Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

राजेन्द्र महतोलाई जनताले घेरा हालेर मोटरसाइकलको चाबी खोसेपछि.....

बारा । जनतालाई नाकाबन्दी गरेर आफू भने मोटरसाइकलमा हिँडेको भन्दै बारा सिमराका बासिन्दाले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको मोटरसाइकलको चाबी खोसेका छन् । उनलाई स्थानीयले घेरा हालेर चाबि खोसेपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । पूर्वमन्त्रीसमेत रहेका महतोलाई प्रहरीले सुरक्षा दिँदै वीरगञ्जतर्फ पठाएको थियो ।

\"Rajendra_mahato-400\"महतो बुधबार सिमरास्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका पार्टीका गढीमाई नगर कमिटी अध्यक्ष रामबाबु साहलाई भेट्न गएका थिए । बन्दको अवज्ञा गरेको भन्दै जीतपुरमा सवारी साधन तोडफोड गरेको भन्दै प्रहरीले साहलाई पक्रेको छ ।

सुरुमा महतोलाई प्रहरीले साहसँग भेट्न दिएको थिएन । त्यसको विरोधमा उनका कार्यकर्ताहरुले प्रहरीविरुद्ध केहीबेर नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले सदभावना अध्यक्ष महतोलाई साहसँग भेट गराएको थियो ।

साहलाई भेटिसकेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गरिरहँदा महतोलाई स्थानीयले घेरा हालेका थिए । नाकाबकाबन्दी कहिले खुल्छ ? जनतालाई किन दुःख दिएको ? भन्दै स्थानीयले महतोलाई घेरा हालेर उनी चढेको मोटरसाइकलको चाबी खोसिदिएका थिए । स्थिति तनावपूर्ण हुने देखेपछि प्रहरीले सुरक्षित तरिकाले महतोलाई त्यहाँबाट पठाएको थियो ।

त्यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले आफूहरुको नाकाबन्दीको आन्दोलनलाई अन्तराष्ट्रिय समुदायको समर्थन रहेको बताए । उनले भने, ‘नेपालमा विगतमा भएका लोकतान्त्रिक आन्दोलनमा जसरी अन्तराष्ट्रिय समुदायको समर्थन थियो, त्यसैगरी अहिलेको नाकाबन्दीमा पनि समर्थन छ ।’

मधेसका जनता अधिकारका लागि लामो समयदेखि आन्दोलन गरिरहँदा पनि सरकारले बेवास्ता गरेको महतोले आरोप लगाए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending