Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

के गर्दैछन् नेताका छोराछोरी ?

\"Netaka-6ora6ori\"नेपालमा मात्र होइन, विश्व राजनीतिमै युवाहरुको महत्वपूर्ण भूमिका र योगदान रहने गरेको छ । राणा शासनविरोधी आन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्म र गणतन्त्र संस्थागत गर्ने क्रममा चलेका त्यसयताका आन्दोलन, संघर्ष र राजनीतिक गतिविधिहरु समेतमा पनि नेपाली युवाहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहिआएको छ । तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा दस वर्ष (वि.सं. २०५२–६२) सम्म चलेको सशस्त्र जनयुद्धमा त झन् युवाहरुको सहभागिता, योगदान र भूमिका सबैभन्दा बढी रहेको कुरा सबैका सामु स्पष्टै छ । यसरी युवाहरुको महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि राजनीति, आन्दोलन या संघर्षका मुख्य चालक एवम् निर्णांयक पक्षचाहिँ शीर्षस्थ नेता नै हुने गरेका छन् । तर, उनीहरुले सधैं नै युवा उमेरका आम नागरिकलाई राजनीति तथा आन्दोलन र संघर्षहरुमा सक्रियतापूर्वक अघि बढ्न आह्वान र प्रोत्साहन गर्दै आएका छन् । र, ती नेता संयोग वा अवसरअनुरुप ‘सांसद्’/सभासद, उपसभामुख/सभामुख, राज्यमन्त्री/मन्त्री, उप्रधानमन्त्री/प्रधानमन्त्री, उपराष्ट्रपति/राष्ट्रपतिसम्म बन्ने गरेका छन् । यसरी अरुका छोराछोरीलाई सधैं राजनीतिमा आउन र संघर्षमा हेलिन प्रोत्साहित गरिरहने मुलुकका प्रभावशाली नेताहरुकै छोराछोरी चाहिँ के गरिरहेका छन् त ? यस विषमा सरसर्ती नजर डुलाएका छन् खबरडबलीकर्मी गणेश पाण्डेले । –सम्पादक आन्दोलन गर्ने गरिब-गुरुबा, मौका लुट्ने डाक्टर सा’बहरू ! \"rambaranगणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका दुई छोरा र एक छोरी छन् । व्यावसायिक चिकित्सक समेत रहेका  यादवका जेठा छोरा चन्द्रमोहन यादव पनि चिकित्सकै हुन् । चन्ढीगढ, भारतबाट एमडी सकेका डा. चन्द्रमोहन दोस्रो संविधानसभामा सभासद छन् । जनकपुरबाट प्रवेशिका उत्तीर्ण गरेका चन्द्रमोहन केही समय वीर अस्पतालमा सञ्चालित चिकित्सा शिक्षामा केही समय प्रोफेसर बनेका उनी पहिलो संविधानसभाको उपनिर्वाचनमा धनुषा– ५ बाट पराजित भए । राष्ट्रपति यादवका कान्छा छोरा चन्द्रशेखरले पनि जनकपुरबाटै विद्यालय शिक्षा पूरा गरेका हुन् । बैंककबाट ‘इन्भाइरोमेन्ट इन्जिनियरिङ’ मा स्नाकोत्तर यादव अहिले अमेरिका छन् । राष्ट्रपति यादवकी एक मात्र छोरी अनिताले बेलायतबाट स्नाकोत्तर गरेकी हुन् । राष्ट्रपति बुबासँगै शितल निवासमा बस्ने अनिता विदेशी पाहुनाहरुलाई स्वागत गर्ने, भ्रमणको कार्यतालिका मिलाउनेजस्ता काममा सघाउँछिन् ।   ‘पाखे’ लाई नेतृत्व गर्न राजनीतिशास्त्र पढ्दै देउवापुत्र पटकपटक प्रधानमन्त्री भइसकेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाका एक मात्र छोरा जयवीरसिंह भर्खर प्लस टु सकेर बेलायतमा अध्ययनरत छन् । नेपालस्थित ब्रिटिस स्कुलबाट ‘ए लेबल’ पूरा गरेका देउवापुत्र बेलायतस्थित युनिभर्सिटि अफ योर्कमा राजनीतिशास्त्र अध्ययन गरिरहेका छन् । नेपालीहरुको सरदर वैवाहिक उमेर घर्किसकेपछि मात्रै विवाहबन्धनमा बाँधिएका राजसी ठाँटका देउवाका कलिला पुत्र समेत विदेशी विश्वविद्यालयबाट राजनीतिशास्त्र पढेर पर्केलगत्तै सडकमा धुलो खाँदै पार्टी र प्रजातन्त्र जोगाउने कांग्रेसका ‘पाखे’ (राणा तथा राजसीहरुले अरुलाई होच्याउन प्रयोग हुने शब्द । देउवा दरबारमा पनि यो शब्द प्रयोगमा रहेको जानकारहरु बताउँछन् ) हरुलाई नेतृत्व गरेर सत्ता चलाउने तयारीमै अघि बढिरहेका छन् । राजनीतिमै ‘रस नभएका’ पौडेलका छोराछोरी ! कांग्रेस उपसभापति एवम् भावी सभापतिका दावेदार रामचन्द्र पौडेल चार छोरी र एक छोराका पिता हुन् । जेठी शर्मिला र माइली सन्ध्या घर–गृहस्थीमा जमिसकेका छन् भने साहिँली अनुजा र कान्छी अवज्ञा अध्ययनको सिलसिलामा अमेरिका छन् । पौडेलका एक मात्र छोरा चिन्तन भारतीय दूतावासको छात्रवृत्तिमा बेङ्लोरमा कम्प्युटर इन्जिनियरिङ सकेर राजधानीमै जागिर खाइरहेका छन् । पौडेलपुत्र चिन्तन राजधानीमा निजी इलोक्ट्रोनिक कम्पनीका मालिक समेत हुन् । सिटाैला–सन्तति पनि टाढै छन् राजनीतिबाट… कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको सहयोगमा चेन्नइमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका छोरा श्याप्रसाद उतै छन् । जेठी छोरी चपदीप्ति नेपालमै अध्ययन पूरा गरी प्राध्यापनरत छिन् भने कान्छी ऋतदीप्ति अमेरिकामा विद्यावारिधिरत छिन् । विश्वचर्चित नेताका बहुचर्चित छोरा : प्रकाश दाहाल \"prakashतीन छोरी र एक छोराका पिता हुन् माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । जनयुद्धकालमा सिंगै विश्वले कान ठाडो पारेर नाम सुन्ने प्रचण्डका एक्ला छोरा प्रकाश त्यसताका अध्यक्ष बुबाका ‘स्टाफ’ थिए । शान्तिपूर्ण राजनीतिमा आएपछि संगठनको जिम्मेवारीमा सरेका प्रकाशले अनेकौं विवादास्पद गतिविधिका कारण ठूलै चर्चा बटुले । प्रेमप्रसंग र विवाह–सम्बन्धमा विवादित भएपछि पार्टी कारबाही समेत भोगेका प्रकाश राज्य समितिको सदस्यका रुपमा पार्टी काममै संलग्न छन् । उनले केही ‘मन मिल्ने’ साथीसँग मिलेर बंगुरपालन व्यवसाय समेत चलाइरहेका छन् । प्रचण्डपुत्र प्रकाश पनि जनयुद्धकालमा निकै दुःख भोग्ने नेताका छोराछोरीमध्येमै पर्दछन् । राजनीतिमै सक्रिय जेठी प्रचण्डपुत्री ज्ञानुको निधन भयो । माहिली रेणु जनयुद्धकालदेखि नै सक्रिय राजनीतिमा छिन् । पहिलो संविधानसभामा सभासद् रहेकी एमाओवादी राज्य समिति सचिवालय सदस्य रेणु यसपटक काठमाडौं– १ बाट पराजित भइन् । कान्छी प्रचण्डपुत्री गंगा राजनीतिमै भए पनि त्यतिसाह्रो चर्चामा छैनन् । बा-आमाजस्तै मेधावी बन्ने धुनमा मानुषी ! \"Manusi_Yami_Bhattarai-400\"पूर्व एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री  डा. बाबुराम भट्टराई तथा चर्चित नेतृ हिसिला यमीकी एक मात्र सन्तान हुन्– छोरी मानुषी यमी भट्टराई । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर मानुषी भारतीय दूतावासको छात्रवृत्तिमा जवाहरलाल नेहरु विश्वविद्यालयमा एमफिल अध्ययनत छिन् । केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन जितेकी मानुषी केही अघिसम्म एमाओवादीसम्बद्ध अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य थिइन् । निर्वाचन हुन नसकी सर्वोच्च अदालतले स्ववियुको पुरानो टिमलाई कामकारबाही नगर्न आदेश समेत दिएकै बेला विदेश हान्निएकी मानुषीलाई अखिल क्रान्तिकारीले पनि विदेश विभागको जिम्मेवारी मात्रै कायम राखेर केन्द्रीय समितिबाट हटाइसकेको छ । ‘सन्त नेता’ होइनन् है यीचाहिँ….

\"three‘सन्त नेता’ भनिन्थे कांग्रेसका अविवाहित दिवंगत पूर्वसभापति कृष्णप्रसाद भट्टराई । उनीपछि विवाहित तर विदुर नेता गिरिजाप्रसाद सभापति बने । गिरिजालगत्तै फेरि अर्का अविवाहित नेता सुशील कोइराला आइपुगे कांग्रेस सभापतिको आसनमा । र, अहिले माओवादी केन्द्रका–माओवादी पार्टीको केन्द्रमा पनि थुप्रै अविवाहित पात्र जम्मा भएका छन् । तर, यी चाहिँ आफूलाई ‘सन्त’ भनाउँदैनन् र ठान्दैनन् ।

माओवादी केन्द्रका  नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, प्रवक्ता पम्फा भुसाल, स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेल अविवाहित हुन् । त्यसैले यिनका सन्तान हुने कुरै भएन अनि छोराछोरीका उपद्रो वा पौरखको पनि । एमाओवादीकै अर्का नेता शशी शेरचन ‘स्वनाम साथी’ वृद्धावस्थासम्म अविवाहितै थिए तर उनीचाहिँ गत वर्ष मात्रै आफ्नै सहयोगी एक युवतीसँग विवाहबन्धनमा बाँधिएका छन् ।   पूरै राजनीतिमय महरा परिवार \"Mahara_2_Vai\"दुई छोरा र दुई छोरीका पिता हुन् माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री कृष्णबहादुर महरा । महराका सबै सन्तान युद्धकालदेखि नै सक्रिय राजनीतिमा छन् । तत्कालीन जनमुक्ति सेनाका बटालियन कमान्डर हुन् महराका जेठा छोरा निर्मल महरा ‘एटम’ र कान्छा रेशम महरा ‘राहुल’ । सेना समायोजनताका स्वेच्छिक अवकाश लिई दुवै पार्टी राजनीतिमा आए । एटम दाङमा रही पार्टीको जिम्मेवारी निभाइरहेका छन् भने राहुल बुबाको सचिवालमा सक्रिय छन् । जेठी छोरी उन्नति एमाओवादी राज्य समिति सदस्य छिन् भने कान्छी प्रगति पार्टीसम्बद्ध सांस्कृतिक मोर्चा ‘सामना परिवार’ मा जनकलाकार छिन् ।     उपराष्टपति पासाङको ‘माओवादी’ परिवार \"Dipesh_Pun\"उपराष्ट्रपति  एवम् पूर्वजनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ को पनि पूरै परिवार राजनीतिमा सक्रिय छ । दुई छोराका पिता पासाङकी श्रीमती हस्तमाली र जेठा छोरा जितेन्द्र काठमाडौंको ४ नं क्षेत्रमा सक्रिय छन् । कान्छा छोरा दिपेश विद्यार्थी राजनीतिका चर्चित पात्र हुन् । सम्पूर्ण पुन परिवार जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमै क्रियाशील छ ।     डाक्टर–इन्जिनियरका बाबु माधवकुमार नेपाल एमालेका सर्वशक्तिमान महासचिव माधवकुमार नेपाल पहिलो संविधानसभा निर्वाचनयता गौण भूमिकामा छन् । दुई कार्यकालयता सर्वोच्च पद गुमाएका पूर्वप्रधानमन्त्री नेपालका एक छोरा र एक छोरी छन् । छोरा सौरभले भारतबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरिसकेका छन् । नेपालस्थित एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत सौरभ कोटेश्वरस्थित नेपालनिवासमा बा–आमासँगै बस्छन् । छोरी सुमन चाहिँ भरतपुरस्थित मेडिकल कलेजमा एमडी अध्ययनरत छिन् । नेपालका छोराछोरी दुवैले स्नातक तहको अध्ययन भारतमै पूरा गरेका हुन् । सोझै ‘नेता’ भए गौतम–खनाल ! एमाले निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालका एक मात्र सन्तान छोरा निर्भिक विज्ञान विषयमा अमेरिकाबाट स्नातकोत्तर हुन् । अमेरिकाबाट फर्केपछि उनी एमाले भ्रातृसंगठन युवासंघमा सक्रिय छन् । केही समयअघि युवा संघमा खनालका छोरा निर्भिक र पार्टी उपाध्यक्ष वामदेव गौतमका छोरा इन्जिनियर हरिश गौतमलाई विधानविपरीत मनोनयन गरेको भन्दै चर्को विवाद समेत भएको थियो । नेताका छोराछोरी भएकै कारण संगठनको तलका कमिटीमा समावेश नभई एकाएक केन्द्रीय नेता बन्न पुगेको असन्तुष्ट पक्षको आरोप थियो । गौतमले चिनिया छात्रवृत्तिमा उतै अध्ययन गरेका हुन् । सहिदका छोराछोरीको कोटामा जीवित तथा बहालवाला उपाध्यक्षका छोरा छात्रवृत्तिमा अध्ययन गर्न चीन पुगेको भन्दै उनी आलोचित छन् । बुवा गृहमन्त्री भएपछि ठेक्कापट्टा हरिशको सक्रियता बढेको छ । गौतमका दुई छोरी भने घर–गृहस्थीमै छन् । राजनीतिशास्त्री र डाक्टर बने मदनका दुई सन्तान तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र हालकी राष्ट्रपति विद्यादेवी भण्डारीका दुई सन्तान छन्– छोरीहरु निशाकुसुम र उषाकिरण । भण्डारीको रहस्यमय जिप दुर्घटनामा निधन भएपछि दुई छोरी हुर्काउने जिम्मा पूरा गरिन् उपाध्यक्ष भण्डारीले । जेठी उषाकिरण भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर सकेर अहिले एमाले भ्रातृसंगठन जिफन्टमा कार्यरत छिन् । निशाकुसुमले चाहिँ नेपालमै चिकित्साशास्त्र पढे एमबीबीएस पूरा गरेकी छन् । गच्छदारका तीन सन्तान तीनतिर मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा मधेशी मोर्चाका प्रभावशाली नेता विजयकुमार गच्छदारका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुमन अमेरिकामा अटोमोबाइल्स इन्जिनियरिङ अध्ययनरत छन् । कान्छा छोरा सुवासले भने त्रिविबाट राजनीतिशास्त्रमा स्नाकोत्तर सके । छोरी रिना दिल्लीबाट स्नातक सकेर घर–गृहस्थीमै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies