Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पेरिस आक्रमणपछि राष्ट्रपति अलान्दको विश्व नेतासँग फोनवार्ता

\"france\"पेरिस । पेरिसमा भएको आक्रमणपछि फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले विश्व प्रसिद्ध नेताहरुसँग छुटटा छुटटै फोन वार्ता गरेका छन् । कुराकानीमा विश्वनेताहरुले आतंकवादसँग लड्न ऐक्यवद्धता जनाएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले बताएको छ । राष्ट्रपति फ्रान्स्वाँ अलान्दले जर्मन चान्सलर एन्जेला मर्केलसँग भएको कुराकानीमा उनले जर्मनी आतंकवादसँग मुकावला गर्न विश्वका सवैमुलुकसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएकी थिइन्।   यसैगरी अलान्दले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान, इटालियन तथा स्पेनी प्रधानमन्त्री मेट्टेओ रेन्जी, मारिअन्नो  रजोइ र मोरक्कन सम्राट मोहम्मद छैठौंसँग पनि कुराकानी गरेको राष्ट्रपति अलान्दको कार्यालयले जनाएको छ । विभिन्न समुहमा आएका आतंककारीले शुक्रबार राति राजधानी पेरिसका विभिन्न सात स्थानमा बन्दुक र बमबाट हमला गरेका थिए । बन्दुकधारीहरुले अन्दाधुन्ध गोली चलाउँदा मारिनेको सङ्ख्या १४० भन्दा बढी भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएपनि फ्रान्सेली समाचार समिति, एएफपीले भने सो हमलामा परी मारिने व्यक्तिको सङ्ख्या १२० पुगेको जनाएको छ ।   साथै कतिपय स्थानमा उनीहरुले बम विस्फोट पनि गराएका थिए । बम हमलाकारी आत्मघाती भएको पनि खुलेको छ । आत्मघाती बम हमलाकारी सबैजसो मारिएका प्रहरीले जनाएको छ । फ्रान्सको पेरिसमा यसवर्ष नै दुई पटकसम्म यस्तो आतङ्ककारी हमला भएको छ । गएको जनवरी महिनामा पनि पेरिसमा भएको हमलामा पत्रकारहरुसहित दर्जनभन्दा बढी मानिस मारिएका थिए । शुक्रबार फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल भइरहेको खेल हेर्न सयौँ व्यक्ति रङ्गशालामा खचाखच रहेको हलमा कार्यक्रम हमला भएको थियो । सो फुटबल खेल स्थानीय समय अनुसार राति करिब ९ बजे भएको थियो । सो खेलकुद म्याचमा फ्रान्सेली राष्ट्रपति फ्रान्साँ अल्याण्ड पनि उपस्थित भएका थिए । राष्ट्रपति नै उपस्थित सो समारोहमा अकस्मात विस्फोट हुन थालेपछि ठूलो आतङ्क मच्चिएको थियो । उनलाई प्रहरीले बल्ल तल्ल सुरक्षास्थतर्फ पुराएको थियो ।   आक्रमणपछि सो रङ्गशालालाई प्रहरीको हेलिकोप्टरले घेरा हालेको थियो । सुरक्षा अवस्था तत्कालै कडा पारिएको थियो । सो रङ्गशालामा पनि मानिस हताहती भएको बताइएको थियो । त्यसैगरी अन्य छ वटा क्षेत्रमा भएका हमलामा परी ती मानिस मारिएको बताइएको छ । यसैबीच सो आक्रमणपछि फ्रान्समा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । राष्ट्रपति ओल्याण्डले सो अवस्थाको घोषणा गरेका हन्।   उनले राष्ट्रिय रुपमा सङ्कटकाल घोषणा गर्दै आतङ्कवादका विरुद्धमा एक भएर लड्न सबै देशवासीलाई आग्रह पनि गरेका छन् । उक्त आक्रमणको विश्वले नै निन्दा गरेको छ । विश्वका नेताहरुले यस अवस्थामा फ्रान्सलाई परेको दुःखमा साथ दिन जस्तोसुकै सहयोगको आवश्यक परेपनि पछि नपर्ने जनाएका छन् । संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, चीन, अष्ट्रेलियालगायतका विश्वका देशले सो आतङ्कवादी हमलाको निन्दा र भत्र्सना गर्दै आतंकवादसँग लड्न जस्तोसुकै सहयोग गर्न प्रतिवद्धता जनाएका छन् । एएफपी÷ सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending