौताको अन्तिम तयारी भइरहेको जानकारी गराए  । उनले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेकाले निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकोले व्यापारिक संझौता हुन केही ढिला भइरहेको जानकारी गराए ।   ‘तिहारलगतै इन्धन खरिदका लागि व्यापारिक संझौता गर्ने कुरा थियो, चीनले अहिलेसम्म इन्धन किनेको छ, बेचेको छैन । बेच्नका लागि केही नियम बनाउनुपर्ने भएकाले केही ढिला भइरहेको छ,’ राजदुत मास्केले भेटमा भने, ‘नेपालले इन्धन खरिद गर्दा नेपाल चीनबाट इन्धन खरिद गर्ने पहिलो मुलुक हुनेछ । केही दिनमै व्यापारिक संझौता हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending