Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

गठबन्धनका नेतासँगको छलफलपछि मात्र मन्त्रिमण्डल विस्तार हुने

काठमाडौँ । सरकारमा सहभागी दलका शीर्ष नेतासँगको छलफलपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा (एमाले) र अन्य दलका तर्फबाट बुधबार थप मन्त्री नियुक्ति गर्ने बताइए पनि अन्य दलसँगको छलफल बाँकी रहेकाले विस्तार हुन सकेन । \"kp-oli-final-final9\"एमाले स्थायी समितिको मङ्गलबारको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको थियो । एमाले स्थायी समितिका सदस्य शङ्कर पोखरेलले गठबन्धनमा सहभागी दलका नेतासँगको छलफल सकिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

एमाओवादीले पाउने मन्त्रालयमा मन्त्री नियुक्ति भइसके पनि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त) लगायत दललाई दिइने मन्त्रालय र ती दलबाट आउने नामसहितका आधारमा मन्त्रिमण्डल विस्तार हुनेछ ।

तराई मधेसको आन्दोलनलाई वार्ताबाट समाधान गर्न तथा पेट्रोलियम पदार्थको अभावबारे राजनीतिक छलफल चलेको तथा राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा विदेशमा रहेकाले सरकारको पूर्णतामा ढिलाइ भएको हो । नेकपा (संयुक्त) ले सरकारमा जानेबारेमा छलफल गर्न यही कात्तिक २० गते आफ्नो पोलिटब्युरो बैठक राखेको छ ।

स्थानीय विकास मन्त्रालय राप्रपा नेपालले पाउने निश्चित भए पनि अन्य साना दलको मन्त्रालय टुङ्गो लागेको छैन । एमालेले पाउने भनिएका अर्थ, रक्षा, सञ्चार आदि मन्त्रीमा योग्यता, क्षमता, प्रत्यक्षमा निर्वाचित, भूगोल, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिइएको छ ।

आकाङ्क्षी बढेका बेला एमालेभित्र आन्तरिक एकता सुदृढ बनाएर समावेशीताका आधारमा मन्त्री चयन गर्नु प्रधानमन्त्री ओलीका लागि चुनौतीपूर्ण देखिए पनि अब चाँडै पूर्णता पाउने एमाले नेताले जनाएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending