Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

मखमली फूल र माला बिक्री नभएपछि किसान चिन्तामा

\"glhlsFb} भक्तपुर । तिहारको लागि अत्यावश्यक पर्ने मखमली फूल बिक्री नभएपछि यसवर्ष किसानले लगाएको लाखौँ रुपैयाँको मखमली फूल खेर जाने भएको छ । इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली फूल र माला लैजान नसकेका हुन् । बिगतमा जस्तो यसवर्ष घरघरमा व्यापारीसमेत नआएपछि किसानले उत्पादन गरेर बिक्रीका लागि तयार बनाएको मखमली फूल र माला खेर जाने भएको हो । गतवर्ष तिहारको एक महिना अघि नै मखमली फूल र यसको माला लिन घरघर मै व्यापारी आएका थिए । यसवर्ष इन्धन अभाव भएको भन्दै व्यापारी नआएपछि फूल एवम् माला बिक्री गर्न नपाएको नगरकोट नगरपालिका ताथलीका ईन्द्र बनमालाले बताए। पख्र्यौली पेशाका रुपमा वर्षौं अघिदेखि फूल खेती गर्दै आएका भक्तपुर ताथली बनमाला टोलका ईन्द्रले व्यापारी नआएपछि आफैँ काठमाडौंसम्म पुगेर फूल बिक्री गर्न पनि गाउँमा यातायातका साधन सहजरुपमा नपाउने भएपछि समस्या भएको बताए । भक्तपुरको सुडाल, गुण्डु, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौखेललगायतका क्षेत्रका किसानले व्यवसायीकरुपमा फूल खेतीबाट पर्याप्त आम्दानी गर्दै आएका छन् । \"Starr_080117-2093_Gomphrena_globosa\"घर घरमै फूल लिन व्यापारी आउने भएपछि केही वर्ष यता भक्तपुरका गाउँगाउँमा मखमली र सयपत्री फूलको व्यावसायीक खेती हुँदै आएको थियो । घरमै प्रतिमाला १५ देखि ३० सम्ममा व्यापारीले मखमली फूलको माला किनेर लैजाने भएपछि किसान यसतर्फ आकर्षित भएका थिए ।   यसवर्ष मखमली फूलबाट यथेष्ट आम्दामी गर्न सक्ने आशा रहेपनि इन्धन अभावले माला नै बिक्री नहने चिन्ताले सताउन थालेको गण्डुकी रामलक्ष्मी नगरकोटीले गुनासो गरिन् । वैशाखमा बेर्ना राखेर साउनदेखि नै मखमली फूल टिपेर माला गासेर दसैँ लगत्तै माला बिक्री गर्ने किसान यसवर्ष भने माला बिक्री नहुने चिन्तामा परेको बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending