Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

रसुवा बस दुर्घटनाको कारण पत्ता लाग्याे, यसाे भन्छन्- हाम फालेर बाँचेकाहरु

धुन्चे । रसुवाको राम्चे गाविस वडा नं ३ ग्राङभिरमा मङ्गलबार भएको ना ३ ख ५७०६ नं को बस दुर्घटना बसको पाता भाँचिएरै भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

[caption id=\"attachment_44440\" align=\"alignleft\" width=\"500\"]\"\" दुर्घटनामा मृत्यु भएका पुरुषहरुको शव । तस्वीर : रासस[/caption]

छतबाट हाम फालेर बाँचेका प्रत्यक्षदर्शी धैबुङ–५ कटुञ्जेका नवराज घिमिरेले भने –बस पहिलो चरणमा खड्क्क गर्याे, दोस्रो चरणमा ढ्वाङ गर्यो र अगाडिको चक्का भाँचियो र त्यसको एक-दुई मिनेटमै बस भिरबाट खस्यो बसको पाता भाँचिएर कोल्टिएकै हो । करिब ४० यात्रुको क्षमता भएको बसमा भित्र र छतमा खचाखच यात्रु थिए ।  गणना गर्ने अवस्था थिएन ।\'

बसको छतबाट दुईजना हाम फाल्यौँ एउटालाई चोट लाग्यो र म बेहोस भई तीन मिनेटपछि होस खुलेछ उताबाट सुमो जिप पनि आयो सुमो जिपमा स्वदेशी तथा विदेशी यात्रुसमेत थिए, हामी सबैले घाइतेको उद्धार गर्न थाल्यौँ र मैले धुन्चेमा रहनुभएकी आफ्नो दिदीमार्फत जिल्लास्तरमा टेलिफोन गरी खबर पठाएँ ।

आज साँझ चालक दलका दुई जना सदस्यसहित ३० जनाको शव धुन्चेमा पुर्याई सामग्रीसमेत नेपाल प्रहरीले नागरिक समाज, पत्रकारको रोहबरमा नगद, सुन, चाँदी तथा अन्य सामग्री गिन्ती गरेर पारदर्शी काम गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए। बस दुर्घटनामा मृत्यु हुनेको स‌ख्‍या ३६ पुगेको छ ।

२५ हजारका दरले राहत

धुन्चे पुर्याईएका शव मृतकका आफन्तलाई बुझाउने कार्य सम्पन्न भएको छ । घाइते भई उपचारार्थ त्रिशूली तथा काठमाडौँका अस्पतालमा पठाइ उपचारका क्रममा निधन भएका छ जना यात्रुको भने विवरण प्राप्त भएको छैन ।

यस्तै दुर्घटनामा परी मृत्यु भएका प्रत्येक मृतकमा परिवारलाई दाहसंस्कार खर्चबापत पहिलो चरणमा पासाङल्हामु यातायात समितिका तर्फबाट जनही रु २५ हजारका दरले रकम उपलब्ध गराइएको बताउँदै रसुवाका प्रजिअ शिवराम गेलालले उपचारका क्रममा त्रिशूली तथा काठमाडौँका अस्पतालमा मृत्यु भएकालाई दाह संस्कार दिन बाँकी रहे पनि छिटो उपलब्ध गराउन बस समितिलाई निर्देशन दिइसकेको बताए। घटनास्थलमा २९ जना, धुन्चे अस्पतालमा एक जना बालक, त्रिशूली अस्पतालमा पाँच र त्रिवि शिक्षण अस्पतालमा एकगरी ३६ जनाको निधन भएको र ५० जना उपचारका लागि धुन्चे, त्रिशूली र काठमाडौँको अस्पतालमा रहेको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।

पछिल्लो विवरणअनुसार ३५–४० सिट क्षमता भएको बसमा ९१ जना रहेको बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending