Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

कटवालले पासाङलाई सलाम ठोकेको दिन...

\"pasang_katuwal\"समय कसैको बसमा छैन । समयको गतिवान बेगले इतिहासको पाङ्ग्रा रोक्न खोज्नेलाई कुना कर्कटमा मिल्काइ दिन्छ । आज नेपाली समाजको सन्दर्भमा यो तत्थ्य बिस्तारै प्रमाणित हुँदै आएको छ ।   नेपाली राजनितिमा बडो बिडम्बनापूर्ण परिदृष्यहरु देख्नु प¥यो । पश्चगामी सोँच भएका मानिसहरुकालागि यो दृष्य अनपेक्षित लाग्न सक्छ । जब समयको गतिलाई बुझ्न सकिँदैन तब घटनाहरु अपेक्षाभन्दा बाहिर गएको देखिन्छ ।   जनयुद्ध भन्ने शब्द सुन्नै नचाहने राजनितिज्ञहरु आज राज्यको उच्च पदमा आसिन छन् । त्यही जनयुद्धलाई गला निमोठ्न संकटकाल घोषणा गर्न सघाउनेहरु आज त्यही जनयुद्ध लडेको पार्टीको बैसाखीमा उभिरहेकाछन् । यो राजनैतिक बिचित्रता पटक्कै होइन । सत्यताको क्रमिक उजागर मात्रै हो ।   जनयुद्धमा देखेका सम्पूर्ण सपनाहरु पुरा भएका छैनन् । लडाईं फरक ढंगले जारी छ । यो बहसको पाटो छुट्टै छ । तर हाल नेपाली राजनितिमा देखिएका परिदृष्यहरु कम चाख लाग्दा र कम उपलब्धीमूलक भने छैनन् ।   हामी सायदैले कल्पना गरेका हौंला, रोल्पामा जन्मिएकी एउटी साधारण मगरकी छोरी कुनै बेला यो देशको सभामुख बन्न पुग्छे भनेर । तर यो जनयुद्धको बलले सम्भव भयोे ।   उनी मगर लवजमा बोल्छिन् । त्यहाँ छुट्टै मिठास छ । कुनै रंगमञ्चमा नाटकको पहिलो अध्याय सुरु हुनुभन्दा पहिला सुत्रधारले बोलेजस्तो पटक्कै लाग्दैन । हाम्रो घरको, टोल छिमेकको, आमा, माइजु, भाउजु, बोले जस्तो लाग्छ । भित्र देखि अपनत्व महसुस हुन्छ । यो नेपाली समाजमा हजारौं वर्षपछिको इतिहासमा पहिलो पटक जनयुद्धको कारण सम्भव भएको हो । मध्यम वर्गिय महिला नेतृहरु, महिला अधिकारकर्मीहरु यो विषयलाई कसरी लिदैं होलान् ? यो उनीहरुलाई नै छाडिदिऊँ ।   यस्तै अर्को परिदृष्य देखिएको छ नेपाली राजनितिमा । त्यो हो उपराष्ट्रपतिमा मगरको छोरो मात्रै होइन पूर्व जनसेनाको कमाण्डर नन्दबहादुर पुन उदय । केही मानिसहरु यसो भन्दै थिए– ‘नन्दबहादुर पुन कुनैपनि कोणबाट उपराष्ट्रपति पदका लागि योग्य उम्मेदवार होइनन् । उनी त फगत अयोग्य लडाकाहरुको अयोग्य सेना नायक मात्र हुन् । कसले बनाईदियो त्यो सोझो मगरको छोरालाई उपराष्ट्रपति’ ? यस्तै यस्तै सोचेर हैरान छन् एकाथरि राजनितिज्ञहरु । उनीहरु कुनै पनि शास्त्रको कोणबाट पासाङ उपराष्ट्रपति हुने योग्य मान्छे देखिरहेका छैनन् । सबै शास्त्रहरु असफल भएको छ यतिबेला । मूलतः यो जनताको शास्त्र सफल भएको हो ।   थाहा छैन कति वटा महंगा रक्सीका बोतलहरु फोरिए ? कति रात ऐंठन प¥यो होला ? कति रात बर्बराए होला जर्र्सापहरु ? र अब आत्मा कथाको दोस्रो अध्यायमा के लेख्लान कटवाल सापले ?   सचेततापूर्वक कुर्वानी दिएका बलिदानको ईतिहास कुनै कालखण्डमा ओझेल परेपनि अन्ततः सत्यको जीत हुन्छ । जनयुद्ध सहि समयमा, सहि उदेश्यका लागि, सहि तरिकाले सञ्चालन भएको थियो भन्ने पुष्टी भएको छ । आज उपराष्ट्रपति पासाङको बिजय सिङ्गो जनयुद्धको बिजय हो । जनयुद्धमा बगाएको हजारौं शहीदहरुको विजय हो ।   कटवाल एक त्यस्ता जर्र्साप हुन् जसले सुकिलाहरुको मात्रै कुरा सुन्छन्  । तिनलाई मैलाधैलाहरु सिंहदरबार आसपास उभिएको मन पर्दैन । ति गाउँका झुपडिहरुबाट शहरका राज्ययन्त्रहरुमा आएको उनि देखि सहन्नन् । उनले जनताले जिताएर पठाएको प्रचण्डलाई बालुवाटारबाट पदच्युत गर्न रक्तपातको समेत तानाबाना बुनेको सगर्वका साथ आफ्नो आत्मकथामा लेखेका छन् ।   उनले दोस्रो आत्मकथा लेख्लान् या नलेख्लान् ? लेखेपनि, नलेखेपनि उनलाई १० वर्षे जनयुद्धका फौजी कमाण्डर नन्दबहादुर पुन पासाङको उपराष्ट्रपतिमा विजयले उनको निद हराम भएको हुनुपर्छ ।   पाठक मित्रहरु, साँच्चै एउटा प्रश्न मनमा उठिरहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भेट्दा पूर्व सेनापति रुक्माङ्गत कटुवालले ठोकेको सलाम कस्तो देखिएला ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies