Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नाकाबन्दीले यसरी लिंदै छ नेपालीको ज्यान

\"petrol\"काठमाडौं । सिरहाका नेविसंघ जिल्ला कमिटी सदस्य कमलेशकुमार यादवले मोटरसाइकलका लागि केही पेट्रोल जोहो गरेर घरमा राखेका थिए । तर, त्यही पेट्रोल उनको मात्र होइन, श्रीमतीको पनि काल बन्न पुग्यो । पेट्रोलका कारण घरमा लागेको आगोले गम्भीर घाइते भएका दुवैजनाको शनिबार उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सिरहाको महादेवा पोर्तहा–७ गाविसमा अवस्थित यादवको घरमा गत १७ कात्तिकमा आगो लागेको थियो । पेट्रोल पोखिएको कोठामा आगो बाल्न खोज्दा त्यसरी यादवदम्पतीको मृत्यु भएको हो । घरको आगो निभाउने क्रममा गम्भीर घाइते भएका २७ वर्षीय कमलेश्वर र उनकी २४ वर्षीया श्रीमती पूजा यादव चौधरीको मृत्यु भएको हो । पूजाका भाइले पेट्रोल बल्छ कि बल्दैन भनेर सल्काउँदा पूरै घर नै जलेको थियो । भारतको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन समस्याका कारण उनले घरमा पेट्रोल राखेका थिए ।   इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार पूजाका १० वर्षीय भाइले बल्छ कि बल्दैन भनेर पेट्रोल पोखिएको स्थानमा आगो बाल्दा उक्त दुर्घटना भएको हो । त्यसवेला पूजा घरभित्र सुतेकी थिइन् । उनलाई जोगाउँदा कमलेश घरभित्र पसेका थिए, आगो निभाउन खोज्दा दुवैजना गम्भीर घाइते भएका थिए ।   भारतको अघोषित नाकाबन्दीले नेपालमा मानवीय संकट सुरु भइसकेको छ भने अन्य दुर्घटना र विपत् पनि निम्त्याउन थालेको छ । नाकाबन्दकी कारण सिर्जित ती दुर्घटनाले धेरै नेपालीले ज्यान गुमाउन थालेका छन् ।   सिरहाकै प्रकृतिको घटना गत २४ असोजमा काठमाडौंको कोटेश्वरमा पनि भएको थियो । जोहोका लागि ग्यालिनमा राखिएको पेट्रोलकै कारण एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । रामेछाप लखनपुरका लेखराज श्रेष्ठ, उनकी श्रीमती देउकी र छोरी जेनिशा श्रेष्ठको पेट्रोलबाट सल्किएको आगोले मृत्यु भएको थियो । लेखराज ट्याक्सीचालक हुन् । उनले आफ्नो डेरामा जोहो गरेर पेट्रोल राखेका थिए । एउटा भाडोबाट अर्को भाडामा पेट्रोल खन्याउने क्रममा आगो लागेको थियो । लोडसेडिङका कारण डेरामा मैनबत्ती बालेकाले पेट्रोल पोखिएर सल्किएको थियो ।   यसरी पेट्रोलमा आगो लागेर हुने मृत्युका साथै नाकाबन्दीको अप्रत्यक्ष प्रभाव सडक दुर्घटनामा पनि पर्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्धनको अभावका कारण सवारीसाधनहरूले क्षमताभन्दा तेब्बरसम्म यात्रु बोकेका छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ । गत ३ कात्तिकमा यात्रुसँगै इन्धन बोकेको बस बाँकेको खासकुस्मामा दुर्घटना हुँदा आठजनाले ज्यान गुमाएका थिए । बसमा पेट्रोल राखिएकाले दुर्घटनापछि आगो लागेर धेरै जलेका थिए । उक्त घटनापछि प्रहरीले यात्रुबाहक बसमा इन्धन ओसारपसार गर्न कडाइ गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको दसैँ–तिहारमा कम दुर्घटना भए पनि कतिपयमा इन्धन अभावको अप्रत्यक्ष कारण रहेको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बम बताउँछन् ।   व्यावहारिकता हेरेर ट्राफिक प्रहरीले पनि धेरै यात्रु बोक्ने प्रवृत्तिलाई रोक्न पहल गरेको छैन । गत १७ कात्तिकमा रसुवामा भएको बस दुर्घटनाको अप्रत्यक्ष कारण इन्धन अभाव भएको प्रहरी अधिकारीहरू बताउँछन् । थोरै मात्र सवारीसाधन चल्दा एउटैमा धेरै यात्रु चढेको र अप्ठेरो बाटोमा चालकले बसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको थियो । राम्चे गाविसमा भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । इन्धन अभावले समयमा एम्बुलेन्ससमेत बिरामी लिन जान सक्ने अवस्था छैन । इन्धन अभावकै कारण मुलुकका धेरै ठाउँमा एम्बुलेन्स जान नसक्दा उपचार अभावमा कतिपय मानिस ज्यान गुमाउन विवश छन् ।   कहाँ, कसले ज्यान गुमाए ? सिरहाको महादेवा पोर्तहाका कमलेशकुमार यादवको घरमा मोटरसाइकलमा हाल्ने क्रममा पेट्रोल पोखिएको थियो । कमलेशका आफन्तले पेट्रोल बाल्न खोज्दा उनको घर मात्र जलेन, यादवदम्पतीकै मृत्यु भयो । १६ कात्तिकमा यादवदम्पती जलेर घाइते भएकोमा काठमाडौंमा उपचारका क्रममा शनिबार उनीहरूको मृत्यु भयो ।   गत २४ असोजमा कोटेश्वरका ट्याक्सीचालक लेखराज श्रेष्ठदम्पती र छोरीले घरमा ‘स्टक’ राखेको पेट्रोलकै कारण ज्यान गुमाए । पेट्रोल खन्याउने क्रममा पोखिएर आगो लाग्दा तीनैजनाको मृत्यु भएको थियो ।   गत ३ कात्तिकमा बाँकेको खासकुस्मामा पेट्रोल र यात्रु बोकेको बस दुर्घटना हुँदा आठजनाको मृत्यु भयो । इन्धन अभावका कारण बसले पेट्रोल ओसार्ने क्रममा बस दुर्घटनामा परेको थियो । पेट्रोलमा लागेको आगोका कारण बस नै जलेको थियो । गत १७ कात्तिकमा रसुवाको नाम्चेमा क्षमताभन्दा धेरै यात्रु बोकेको बस दुर्घटनामा पर्‍यो, जसमा ३८ जनाले ज्यान गुमाए । इन्धन अभावमा जिल्लामा थोरै मात्र सवारीसाधन चलेकाले सो बसमा खचाखच यात्रु थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending