Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

घोरेपानीमा पदमार्ग निर्माण

\"padmarga\"म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्राले समेटिएको म्याग्दीको घोरेपानीमा पर्यटकको सुविधाको लागि पदमार्ग निर्माण गरिएको छ । जिल्लाको प्रमुख पर्यटकीयस्थलको रुपमा चिनिएको घोरेपानी र पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्न सहजताका लागि पदमार्ग निर्माण गरिएको हो । घोरेपानी होटल व्यवस्थापन समितिको नेतृत्वमा रु ७५ लाख लागतमा सो पदमार्ग निर्माण गरिएको हो  । तीन वर्षको अवधिमा घोरेपानीदेखि पुनहिल र घोरेपानीदेखि शिखजाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरिसकिएको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए । ‘घोरेपानीदेखि घान्द्रुक जाने बाटोमा १६ लाख लगानीमा पदमार्ग बनाएका छौं उनले भने । तीन हजार २१० मिटर उचाइँको पुनहिलबाट मनोरम हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यताको अवलोकनको लागि हरेक वर्ष ३० हजारको हाराहारीमा पर्यटक घोरेपानी क्षेत्रको भम्रणमा पुग्ने गरेका छन् । पुनहिलको भम्रणमा जाने विदेशी पर्यटकबाट लिइने प्रतिव्यक्ति ५० शुल्क र होटल व्यवसायीबाट उठाइने करबाट पदमार्ग, अप्ठ्यारो ठाउँमा रेलिङ बनाउनेलगायतका काम गर्दै आएको समितिले जनाएको छ । हालसम्म जिल्ला विकास समितिमार्फत पाँच हजार बजेट उपलब्ध भएको र बाँकी ७० लाख होटल व्यवस्थापन समितिकै लगानीमा पदमार्ग बनाइएको हो । विभिन्न ठाउँमा पैदलमार्ग भत्किएको र जङ्गल क्षेत्र भएकाले कतिपय ठाउँमा पैदलमार्ग नै नभएकाले पदमार्ग निर्माण अभियान चलाएको अध्यक्ष पुनले बताए । पदमार्ग निर्माण भएपछि पर्यटक लड्ने र घाइते हुने जस्ता समस्या कम भएको छ।’उनले भने । समितिले घोरेपानीदेखि तिखेढुङ्गा जाने बाटोमा समेत पदमार्ग निर्माणलाई तिव्रता दिएको छ । पर्यटकको सुविधाको लागि पदमार्ग निर्माणसँगै घोरेपानी प्रवेश गर्ने चार स्थानमा प्रवेशद्धारसमेत निर्माण गरिएको छ । पुनहिल तथा स्थानीय जङ्गलमा पाइने लालीगुराँसको जंगल संरक्षणमा लागेको समितिका पूर्वअध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए । राउण्ड अन्नपूर्ण र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै घोरेपानी भम्रणमा जाने पर्यटक बढेसँगै स्थानीय होटल व्यवसायीले पर्यटकलाई लक्षित गर्दै विभिन्न सेवा र सुविधासमेत विस्तार गर्दै लगेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: