Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

घाँटी अँठ्याउने याे कस्तो भारतीय मित्रता ? प्रधानमन्त्री ओली

\"kp_oli\"काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वतन्त्र, जिम्मेवार, निर्बाध, सुरक्षित र सम्मानित पत्रकारिताको पक्षमा रहेको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा उनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिन सिंहदरबार पुगेका नेपाल पत्रकार महासङ्घका पदाधिकारीलाई प्रधानमन्त्री ओलीले सो कुरा बताए । उनले भने–“स्वतन्त्रताको नाममा प्रेसलाई बाध्य पार्न थर्काउने, तर्साउने अनेकौँ प्रवृत्ति पनि रहेका छन् ती जेसुकै भएपनि देशको सार्वभौमसत्ता र स्वतन्त्रता होच्याउने, राष्ट्रिय हित र अखण्डतालाई अवमूल्यन गर्ने कुरा नेपाली जनता र प्रेसले हुन दिनु हुँदैन, प्रेस स्वतन्त्र र जिम्मेवार रहनुपर्छ ।” प्रधानमन्त्री ओलीले भने–“स्वतन्त्रता भनेको अराजक हुनु होइन, परिपक्वतातिर जानुपर्दछ, अहिले मुलुकलाई राष्ट्रिय एकता र राष्ट्रियताको भावना चाहिएको छ, मुलुक अप्ठेरोमा रहेको बेलामा देशप्रेम प्रकट हुनुपर्छ । ” “नेपाली जनतामा अहिले असाधारण राष्ट्रवाद र देशप्रेम प्रकट भएको छ, विकल्पहीन अवस्थामा विकल्प खोजेर मुलुकसामु देखिएको सङ्कट समाधान गर्नुपर्ने अवस्था छ, महान् मित्रताको परिणाम नेपालले नाकाबन्दीको कारणबाट रु पाँच खर्बभन्दा बढी क्षति भोगिसकेको छ”, प्रधानमन्त्री ओलीले भने । जसजसले नयाँ संविधानका बारेमा प्रश्न उठाएका छन्, उनीहरुको संविधानभन्दा कुनै अर्थमा कँही पछाडि छ भने हामी बहस गर्न तयार रहेको चुनौती दिँदै प्रधानमन्त्री ओलीले भने–“तराईमा जुन समस्या छ, त्यसलाई सुल्झाउन संवाद गर्न तयार छौँ, शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान खोज्छौ, संवाद जारी छ, वार्ताबाट समाधान खोज्ने हाम्रो नीति र प्रयास हो, हामी त्यसै बाटोबाटै अघि जान्छौँ ।” नेपाली जनताको जनजीवनको ढाँचामा परिवर्तन ल्याउने गरी निकट भविष्यमै विद्युतीय सवारीसाधन र विद्युतीय हिटरको प्रयोगलाई प्रोत्साहन गरिने बताउँदै उहाँले इन्धनको अभावले मानवीय सङ्कटको स्थिति बनिरहेकाले अरू विकास र सुधारको पक्षमा धेरै ध्यान दिन नपाएको र नसकिएको बताउए । उनले भने–“सरकार मुलुकको यो सङ्कटलाई समाधान गर्न सरकार गम्भीर र परिस्थितिप्रति चिन्तित छ, जनताले भोगिरहेको समस्या र दुःखप्रति अत्यन्तै संवेदनशील र दुःखित छ ।” “भूकम्पबाट नेपाल र नेपाली जनतालाई ठूलो क्षति, घाइते, मर्माहत बनाएको बेलामा पेट्रोलियम पदार्थ नदिने, निर्माणलाई असहयोग र अवरोध पुग्ने व्यवहार देखाउने, चुलो बल्न नपाउने जस्ता काम छिमेकीबाटै भएको छ”, प्रधानमन्त्री ओलीले भने । मित्रलाई दुःख परेको र घाइते भएको बेला खान नदिएर घाँटी अँठ्याउने खाले आश्चर्यजनक मित्रताको परिभाषा अहिले खोज्नु परेको बताउदै प्रधानमन्त्री ओलीले भने– “अत्यन्तै लोकतान्त्रिक संस्थाबाट, लोकतान्त्रिक प्रक्रिया पूरा गरेर, प्रत्येक दफा र धारामा छलफल गरेर दुई तिहाइले पास गरेर संविधान बनाएको हो, यो संविधान हामी आफूले, आफ्ना निम्ति, बनाएका हौं, कसैका विरुद्ध नभएकाले अरूले आपत्ति गर्नुपर्ने स्थिति थिएन ।” सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले देशको परिस्थिति, नाकाबन्दीले देश, जनता र सञ्चारमाध्यमले भोग्नु परेको समस्या र गर्नुपर्ने कामका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending